महिन्द्रा थार रोक्स ४–च्यानल डल्बी एटमस अडियोको साथ आउने
महिन्द्राले थार रोक्सको साउन्ड सिस्टम अपग्रेड गरेको छ । एसयूभी अब...
महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वर्क्स राष्ट्रिय कर दिवसमा सम्मानित भएको छ । कम्पनीका निर्देशक अर्जुनप्रसाद शर्मालाई आन्तरिक राजस्व कार्यालय, बालाजुका कार्यालय प्रमुख लीलाप्रसाद शर्मा पंगेनीले प्रशंसापत्र दिएर सम्मान गरेका हुन् ।
कर दिवसको अवसरमा कार्यालयले चार करदातालाई सम्मान गरेको हो। कार्यालयले आफ्नो क्षेत्र अन्तर्गत धेरै कर तिर्ने पिस्टन भ्याली ड्राइपोर्ट, भ्याली पोल्ट्री प्रालि, बालाजु अटो वर्क्स प्रालि र गन्तव्य सहकारी संस्था लिमिटेड र रसुवालाई सम्मान गरेको हो।
आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षदेखि कर कार्यालयहरुलाई समेत उत्कृष्ट करदाताहरुलाई सम्मान गर्न अधिकार दिएको छ। कर कार्यालयले समयमै कर दाखिला गर्ने कुनै कर विवाद नभएको कम्पनीलाई मात्रै सम्मान गर्ने गरेको छ।
महिन्द्राको सर्भिस र स्पेयर पार्टसको कारोवार गर्दै आइरहेको बालाजु अटो वर्क्सलाई आन्तरिक राजश्व कार्यलय बालाजुले व्यापार क्षेत्रबाट सवैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मानित गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा व्यापार क्षेत्रबाट सवैभन्दा बढी आयकर दाखिला गरेको थियो ।
बालाजु औद्योगिक क्षेत्रमा मुख्य कार्यलय रहेको यो कम्पनीले देशभर महिन्द्राको आधिकारिक सर्भिस सेन्टर र जेन्युइन पार्टस् विक्री गर्ने नेटवर्क विस्तार गरेको छ । बालाजु अटो वर्क्सले म्याक्सिमाइल लुब्रिकेन्टको समेत कारोबार गरिरहेको छ । महिन्द्रा गाडीका लागि उपयुक्त लुब्रिकेन्टको रुपमा म्याक्सिमाइल लुब्रिकेन्ट प्रयोग हुँदै आएको छ ।
सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप प्रालि अन्तर्गत अग्नि इन्कर्पोरेटेड प्रालि, अग्नि इनर्जी प्रालि, अग्नि मोटोइन्क प्रालि, बालाजु अटो वर्क्स प्रालि रहेका छन् ।
यी कम्पनीहरुले महिन्द्रा युटिलिटी भेइकल, ट्याक्टर, टु ह्विलर तथा विद्युतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छन् ।
महिन्द्राले थार रोक्सको साउन्ड सिस्टम अपग्रेड गरेको छ । एसयूभी अब...
काठमाडौं–महिन्द्राको फ्ल्यागशिप एसयूभी एक्सयूभी ७०० ले भारतमा ३ लाख...
महिन्द्राले आफ्नो लोकप्रिय एसयुभी बोलेरोलाई डुअल फ्रन्ट एयरब्याग सहित...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...