विराटनगरमा बेनेली : धेरैको रोजाइमा १५० सीसीका बाइक

विराटनगर – विराटनगरमा बेनेली बाइकको आधिकारिक डिलरको रुपमा स्पार्क एमपीले कार्य गरिरहेको छ । नेपालका लागि आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङको डिलरको रुपमा स्पार्क एनपीले कार्य गरेको करिव १५ महिना पुगेको छ ।

पहिले १५० देखि ७०० सीसी सम्मका बेनेली बाइक बिक्रीका लागि उपलब्ध भएकोमा हाल टप लेवलका बाइक उपलब्ध छैनन् । हाल १५० देखि २५० सीसी सम्मका बाइक बिक्रीका लागि उपलब्ध भएको स्पार्क एमपीकी सेल्स म्यानेजर दीपा कुन्डुले बताइन् ।

विराटनगरमा पहिले बेनेली ७०२एस लगायतका हेभी बाइक समेत बिक्री भएका छन् । थोरै मात्र ग्राहकको रोजाइमा पर्ने यस्ता हेभी बाइक पछिल्लो समयमा भने सरकारी नीतिका कारण नेपाल भित्रिन सकेका छैनन् ।

विराटनगरमा धेरै बिक्री हुने मोडल टीएनटी १५ र टीएनटी १५० आई हुन् । अन्तर्राष्ट्रिय रुपमा प्रचलित बेनेली ब्रान्डको १५० सीसीको टीएनटी १५ मोटरसाइकल २ लाख ६५ हजार मूल्यमै पाउनु अन्य ब्रान्डको तुलनामा सस्तो भएको उनी बताउछिन् ।

इटहरी, धरान आदि स्थानमा हेभी सीसीका बाइक धेरै रुचाइने भए पनि विराटनगरमा भने यस्ता हेभी बाइक अलि कमै रुचाइने गरेको पाइन्छ । सडक पनि त्यही अनुसारको आवश्यक पर्ने भएकाले विराटनगरमा सामान्यतः १५० देखि २५० सीसी सम्मका बाइक नै रुचाइन्छ ।

बेनेली १५० आईको मूल्य ३ लाख ८० हजार, १८० एसको साढे ४ लाख ५५ हजार रुपैयाँ छ । यसमा पनि कलर भेरिएन्ट अनुसार केही मूल्य फरक छ । नियोन कलरको मूल्य ४ लाख ६५ हजार छ । टीआरके २५० आईको ८ लाख २५ हजार छ । नेपाली बजारमा बिक्री भएको सबैभन्दा महंगो बेनेली बाइक ७५२एस हो । यसको मूल्य २५ लाख १५ हजार रुपैयाँ छ । नेपाली बजारमा उपलब्ध बेनेलीको स्कुटर प्यानेरिया १२५ को मूल्य ३ लाख ३५ हजार रुपैयाँ छ ।

सामान्य अवस्थामा क्यास, एक्सचेन्ज र फाइनान्स गरी तीन तरिकाबाट बाइक लिन सकिन्छ । नगदमा लिदा सिधै पैसा तिरेर केही छुट उपलब्ध हुन्छ भने फाइनान्सबाट गर्दा ५० प्रतिशत डाउन पेमेन्ट र बाँकी ५० प्रतिशत फाइनान्समार्फत तिर्न सकिन्छ । यसमा १५ प्रतिशत ब्याज लाग्छ ।

विराटनगरमा बेनेली नयाँ ब्रान्ड हो । ब्रान्ड पहिचानलाई फैलाउनका लागि भइरेको कार्य वारेमा सेल्स म्यानेजर दीपाले भनिन्, ‘यसको वारेमा ज्ञान भएकाले आफै आएर बाइक लिने गर्नुभएको छ । अन्य सबैका लागि हामीले विभिन्न स्थानमा टेस्ट राइड कार्यक्रम र अन्य गतिविधि गर्दै आएका छौ । विभिन्न प्रकारको क्याम्प गरेका छौ । शुरुमा धेरैलाई यसको वारेमा थाहा थिएन । अहिले भने सेल्समा सहज भएको छ ।’

बेनेलीको थ्रीएस अर्थात सेल्स, सर्भिस र स्पेयर पार्ट्स सबै एकै स्थानमा उपलब्ध छ । विराटनगरमार्फत नै इटहरी र धरान सम्मका ग्राहक आउने गरेको उनको भनाइ छ ।

दसै फिएस्टा अफर
दसैं, तिहार र छठ पर्वको अवसरमा केटीएम इन्टरनेसनलले दसैं फिएस्टा अफर ल्याएको छ । यस अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले, किन्दा र किने पछि गरी तीन पटक सम्म छुट र विभिन्न अफर प्राप्त गर्न सकिने छ ।

पहिलो ई–डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले नै घरैबाट समेत क्युआर कोड स्क्यान गर्न सकिन्छ । मोटरसाइकल किन्न चाहने वा नचाहनेले समेत क्युआर कोड स्क्यान गर्न सक्छन् । बेनेलीको सोरुममै पुगेर पनि स्क्यान गर्न
सकिन्छ । यसरी स्क्यान गर्दा १ लाख रुपैयाँ सम्म जित्ने अवसर प्राप्त हुनेछ ।

त्यसैगरी मोटरसाइकल किन्ने निश्चित भइसके पछि वाक इन डिस्काउन्ट अफर प्राप्त हुनेछ । ग्राहकलाई स्क्र्याच कार्ड प्रदान गरिने छ र सो कार्डबाट समेत १ लाख रुपैयाँ सम्म जित्न सकिने छ ।

त्यसैगरी मोटरसाइकल किनिसके पछि ग्राहकलाई ५ हजार रुपैयाँ सम्मको अमेजिङ हेल्मेट र अन्य विभिन्न गिफ्ट प्रदान गरिने छ ।

सम्बन्धित समाचारहरू

आज देखि बेनेली केयर क्याम्प : बेनेलीका तीन बाइक सर्भिसिङमा यस्तो विशेष छुट

आज देखि बेनेली केयर क्याम्प : बेनेलीका तीन बाइक सर्भिसिङमा यस्तो विशेष छुट

काठमाडौं – नेपालमा बेनेली बाइकको आधिकारिक वितरक केटीएम इन्टरनेसनल...

भारतीय कम्पनी ई–मोटार्डका ड्युअल सस्पेन्सनयुक्त विद्युतीय साइकल अब नेपाली बजारमा

भारतीय कम्पनी ई–मोटार्डका ड्युअल सस्पेन्सनयुक्त विद्युतीय साइकल अब नेपाली बजारमा

भारतीय कम्पनी ई–मोटार्डका विद्युतीय साइकल नेपाली बजारमा भित्रिएका छन् ।...

नेपाली बजारमा यसअघि नै उपलब्ध बेनेली टिआरके २५१ आज भारतमा लन्च

नेपाली बजारमा यसअघि नै उपलब्ध बेनेली टिआरके २५१ आज भारतमा लन्च

बेनेलीले आज भारतीय बजारमा नयाँ बाइक टिआरके २५१ लन्च गरेको छ । नेपाली बजारमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...