चर्चामा बतास समूह : अटोमोबाइल व्यवसायमा मानिन्छ प्रतिष्ठित

पछिल्लो केही दिन यता सञ्चार माध्यममा सबैभन्दा बढी चर्चा गरिएको विषय हो बतास समूह । नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट निर्माण थालेँंगै चर्चामा आएको यो समूहका बारेमा अहिले विभिन्न बहसहरु भैरहेका छन् ।

पोखरामा व्यवसाय थालेर राष्ट्रिय स्तरमा उदाएको यो समूहलाई नेपालको अटोमोबाइल व्यवसायमा समेत प्रतिष्ठित घरानाका रुपमा लिने गरिन्छ ।

नेपालमा आइसर गाडीको आयात गरी कारोबार गर्दै आइरहेको बतासले हाल पोखरामा मारुती सुजुकी, महिन्द्रा प्यासेन्जर कार र टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक डिलरका रुपमा कार्य गर्दै आइरहेको छ । यी तीनवटै ब्रान्डका सवारीसाधनको बिक्रीमा यो समूह नेपालकै अग्रणी डिलर समेत मानिन्छ ।

बतास संलग्न अर्को कम्पनी अटो वेज प्रालिले पोखरा, बुटवल र चितवनमा टोयोटा गाडीको बिक्री बितरण गरिरहेको छ भने नेपालमा अमेरिकन ब्रान्ड जिपको कारोबारमा समेत यो समूह संलग्न रहेको छ ।

त्यसैगरी सोही समूह अन्तर्गतको त्रिथुंगा ट्रेडिङ कन्सर्नले पेट्रोनास लुब्रिकेन्ट्स, ग्लोब्याट र डेल्टा ब्याट्री सहित इन्भर्टर र अनलाइन युपिएस समेत आयात गरी कारोबार गरिरहेको छ ।

यो समूहले करोबार गर्ने यी सबै ब्रान्ड आ–आफ्नो क्षेत्रमा प्रख्यात मानिन्छन् । यो समूहले केही वर्षदेखि स्वदेशमै लुब्रिकेन्ट्स समेत उत्पादन गरी बिक्री बितरण गरिरहेको छ । उसले मोटोरोल ब्रान्डमा लुब्रिकेन्ट्स उत्पादन गरी कारोबार गर्दै आएको हो ।

बतास समूहमा आनन्दराज बतास अध्यक्षको रुपमा कार्यरत छन् । यो समूहमा अन्य दुई दाजुभाई विपिनराज बतास र शान्तराज बतास समेत संलग्न छन् ।

सम्बन्धित समाचारहरू

टोयोटा सेन्चुरी : यस्तो छ ल्याण्डक्रुजर भन्दा तीन गुणा बढि महंगो एसयूभी

टोयोटा सेन्चुरी : यस्तो छ ल्याण्डक्रुजर भन्दा तीन गुणा बढि महंगो एसयूभी

टोयोटाले हालसालै आफ्नो फ्ल्यागसिप रेन्जमा नयाँ एसयूभी थप गरेको छ ।...

टोयोटा लगातार तेस्रो वर्ष विश्वको सबैभन्दा ठूलो कार निर्माता बन्दै

टोयोटा लगातार तेस्रो वर्ष विश्वको सबैभन्दा ठूलो कार निर्माता बन्दै

टोयोटा मोटरले अप्रिलमा आफ्नो प्रतिद्वन्द्वी फक्सवागनको तुलनामा १० लाख...

पुल्चोकस्थित टोयोटा शोरुममा मनसुन एक्सचेन्ज अफर, के–के छन् सुबिधा

पुल्चोकस्थित टोयोटा शोरुममा मनसुन एक्सचेन्ज अफर, के–के छन् सुबिधा

काठमाडौं–टोयोटा गाडिको ललितपुरस्थित बिक्रेता ग्यालेक्सी अटोमोबाइल्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...