एथर ४५० एक्स अर्को महिना नेपाल आउने, बिक्रेतामा बैद्य इनर्जी नियूक्त
काठमाडौं– भारतको प्रख्यात इलेक्ट्रिक टु–ह्विलर ब्रान्ड एथर नेपाल आउने...
प्रदूषणमुक्त वातावरणका लागि इलेक्ट्रिक भेइकल वैकल्पिक साधन हुन सक्छ, तर इलेक्ट्रिक भेइकलको सबैभन्दा ठूलो समस्या भनेको चार्जिङ हो । इलेक्ट्रिक सवारी साधन चार्ज गर्न कम्तिमा १ देखि डेढ घन्टाको समय लाग्छ । यसमा पाइने ब्याट्री स्वापिङ प्रविधिले यो समस्यालाई धेरै हदसम्म समाधान गर्न प्रभावकारी छ । ब्याट्री स्वापिङ अर्थात परिवर्तनले ब्याट्री चार्ज हुने समय बचाउन सक्छ र केही मिनेटमै गाडीमा यसलाई स्थापित गर्न सकिन्छ ।
ब्याट्री स्वापिङ भनेको ब्याट्री साटासाट गर्नु हो । इलेक्ट्रिक बाइक, स्कुटर र कारमा भएको ब्याट्री डिस्चार्ज भएमा यसलाई पूर्ण रूपमा चार्ज भएको ब्याट्रीसँग साट्न सकिन्छ । यसले चार्जिङ स्टेसन स्थापनाको समस्या समाधान गर्नुका साथै चालकको समयको पनि बचत गर्छ साथै रेन्जको चिन्तालाई पनि कम गर्छ । चार्जिङको तुलनामा ब्याट्री स्वाप गर्न केही मिनेट मात्र लाग्छ ।
इलेक्ट्रिक गाडीको ब्याट्री अपरेटरको कुनै पनि आउटलेटमा गएर चार्ज गरिएको ब्याट्रीसँग साट्न सकिन्छ । यसको लागि ब्याट्री चार्जिङको लागि लाग्ने रकम भने तिर्नुपर्छ । बाइक वा स्कुटरमा फ्युल रिफिल गर्न जति समय लाग्छ इलेक्ट्रिक बाइकको ब्याट्री परिवर्तन गर्न पनि त्यति नै समय लाग्छ ।
भारतमा २०२२–२०२३ मा ब्याट्री स्वापिङ नीति ल्याउने घोषणा गरिएको छ । यसमा तीन पाङ्ग्रे अटो रिक्सा, इलेक्ट्रिक स्कुटर र मोटरसाइकल जस्ता दुईपाङ्ग्रे सवारी साधनका लागि ब्याट्री स्वापिङ सेवामा केन्द्रित हुने सरकारले घोषणा गरेको छ ।
एक रिपोर्टका अनुसार २०२१ देखि २०३० सम्ममा १२ मिलियन टनभन्दा बढी लिथियम आयोन ब्याट्रीहरू समाप्त हुने सम्भावना छ । ब्याट्रीहरूलाई ठूलो मात्रामा कच्चा पदार्थ चाहिन्छ जस्तै ः लिथियम, निकल र कोबाल्ट । जसले वातावरणीय र मानवीय प्रभाव पार्छ । खराब ब्याट्रीहरूले धेरै इलेक्ट्रोनिक फोहोरहरू उत्पन्न गर्छ । ब्याट्रीको लागत घटाउन र खननमा निर्भरता कम गर्न ब्याट्रीहरूलाई पुनः प्रयोगको लागि प्रयास भइरहेको छ ।
यद्यपि हाल रिसाइकल गरिएका ब्याट्रीहरू सवारी साधनहरूमा पुनः प्रयोग नगरिए तापनि तिनीहरू सौर्य वा वायु ऊर्जा प्लान्टहरूबाट उत्पादित अतिरिक्त बिजुली भण्डारण गर्न प्रयोग भइरहेको छ । ब्याट्री स्वापिङबाट ब्याट्री खपत गर्ने समय घटाउन पनि सहयोग पुग्ने छ ।
काठमाडौं– भारतको प्रख्यात इलेक्ट्रिक टु–ह्विलर ब्रान्ड एथर नेपाल आउने...
काठमाडौं, नेपाल – २३ अगस्ट, २०२५ – नामीले नेपालमा आफ्नो पहिलो मोडल नामी ०१...
काठमाडौं–नेपालमा बढ्दो बेरोजगारी समस्या र प्रविधियुक्त यातायात...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...