३ लाख रुपैयाँ कम मूल्यमा बीएडब्लु ब्रम्बी ईभी उपलब्ध हुने

काठमाडौं – नेपालमा सबैभन्दा कम मूल्यको ईभी मध्ये एक बीएडब्लु ब्रम्बी ईभीको मूल्य करिव ३ लाख रुपैयाँ कम भएको छ । बीएडब्लुको नेपालका लागि आधिकारिक वितरक एलआरआर मोटर्सले आफ्नो मिनी कार ब्रम्बी ईभीमा नयाँ वर्षको अवसरमा उपलब्ध गराएको छुटलाई निरन्तरता दिएको छ ।

यसअघि २२ लाख ९० हजार रुपैयाँमा बिक्री हुँदै आएको ब्रम्बी ईभीको सीमित स्टकलाई १९ लाख ९९ हजारमै बिक्री गरिने कम्पनीको भनाइ छ ।

बीएडब्लु ब्रम्बी सिटी कार हो । ३० किलोवाटको मोटर र १७.२८ किलोवाट आवरको ब्याट्री भएको सो सिटी कारले सिंगल चार्जमा २०५ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।

होम एसी चार्जरको सहयोगले चार्ज गर्न सकिने सो कारमा एलएफपी ब्याट्री रहेको छ । यसको लम्बाई, चौडाई र उचाई क्रमशः ३५३२ एमएम, १४९८ एमएम र १६०५ एमएम रहेको छ । यसमा १५५–६५आर१३ साइजको टायर रहेको छ ।

सिम्पल बडी डिजाइन र पर्सनलाइज्ड फ्रन्ट फेस सेप सहितको फेसनेबल एपियरेन्स रहेको बीएडब्लु ब्रम्बी ईभीलाई इको र स्पोर्ट ड्राइभिङ मोडमा चलाउन सकिन्छ । सुरक्षाका अन्तर्गत यसले फ्रन्ट कोलिजन र पोस्ट क्र्यास सेफ्टी सम्बन्धी विभिन्न टेस्टबाट सुरक्षा प्रमाणपत्र पाएको छ ।

यसमा इन्टेलिजेन्ट टायर प्रेसर डिटेक्सन, फ्रन्ट र रियर पार्किङ राडार, ३६० प्यानोरामिक भ्यु र अन्य हाई–टेक सेफ्टी फङसन उपलब्ध छन् । क्याबिनमा अन्य फिचरका अतिरिक्त १०.५ इन्चको इन्फोटेनेमेन्ट स्क्रिन रहेको छ ।

सम्बन्धित समाचारहरू

पुराना गाडीसँग टियागो ईभी र पन्च ईभी साट्न सकिने

पुराना गाडीसँग टियागो ईभी र पन्च ईभी साट्न सकिने

काठमाडौँ – यस वर्षको क्रिसमसका अवसरमा नेपालका लागि टाटा मोटर्सको...

१५० किलोमिटर रेन्ज दिने याडीयाको नयाँ स्कुटर आउँदै, मूल्य २ लाख ३० हजार

१५० किलोमिटर रेन्ज दिने याडीयाको नयाँ स्कुटर आउँदै, मूल्य २ लाख ३० हजार

काठमाडौं– याडीया इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता...

१२.९८ लाखमा बीवाईडी एट्टो ३ लिन सकिने, एभरेष्ट बैंकले ८० प्रतिशत कर्जा दिने

१२.९८ लाखमा बीवाईडी एट्टो ३ लिन सकिने, एभरेष्ट बैंकले ८० प्रतिशत कर्जा दिने

काठमाडौं – नेपालका लागि बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...