बीएस६ मा जान कार र मोटरसाइकललाई छैन समस्या, कमर्सियलमा भने यस कारण हुन सक्छ समस्या
सवारीसाधनको प्रदूषण मापदण्ड बीएस३ बाट एकैपटक बीएस६ मा जाने सरकारी...
कारमा विभिन्न एड्भान्स टेक्नोलोजी उपलब्ध हुन थालेका छन् । केही वर्षअघि कारमा साधारण चाबी दिइन्थ्यो तर अहिले स्मार्ट चाबी उपलब्ध छन् । इलेक्ट्रोनिक कीको सहायताले कार सजिलै लक अनलक गर्न सकिने भएको छ ।
स्मार्ट की भएका कारमा प्रायः चाबी खराब हुने वा ब्याट्री डाउन हुने समस्या आउन सक्छ । यस्तो अवस्थामा स्मार्ट कि बिना कार चलाउन नजान्नेका लागि भने समस्याको सामना गर्नु परेको हुन्छ ।
स्मार्ट कीको ब्याट्री डिस्चार्ज भएमा कहिल्यै पनि आतिनु हुँदैन । कार कम्पनीले आपतकालीन अवस्थामा कार स्टार्ट गर्न वैकल्पिक सुविधाको पनि व्यवस्था गरेको हुन्छ । स्मार्ट कीमा ब्याट्री डाउन भएमा के गर्ने भन्ने सही ज्ञान हुनु आवश्यक छ ।
हरेक स्मार्ट की भएको कारमा चाबी राखेर कार स्टार्ट गर्न अतिरिक्त एउटा प्वाइट दिइएको हुन्छ । यो प्वाइन्ट चाबीको ब्याट्री डाउन हुँदा काम लाग्छ । यो प्वाइन्ट कारको गियरबक्सको छेउमा वा कप होल्डरको नजिक हुन्छ । यसमा एउटा सानो चाबीको चिन्ह हुन्छ । यसमा स्मार्ट की राखेर स्टार्ट बटन थिच्दा कार स्टार्ट हुन्छ ।
धेरै कारमा स्मार्ट की होल्डर पनि दिइएको हुन्छ । जहाँ चाबी राखेर स्टार्ट गर्न सकिन्छ । यो होल्डर कारको स्टेयरिङ ह्विलको पछाडि वा ड्यासबोर्डमा दिइएको हुन्छ ।
सवारीसाधनको प्रदूषण मापदण्ड बीएस३ बाट एकैपटक बीएस६ मा जाने सरकारी...
पठाओ कार लाइट (ट्याक्सी) सेवा तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा पठाओ...
नेपाली बजारमा सय भन्दा बढी ब्रान्डका ब्रेक शु उपलब्ध छन् । दुई पांग्रे र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...