बुटवलमा गरियो भवन शिलान्यास, अटो व्यवसायीलाई सीप र शिक्षामा लाग्न मेयर पाण्डेको जोड
बुटवल – नेपाल अटो मेकानिक्स व्यवसायी महासंघ केन्द्रीय कार्यालय काठमाडौं,...
काठमाडौँ – पोखरा क्षेत्रीय अस्पतालको आवश्यकता धान्ने अक्सिजन प्लान्ट निर्माणका लागि बतास फाउण्डेसनले अग्रसरता लिएको छ। फाउन्डेसनले विभिन्न संस्थालाई यस कार्यका लागि सहयोग गर्न र सकिन्छ भने सो कार्यको अग्रसता लिन समेत आग्रह गरेको छ ।
फाउन्डेसनका अध्यक्ष आनन्दराज बतासका अनुसार प्लान्ट निर्माणका लागि ३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ र हाल सम्म डेढ करोड रुपैयाँ उठिसकेको छ।
सो कार्यका लागि बतास फाउन्डेसनले २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । त्यसैगरी अटोवेज प्रालिका नारायण पौडेल, सेलवेज प्रालिका सुशील प्रधानाङ्ग, सुपर मादी हाइड्रो पावरका पुष्पज्योती ढुंगाना, क्वालिटी एग्रिगेट माइनिङका देबबहादुर ज्वारचन र बि रिभर माइनिङ प्रालिले २५–२५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत सो कुराको जानकारी गराउदै बतास फाउन्डेसनले आवश्यक परेको अवस्थामा सो रकम कानुनी प्रक्रिया पुरा गरी कुनै बैंक खातामा जम्मा गराउन लगाइने बताएको छ ।
प्रतिघण्टा १०–१५ क्युबिक मिटर अक्सिजन उत्पादन गर्न सक्ने उक्त अक्सिजन प्लान्ट ६० देखि ९० दिनमा तयार गरिसक्ने बतासले बताएका छन् ।
बतास फाउन्डेसन अन्तर्गत नेपाली बजारमा विभिन्न ब्रान्डका सवारी साधन र यससँग सम्बन्धित विभिन्न व्यवसाय संचालित छन् ।
तस्बिर सौजन्य : नेपाल अटो मेकानिक्स व्यवसायी संघ (सन्दर्भको लागि मात्र)
बुटवल – नेपाल अटो मेकानिक्स व्यवसायी महासंघ केन्द्रीय कार्यालय काठमाडौं,...
काठमाडौं–जेसीबी उपकरणको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्स...
काठमाडौं – गत सोमबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...