३०० सिसी इन्जिनमा आयो बेनेलीको नयाँ एड्भेन्चर मोटरसाइकल

चिनियाँ टु–ह्विलर उत्पादक बेनेलीले ३०० सिसी सेग्मेन्टमा नयाँ एड्भेन्चर मोटरसाइकल सार्वजनिक गरेको छ । आधुनिक डिजाइनमा तयार पारिएको सो नयाँ मोटरसाइकललाई कम्पनीले बिकेएक्स ३०० नाम दिएको छ । चीनमा अर्को वर्ष लन्च हुने बताइएको सो मोटरसाइकल यूरोपेली बजारलाई लक्षित गरी ल्याउन लागिएको हो ।

बिकेएक्स ३०० मा बेनेलीलले २९२.४ सिसी क्षमताको लिक्विड कुल्ड फोर स्ट्रोक इन्जिन जडान गरेको छ । जसको पावर २९.२ पिएस र टर्क २४.५ एनएम रहनेछ । सो नयाँ बाइकको अगाडी ४१ एमएमको यूएसडी फोर्क र पछाडी १८० एमएमको स्विंगआर्म मोनोशक सस्पेन्सन दिइएको छ ।

बाइकमा डुअल च्यानल एविएस र २२० एमएमको ग्राउन्ड क्लिरियन्स पाउन सकिन्छ । साथै यसको तौल १६५ किलोग्राम रहेको छ । एग्रेसिभ फ्रन्ट फेसिया, डिआरएलएस सहितको सार्प हेडल्याम्प, ¥याली स्टाइलको सिट र अन्डर सिट एक्जस्ट लगायत फिचरले बाइकलाई फ्युचरस्टिक देखाउन मद्धत गरेको छ ।

डुअल टोन कलर थिममा तयार पारिएको सो नयाँ मोटरसाइकलमा कनेक्टिभिटी फिचर सहितको ठूलो एलसिडी इन्स्ट्रयुमेन्ट डिस्प्ले दिइएको छ । भारतीय बजारमा समेत आउने अनुमान गरिएको यसले निकट भविष्यमा रोयल इन्फिल्ड हिमालयन, यज्दी र विएमडब्लु लगायत ब्राण्डका एड्भेन्चर बाइकसंग प्रतिस्पर्धा गर्ने देखिन्छ ।

सम्बन्धित समाचारहरू

७ महिनामा ७१ हजार युनिट मात्रै मोटरसाइकल/स्कुटर आयात, यो वर्ष १ लाख युनिट कट्न मुस्किल

७ महिनामा ७१ हजार युनिट मात्रै मोटरसाइकल/स्कुटर आयात, यो वर्ष १ लाख युनिट कट्न मुस्किल

लामो समयसम्मको आयात प्रतिबन्ध, बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य...

चाडपर्वमा बाइक वा स्कुटर किन्दै हुनुहुन्छ ? हेर्नुस् यस्ता छन् अफर

चाडपर्वमा बाइक वा स्कुटर किन्दै हुनुहुन्छ ? हेर्नुस् यस्ता छन् अफर

नेपालीहरुले दशैं, तिहार, छठ लगायतका चाडपर्वको अवसरमा विभिन्न नयाँ बाइक वा...

बेनेलीले ल्यायो विशेष छुट अफर, २ वर्षसम्म फ्रि सर्भिसिङ र अन्य धेरै सुविधा

बेनेलीले ल्यायो विशेष छुट अफर, २ वर्षसम्म फ्रि सर्भिसिङ र अन्य धेरै सुविधा

काठमाडौं – बेनेली नेपालले मोटरसाइकल तथा स्कुटर खरिदमा विशेष अफर ल्याएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...