१ लाख किलोमिटर यात्रा गर्दा पनि ९५ प्रतिशत चार्ज टिक्ने बाइक लन्च

बैंगलोरको इलेक्ट्रिक टु ह्विलर कम्पनी अल्ट्राभायोलेटले आफ्नो नयाँ इलेक्ट्रिक बाइक एफ७७ म्याच २ भारतमा लन्च गरेको छ । सो ई–बाइक अल्ट्राभायोलेट एफ७७ को अपग्रेडेड संस्करण हो । सो इलेक्ट्रिक बाइकमा एकैसाथ दुई ट्रक तान्न सक्ने पावरफुल इलेक्ट्रिक मोटर जडान गरिएको कम्पनीको दाबी छ ।

अल्ट्राभायोलेट एफ७७ एफ७७ म्याच २ स्ट्यान्डर्ड र रेकन गरी २ भेरिएन्टमा लन्च गरिएको छ, जसको मूल्य २ लाख ९९ हजार भारुबाट सुरु हुन्छ । तर, यो मूल्य पहिलो १ हजार ग्राहकका लागि मात्रै उपलब्ध हुनेछ । यसपछि बाइकको मूल्य ३ लाख ९९ हजार भारु पुग्नेछ ।

कम्पनीले यो विश्वकै अत्याधुनिक इलेक्ट्रिक मोटरसाइकल भएको दाबी समेत गरेको छ । एफ७७ म्याच २ को स्ट्यान्डर्ड मोडलमा कम्पनीले २७ किलोवाटको मोटर जडान गरेको छ भने रेकनमा ३० किलोवाटको मोटर प्रयोग गरिएको छ ।

सो ई–बाइकको स्ट्यान्डर्ड मोडलमा ७.१ किलोवाट क्षमताको ब्याट्री र रेकनमा १०.३ किलोवाट क्षमताको ब्याट्री रहेको छ । सो ब्याट्रीले सिंगल चार्ज ३२३ किलोमिटरको रेन्ज प्रदान गर्छ र ७ सेकेण्डमा १०० किलोमिटर प्रतिघण्टाको गतिमा पुग्न सक्छ ।

सो बाइक ९ रङमा उपलब्ध छ । यसको डिजाइन पुरानो संस्करणबाट लिइएको छ । तर, बाइकको ब्याट्री, कम्पोनेन्ट र अन्य उपकरणहरू भने अपडेट गरिएको छ । सो बाइकको बुकिङ वेबसाइटबाट गर्न सकिन्छ ।

बाइकमा ३ राइङिड मोडसहितको ५ इन्चको टीएफटी डिस्प्ले, अटो डिमिङ हेडलाइट हिल होल्ड, एबीएस, डाइनामिक स्टेबिलिटी कन्ट्रोल जस्ता फिचर समावेश छ । बाइकमा ९ लेभलमा रिजेनेरेटिभ ब्रेकिङ सिस्टम छ, जसले बाइकलाई छिटो गतिमा रोक्न मद्दत गर्छ ।

सो बाइकमा प्रि लोड एडजस्टमेन्ट, रियर मोनोसक, ३२० एमएम फ्रन्ट डिस्क ब्रेक, १७ इन्च अलोय ह्विलसहित यूएसडी फ्रन्ट फोर्क छ । यो बाइकलाई १ लाख किलोमिटरसम्म चलाउँदा पनि यसको ब्याट्री ९५ प्रतिशतसम्म टिक्ने कम्पनीको दाबी छ । साथै, यो ई–बाइकले १५ हजार किलोग्रामसम्मको तौल पनि तान्न सक्छ ।

सम्बन्धित समाचारहरू

८ मिनेटमा खेल खत्तम : मूल्य ५० प्रतिशत बढाउँदा पनि ४८० सेकेण्डमा सबै कार बिक्रीको रेकर्ड

८ मिनेटमा खेल खत्तम : मूल्य ५० प्रतिशत बढाउँदा पनि ४८० सेकेण्डमा सबै कार बिक्रीको रेकर्ड

फक्सवागनले सबैभन्दा लोकप्रिय ह्याचब्याक गल्फको स्पेसल एडिसन गल्फ आर ३३३...

प्रोटोनको ईभी कार नेपाली बजारमा ल्याउने अन्तिम तयारी, मार्च तेस्रो साता सम्म नेपालमा लन्च हुने

प्रोटोनको ईभी कार नेपाली बजारमा ल्याउने अन्तिम तयारी, मार्च तेस्रो साता सम्म नेपालमा लन्च हुने

काठमाडौँ । जगदम्बा मोटर्सले नेपालमा मलेसियन प्रोटोन इमास ७ ईभी कार...

नेपाली बजार प्रवेश गर्दै ४० लाख भन्दा कम मूल्यको नयाँ ईभी : नामी ०१

नेपाली बजार प्रवेश गर्दै ४० लाख भन्दा कम मूल्यको नयाँ ईभी : नामी ०१

नेपाली बजारमा पहिले देखि नै विभिन्न मोडलका इलेक्ट्रिक कार बिक्री–वितरण...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...