स्वदेशमै एसेम्वल उद्योग लगाउँदा उपभोक्ता, राज्य र उद्योगीलाई फाइदा के ?

स्वदेशमै सवारीसाधनको एसेम्वल उद्योग लगाउने विषय नेपालका लागी सधै चर्चाको विषय वनिरहेको छ । पछिल्ला वर्षहरुमा त झन सरकारले बजेटमै यस्ता उद्योग लगाउँदा उद्योगीलाई विभिन्न छुट र सहुलियत प्रदान गर्ने सम्मका योजनाहरु अघि सार्न थालिसकेको छ । विगतमा हुलास मोटर्सले उद्योग स्थापना गरेर गाडी उत्पादन थाले पनि सरकारी निती सहयोगी नवन्दा अन्तत उक्त उद्योग बन्द हुनपरेको थियो । यो दृष्टान्तले पनि नेपालमा यस्ता उद्योगका लागी सरकार कत्तिको गम्भिर र सहयोगी छ भन्ने स्पष्ट पार्छ ।

स्वदेशमै सवारीसाधनको एसेम्वल लगाउने विषय सुन्दा जति आकर्षक देखिन्छ यसभित्रका समस्या र चुनौतीहरु केलाउँदै जाने हो भने उत्तिकै चुनौतीपूर्ण पनि रहेको ठहर गर्न सकिन्छ । यसो त नेपालमा अहिले पनि बजाज र टिभिएसले आफ्नै एसेम्वल प्लान्टबाट मोटरसाइकल र स्कुटर उत्पादन गर्दै नआइरहेका भने होइनन् । यी उद्योगले स्वदेशमै एसेम्वल गर्दा यसले उपभोक्ता, राज्य र उद्यमीलाई कति फाइदा पुगेको छ भनेर विष्लेषण गुर्न पनि उत्तिकै जरुरी हुन्छ ।

यी दुई उद्योगले सरकारी छुट र सहुलियतको उपयोग गरी स्वदेशमै एसेम्वल गरेपनि न त मोटरसाइकल तथा स्कुटरको मूल्य नै कम भएको छ न त राज्यले आयतको तुलनामा बढी नै राजश्व संकलन गर्न सकिरहेको छ । यसले उपभोक्ता र राज्य दुवै पक्षलाई फाइदा दिन सकिरहेको छैन । रोजगारीको कुरा गर्ने हो भने दुवै उद्योगले यथेष्ट मात्रामा रोजगारीको अवसर सिर्जना गर्न सकिरहेका छैनन ।

वार्षिक ३ लाख हारहारीमा बिक्री हुने टु ह्विलरको एसेम्वलले समेत सोचेनुरुप गती लिन नसकिरहेको अहिलेको अबस्थामा जम्माजम्मी २० हजार हाराहारी बिक्री हुने कारको प्लान्ट झन आफैमा चुनौतीपूर्ण हुने देखिन्छ । कारको एसेम्वल प्लान्ट लगाउने बिषय आफैमा महंगो समेत पर्ने हुँदा बजारको माग नबढेसम्म व्यवसायीले तत्कालै यस्ता उद्योग लगाउन इच्छा व्यक्त नगर्ने लगभग पक्कापक्कीजस्तै छ ।

उद्योग लगाउनु अघि यी कुरामा ध्यान पुर्याउनु जरुरी
कुनै पनि उद्योग लगाउनु अघि सो उद्योगले उत्पादन गर्ने बस्तुको बजार सम्भावना सबैभन्दा महत्वपूर्ण विषय हो । यसमा पनि तत्कालको बजार अबस्था र भविष्यमा बिस्तार हुनसक्ने बजार संंभावनालाई व्यवसायीले मिहिन अध्यान गरेर मात्र लगानी गर्ने निर्णय लिन्छन् । यदि सरकारले एसेम्वलका लागी भारी मात्रामा छुट र सहुलियत प्रदान गरेर सवारीसाधनको मूल्य सस्तो पार्न सक्यो भने भोलीका दिनमा यस्ता गाडीको माग बढ्न सक्ने अनुमान लगाएर यस्ता उद्योग खुल्न सक्ने आधार देखिन्छ । यसका लागी सरकारले सबैभन्दा पहिले आवधिक योजना बनाउनु जरुरी छ । वर्षमै ३/३ पटक नितीगत परिवर्तन हुने अहिलेको अबस्थामा तत्कालै यो विषयमा सरकारले ठूलै निर्णय लिनसक्न संभावना पनि देखिँदैन ।

यस्ता उद्योगले एसेम्वल गर्ने सवारीसाधनमा लाग्ने पार्टपूर्जाको उत्पादन स्वदेशमै उत्पादन हुने बातवरण सिर्जना हुनु अर्को महत्वपूर्ण पक्ष हो । सबै सामान विदेशबाट आयत गरेर स्वदेशमा जोडजाड मात्र गर्ने हो भने यसले एसेम्वलको औचित्यलाई कुनैपनि कोणबाट पुष्टि गर्नेछैन । यसरी लगाइएको उद्योगले उपभोक्ता र राज्य दुबै पक्षलाई फाइदा पुग्ने देखिँदैन । यस्तो उद्योगले केही संख्यामा रोजगारी दिने वाहेक अन्य कुनै पनि पक्षमा भ्यालू एड नगर्ने स्पष्ट देखिन्छ ।

एसेम्वल हुँदै उत्पादनको चरणमा जानेगरी योजना बनाउन सकिएको खण्डमा भने यसले अन्तत उपभोक्ता, राज्य र व्यवसायी तिनवटै पक्षलाई फाइदा पुग्नेछ । यसका लागी सबैभन्दा पहिले स्पेयर पार्टस तथा कम्पोनेन्टको उत्पादन स्वदेशमै उत्पादन शुरु हुनु जरुरी हुन्छ । यसो गर्न सकिए यस्ता पार्टस् उत्पादन गर्ने दर्जनौ उद्योग नेपालमा खूल्ने र यसले ठूलो संख्यामा रोजगारी सिर्जना समेत गर्नेछ ।

हालको व्यवस्था के ?
आगामी आर्थिक वर्षको बजेटमा सरकारले स्वदेशमै एसेम्वले उद्योग लगाउन प्रोत्साहन गर्ने भन्दै केही नयाँ प्रावधानहरु थप गरेको छ । जसअन्तर्गत यस्ता उद्योगले आर्जन गरेको मुनाफमा ५ वर्षसम्म ४० प्रतिशतका दरले सहुलियत दिनेदेखी ५० वर्षसम्मका लागी जग्गा भाडामा लिन पाउने र १० करोडको विद्युत खपतमा छुट तथा भन्सार र अन्तशूल्कमा पनि राम्रै छुटको प्याकेज उपलब्ध गराउने व्यवस्था गरिएको छ । मोटरसाइकलमा भने यसअघिकै व्यवस्थालाई निरन्तरता दिएको सरकारले इलेक्ट्रिक कार र टु ह्विलरमा छुट्टाछुट्टै प्रावधान राखेको छ ।

हालको यो व्यवस्थाले स्वदेशमै सावरीसाधन एसेम्वल गर्न बाटो खोलेको अर्थमा लिनुपर्ने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाको अभिव्यक्तिलाई सापटी लिएर भन्ने हो भने यति नै सुविधाले तत्कालै एसेम्वल उद्योग लगाउन सम्भव रहेको देखिँदैन । थापाका अनुसार सरकारले ल्याएको पछिल्ला बजेटहरुमा एसेम्वल उद्योगलाई जोड दिँदै केही न केही नयाँ शिर्षकमा छुट र सहुलियत दिने घोषणा हुनु आफैमा राम्रो पक्ष मानिए पनि यत्ति नै सुविधाले तत्कालै एसेम्वलमा गैहाल्न सकिने अबस्था भने रहेको पाइदैन ।

‘यस्तो उद्योगका लागी आवश्यक पर्ने सवैभन्दा महत्वपूर्ण पक्ष भनेको सरकारी नितीमा स्पष्टताको ग्यारेण्टि हो जुन अहिलेसम्म हुन सकिरहेको छैन’ उनले भने । एसेम्वलमा पनि फरक फरक संरचना हुने कारण कुन संरचनामा जाने हो भन्ने स्पष्ट नभएका कारण यत्तिले एसेम्वलको बातावरण पूर्ण रुपमा निर्माण भैसकेको ठहर गर्न नहुने उनको बुझाई छ ।

सम्बन्धित समाचारहरू

वुलिङ ईभी किन्दा सुनको हार र लेभ्निङ इलेक्ट्रिक स्कुटर किन्दा हिराको औठी उपहार पाइने

वुलिङ ईभी किन्दा सुनको हार र लेभ्निङ इलेक्ट्रिक स्कुटर किन्दा हिराको औठी उपहार पाइने

काठमाडौं – बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्स प्रालिले वुलिङ ईभी र...

नेपाली बजारमा भित्रियो नयाँ ब्रान्डको इलेक्ट्रिक डर्ट र मोटार्ड बाइक

नेपाली बजारमा भित्रियो नयाँ ब्रान्डको इलेक्ट्रिक डर्ट र मोटार्ड बाइक

नेपाली बजारमा नयाँ ब्रान्ड ‘कोल्टर’ को इलेक्ट्रिक बाइक भित्रिएको छ । हाल...

थाइल्यान्डमा  लन्च भयो बीवाईडीको सस्तो सानो इलेक्ट्रिक कार

थाइल्यान्डमा लन्च भयो बीवाईडीको सस्तो सानो इलेक्ट्रिक कार

बीवाईडीले थाइल्याण्डमा आफ्नो सबैभन्दा सानो इलेक्ट्रिक कार एट्टो १ लन्च...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...