लीपमोटर बी१० मा अव ८०० भोल्टको अत्याधुनिक प्रविधि, ईभी प्रतिस्पर्धा अझै रोचक बन्ने
काठमाडौँ — विश्व बजारमा विद्युतीय सवारी साधन (ईभी) को प्रतिस्पर्धा...
काठमाडौं–आइसर गाडीको नेपालका लागि आधिकारिक बिक्रेता बतास एमएडब्लुले ‘स्ट्रङ रिभाइभल इन सेल्स एण्ड कस्टुमर सर्भिस २०२३–२४ अवार्ड’ पाएको छ । आइसर इण्डियाले थाइल्यान्डमा आयोजना गरेको ‘ग्लोवल एनुअल कन्फ्रेन्स’ मा कम्पनीले उक्त प्रतिष्ठित अवार्ड हात पारेको हो ।
बतास र एमएडब्लू बीच एकताको पहिला बर्षमै कम्पनिले अन्र्तराष्टिय स्तरको सफलता चुमेको हो । पहिलो बर्षमा नै आइसर इन्डियाले आइसरको बिक्री बितरण तथा ग्राहक सेवामा ठुलो र अग्रणी परिवर्तन महशुस गरेको बताइएको छ ।
कम्पनीले समय सापेक्ष ग्राहकको चाहना अनुरुप बस ट्रक, ट्रिपर उपल्बध गराएको छ । साथै, अन द स्पट सेवा, बिना झन्झट सामान डेलिभरी, सेल्स सर्भिसमा ग्राहकको सन्तुष्टि, एक्सचेञ्ज र फाइनान्सको सुबिधा पनि प्रदान गर्दै आएको छ ।
कम्पनीका अनुसार रिटेल फाइनान्सको लागि एमएडब्लू इनभेष्टमेन्ट प्रालि र बतास हायर पर्चेज कम्पनीका साथै विभिन्न ५ बित्तिय संस्थाहरुसँग सहकार्य गरिएको छ । साथै सर्भिसलाइ चुस्त दुरुस्त र अन साइट सर्पोटका लागि ४ वटा स्थानमा सर्भिस भ्यान सुविधा उपल्बध छ । साथै अनलाइन मार्फत स्पेयस पार्टस उपल्बध गराउँदै पनि आएको छ ।
नेपालका विभिन्न स्थानमा सेल्स तथा एक्सचेन्ज कार्यक्रमहरु गरी ग्राहकलाइ प्रत्यक्ष रुपमा सेवा विस्तार गरेको जनाइएको छ । साथै कर्मचारीहरुलाइ विभिन्न टे«निङ पनि प्रदान गर्दै आएको कम्पनीले भक्तपुरमा ट्रेनिङ भवन स्थापना गरी दक्ष जनशक्ति उत्पादन समेत गर्दै आएको छ । माइलेजका बादशाह भनेर चिनिने आइसर ग्राहकको पहिलो रोजाइ बनेको कम्पनिको भनाइ छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...