१ लाख किलोमिटर यात्रा गर्दा पनि ९५ प्रतिशत चार्ज टिक्ने बाइक लन्च

बैंगलोरको इलेक्ट्रिक टु ह्विलर कम्पनी अल्ट्राभायोलेटले आफ्नो नयाँ इलेक्ट्रिक बाइक एफ७७ म्याच २ भारतमा लन्च गरेको छ । सो ई–बाइक अल्ट्राभायोलेट एफ७७ को अपग्रेडेड संस्करण हो । सो इलेक्ट्रिक बाइकमा एकैसाथ दुई ट्रक तान्न सक्ने पावरफुल इलेक्ट्रिक मोटर जडान गरिएको कम्पनीको दाबी छ ।

अल्ट्राभायोलेट एफ७७ एफ७७ म्याच २ स्ट्यान्डर्ड र रेकन गरी २ भेरिएन्टमा लन्च गरिएको छ, जसको मूल्य २ लाख ९९ हजार भारुबाट सुरु हुन्छ । तर, यो मूल्य पहिलो १ हजार ग्राहकका लागि मात्रै उपलब्ध हुनेछ । यसपछि बाइकको मूल्य ३ लाख ९९ हजार भारु पुग्नेछ ।

कम्पनीले यो विश्वकै अत्याधुनिक इलेक्ट्रिक मोटरसाइकल भएको दाबी समेत गरेको छ । एफ७७ म्याच २ को स्ट्यान्डर्ड मोडलमा कम्पनीले २७ किलोवाटको मोटर जडान गरेको छ भने रेकनमा ३० किलोवाटको मोटर प्रयोग गरिएको छ ।

सो ई–बाइकको स्ट्यान्डर्ड मोडलमा ७.१ किलोवाट क्षमताको ब्याट्री र रेकनमा १०.३ किलोवाट क्षमताको ब्याट्री रहेको छ । सो ब्याट्रीले सिंगल चार्ज ३२३ किलोमिटरको रेन्ज प्रदान गर्छ र ७ सेकेण्डमा १०० किलोमिटर प्रतिघण्टाको गतिमा पुग्न सक्छ ।

सो बाइक ९ रङमा उपलब्ध छ । यसको डिजाइन पुरानो संस्करणबाट लिइएको छ । तर, बाइकको ब्याट्री, कम्पोनेन्ट र अन्य उपकरणहरू भने अपडेट गरिएको छ । सो बाइकको बुकिङ वेबसाइटबाट गर्न सकिन्छ ।

बाइकमा ३ राइङिड मोडसहितको ५ इन्चको टीएफटी डिस्प्ले, अटो डिमिङ हेडलाइट हिल होल्ड, एबीएस, डाइनामिक स्टेबिलिटी कन्ट्रोल जस्ता फिचर समावेश छ । बाइकमा ९ लेभलमा रिजेनेरेटिभ ब्रेकिङ सिस्टम छ, जसले बाइकलाई छिटो गतिमा रोक्न मद्दत गर्छ ।

सो बाइकमा प्रि लोड एडजस्टमेन्ट, रियर मोनोसक, ३२० एमएम फ्रन्ट डिस्क ब्रेक, १७ इन्च अलोय ह्विलसहित यूएसडी फ्रन्ट फोर्क छ । यो बाइकलाई १ लाख किलोमिटरसम्म चलाउँदा पनि यसको ब्याट्री ९५ प्रतिशतसम्म टिक्ने कम्पनीको दाबी छ । साथै, यो ई–बाइकले १५ हजार किलोग्रामसम्मको तौल पनि तान्न सक्छ ।

सम्बन्धित समाचारहरू

आजबाट टाटा ईभी अटो कार्निभल, विशेष अफरका साथै माल्दिभ्स भ्रमणको अवसर

आजबाट टाटा ईभी अटो कार्निभल, विशेष अफरका साथै माल्दिभ्स भ्रमणको अवसर

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

कहिले सार्वजनिक हुन्छ हिरो मोटोकर्पको पहिलो इलेक्ट्रिक स्कुटर ?

कहिले सार्वजनिक हुन्छ हिरो मोटोकर्पको पहिलो इलेक्ट्रिक स्कुटर ?

हिरो मोटोकर्पले केही महिना अघि भीडा ईभी सब–ब्रान्डको बारेमा घोषणा गरेको...

अस्ट्रेलियामा दिपलको औपचारिक प्रवेश

अस्ट्रेलियामा दिपलको औपचारिक प्रवेश

अहिले एस०७ र एल०७, केही समयपछि एस०५ र जी३१८ पनि सार्वजनिक गरिने चांगान...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...