स्मार्ट कीको ब्याट्री डाउन भए कार कसरी स्टार्ट गर्ने ?

कारमा विभिन्न एड्भान्स टेक्नोलोजी उपलब्ध हुन थालेका छन् । केही वर्षअघि कारमा साधारण चाबी दिइन्थ्यो तर अहिले स्मार्ट चाबी उपलब्ध छन् । इलेक्ट्रोनिक कीको सहायताले कार सजिलै लक अनलक गर्न सकिने भएको छ ।

स्मार्ट की भएका कारमा प्रायः चाबी खराब हुने वा ब्याट्री डाउन हुने समस्या आउन सक्छ । यस्तो अवस्थामा स्मार्ट कि बिना कार चलाउन नजान्नेका लागि भने समस्याको सामना गर्नु परेको हुन्छ ।

स्मार्ट कीको ब्याट्री डिस्चार्ज भएमा कहिल्यै पनि आतिनु हुँदैन । कार कम्पनीले आपतकालीन अवस्थामा कार स्टार्ट गर्न वैकल्पिक सुविधाको पनि व्यवस्था गरेको हुन्छ । स्मार्ट कीमा ब्याट्री डाउन भएमा के गर्ने भन्ने सही ज्ञान हुनु आवश्यक छ ।

हरेक स्मार्ट की भएको कारमा चाबी राखेर कार स्टार्ट गर्न अतिरिक्त एउटा प्वाइट दिइएको हुन्छ । यो प्वाइन्ट चाबीको ब्याट्री डाउन हुँदा काम लाग्छ । यो प्वाइन्ट कारको गियरबक्सको छेउमा वा कप होल्डरको नजिक हुन्छ । यसमा एउटा सानो चाबीको चिन्ह हुन्छ । यसमा स्मार्ट की राखेर स्टार्ट बटन थिच्दा कार स्टार्ट हुन्छ ।

धेरै कारमा स्मार्ट की होल्डर पनि दिइएको हुन्छ । जहाँ चाबी राखेर स्टार्ट गर्न सकिन्छ । यो होल्डर कारको स्टेयरिङ ह्विलको पछाडि वा ड्यासबोर्डमा दिइएको हुन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...