८० प्रतिशतमै किन ईभी ब्याट्री चार्ज रोक्ने ? विश्वभर चल्दै अभियान (विज्ञको भनाइ सहित)

हाल नेपालमा नभए पनि मलेसिया लगायतका विभिन्न देशमा ‘स्टप चार्जिङ एट ८० परसेन्ट’ नामक अभियान नै चलेको छ । यस अनुसार ईभी चार्ज गर्दा अपनाइने गाइडलाइनको वारेमा समेत धेरैले चर्चा गर्न थालेका छन् ।

अहिले धेरै ईभीमा प्रयोग भएका ब्याट्रीको वारेमा जानकारी दिदा पनि ० देखि ८० प्रतिशत सम्म यति मिनेटमा चार्ज हुन्छ भनेर चर्चा गरिएको पाइन्छ । विशेषज्ञहरुका अनुसार धेरै इलेक्ट्रिक कार अर्थात ईभीलाई कम एसओसी अर्थात स्टेट अफ चार्ज ७० देखि ८० प्रतिशत सम्म गरेमा सबैभन्दा राम्रो चार्जिङ अवस्था हुने गरी निर्माण गरिएको हुन्छ । यो भन्दा माथिल्लो प्वाइन्टमा पुग्यो भने ब्याट्री म्यानेजमेन्ट सिस्टमले ब्याट्री बचाउनका लागि पावर खर्च गर्छ ।

यसको नतिजा चार्जिङ स्पिड तीव्र रुपमा घट्छ, चार्जका लागि प्लग गर्दा समय र पैसा धेरै लाग्ने हुन्छ भने डीसी चार्जरमा अनावश्यक रुपमा भीडभाड बढ्न सक्छ ।

यस अनुसार अर्को शब्दमा भन्दा अन्तिम २० प्रतिशत चार्जिङका लागि लाग्ने समय लगभग पहिले ६० प्रतिशतका लागि लागे बराबर नै हुन्छ । यसरी ८० प्रतिशतमै अनप्लग गर्दा सबैले समयमै चार्ज गर्न पाइन्छ भने भीडभाड कम हुनुका साथै लामो पखाई पनि हुँदैन ।

हाल विशेष गरी लामो दुरीको यात्रा गर्दा हाइवेमा हिड्नेहरुले फास्ट चार्ज गर्ने गरेको पाइन्छ । यो आजको दिनमा ब्याट्री टेक्नोलोजीमा भएको विकास हो । सामान्य भाषामा भन्दा यो अवस्थामा एकै पटक धेरै करेन्ट वा फ्लो बढाएर चार्ज हुने हो । हामीले हाइवेहरुमा हिड्दा चिया खाने समयमा समेत रोकेर गाडी चार्ज गरेर यात्रालाई निरन्तरता दिन सक्छौ । यद्यपि लामो समयका लागि भने फास्ट चार्ज गर्नु उपयुक्त नहुने विज्ञहरुको भनाइ छ ।

बेलायतको एसएससी पीएलसी अर्थात साउथ स्कर्ट्स इलेक्ट्रिक पब्लिक लिमिटेड कम्पनीमा ब्याट्री इनर्जी स्टोरेज सिस्टमको क्याटगोरी म्यानेजर र सब्जेक्ट म्यानेजर एक्सपर्टको रुपमा कार्यरत समिर अर्याल भन्छन्, ‘ओभर द लङ पिरियड गर्दा त्यो फास्ट चार्जरको एउटा ड्रप ब्याक के हो भने यसले जुन रेटमा इनर्जी फ्लो गर्छ, हाम्रो ब्याट्रीको लाइफ घटाउनमा पनि फेरि मद्दत गरिरहेको हुन्छ । त्यसले गर्दा इनकेस सकिन्छ भने र फिजिबल हुन्जेल चाहिँ हाम्रो होम चार्जरले नै चार्ज गर्नु राम्रो हुन्छ ।’

फास्ट चार्ज सधैका लागि उपयुक्त नहुने र कहिलेकाहिं मात्र यसको प्रयोग गर्नु उपयुक्त भएकैले हाल यसको वारेमा ग्राहक सचेतना जगाउने कार्यमा समेत कम्पनीहरु क्रियाशील रहेको पाइन्छ ।

सम्बन्धित समाचारहरू

लोभलाग्दा फिचर सहितको सिट्रोन ई–सी३ : १०० भन्दा बढी बुकिङ, १ लाखमा बुकिङ गर्न सकिने

लोभलाग्दा फिचर सहितको सिट्रोन ई–सी३ : १०० भन्दा बढी बुकिङ, १ लाखमा बुकिङ गर्न सकिने

काठमाडौं – फ्रेन्च डिएनएको सिट्रोन ई–सी३ (ईसीथ्री) को बुकिङ हाल चलिरहेको छ...

विद्युतीय सवारीसाधनमा सर्वसाधारणको आकर्षण बढ्दै, किनबेच र दर्ता ह्वात्तै बढ्यो

विद्युतीय सवारीसाधनमा सर्वसाधारणको आकर्षण बढ्दै, किनबेच र दर्ता ह्वात्तै बढ्यो

काठमाडौँ – प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय...

दशैं अगाडि वुलिङ बिंगो ईभी एक्सचेन्ज अफर, ३० लाख भन्दा कम मूल्यको ईभी खोज्नेका लागि अवसर

दशैं अगाडि वुलिङ बिंगो ईभी एक्सचेन्ज अफर, ३० लाख भन्दा कम मूल्यको ईभी खोज्नेका लागि अवसर

काठमाडौं – ३० लाख भन्दा कम मूल्यमै ईभी किन्न चाहने ग्राहकलाई लक्ष्यित गरी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...