टोयोटा प्रियस अब पाँचौ जेनेरेसनमा, सार्वजनिक भयो हाइब्रिड टेक्नोलोजीले सुसज्जित २०२३ प्रियस
टोयोटाले पाँचौ जेनेरेसन प्रियस कारको तस्बिरका साथ विभिन्न विवरण...
पछिल्लो केही दिन यता सञ्चार माध्यममा सबैभन्दा बढी चर्चा गरिएको विषय हो बतास समूह । नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट निर्माण थालेँंगै चर्चामा आएको यो समूहका बारेमा अहिले विभिन्न बहसहरु भैरहेका छन् ।
पोखरामा व्यवसाय थालेर राष्ट्रिय स्तरमा उदाएको यो समूहलाई नेपालको अटोमोबाइल व्यवसायमा समेत प्रतिष्ठित घरानाका रुपमा लिने गरिन्छ ।
नेपालमा आइसर गाडीको आयात गरी कारोबार गर्दै आइरहेको बतासले हाल पोखरामा मारुती सुजुकी, महिन्द्रा प्यासेन्जर कार र टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक डिलरका रुपमा कार्य गर्दै आइरहेको छ । यी तीनवटै ब्रान्डका सवारीसाधनको बिक्रीमा यो समूह नेपालकै अग्रणी डिलर समेत मानिन्छ ।
बतास संलग्न अर्को कम्पनी अटो वेज प्रालिले पोखरा, बुटवल र चितवनमा टोयोटा गाडीको बिक्री बितरण गरिरहेको छ भने नेपालमा अमेरिकन ब्रान्ड जिपको कारोबारमा समेत यो समूह संलग्न रहेको छ ।
त्यसैगरी सोही समूह अन्तर्गतको त्रिथुंगा ट्रेडिङ कन्सर्नले पेट्रोनास लुब्रिकेन्ट्स, ग्लोब्याट र डेल्टा ब्याट्री सहित इन्भर्टर र अनलाइन युपिएस समेत आयात गरी कारोबार गरिरहेको छ ।
यो समूहले करोबार गर्ने यी सबै ब्रान्ड आ–आफ्नो क्षेत्रमा प्रख्यात मानिन्छन् । यो समूहले केही वर्षदेखि स्वदेशमै लुब्रिकेन्ट्स समेत उत्पादन गरी बिक्री बितरण गरिरहेको छ । उसले मोटोरोल ब्रान्डमा लुब्रिकेन्ट्स उत्पादन गरी कारोबार गर्दै आएको हो ।
बतास समूहमा आनन्दराज बतास अध्यक्षको रुपमा कार्यरत छन् । यो समूहमा अन्य दुई दाजुभाई विपिनराज बतास र शान्तराज बतास समेत संलग्न छन् ।
टोयोटाले पाँचौ जेनेरेसन प्रियस कारको तस्बिरका साथ विभिन्न विवरण...
टोयोटाले आफ्नो नयाँ पिकअप ट्रक हाइलक्स जनवरी २०२२ मा लन्च गर्न लागेको छ ।...
टोयोटाको अर्बन क्रुजर एसयूभीको बिक्री शून्य भएपछि भारतमा कम्पनीले यसलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...