बास मोडलले ल्यायो विद्युतीय सवारीमा क्रान्ति, ब्याट्री भाडामा लिन पाउने सुविधा

भारतको विद्युतीय सवारी साधन बजारमा बास अर्थात् ब्याट्री एज-ए-सर्भिस मोडल तीव्र रूपमा लोकप्रिय हुँदै गएको छ। यस योजनाअन्तर्गत ग्राहकले गाडी सस्तो मूल्यमा किन्न सक्ने र दैनिक सञ्चालनमा पनि उल्लेखनीय खर्च कटौती हुने देखिएको छ। बजारमा यसको माग तीव्र रूपमा बढिरहेको छ ।

एमजी मोटरले बास मोडलमा आधारित विन्डसर ईभी लन्च गरेको थियो भने हालै हिरो मोटोकर्पले पनि बास मोडलमार्फत भिडा भीएक्स२ इलेक्ट्रिक स्कुटर बजारमा ल्याएको छ । यस्तो सस्तो मूल्यमा उपलब्ध हुनुको कारण स्कुटरसँग ब्याट्री नदिइ बास मोडलमार्फत छुट्टै भाडामा उपलब्ध गराउनु हो।

सामान्य रूपमा, विद्युतीय सवारीमा सबैभन्दा महँगो भाग भनेकै ब्याट्री हो। सो सवारीको कुल मूल्यको ४० देखि ५० प्रतिशतसम्म हिस्सा ओगट्न सक्छ। यस्तोमा, कम्पनीले बास मोडलमार्फत ग्राहकलाई ब्याट्रीको मूल्य तिर्ने झन्झटबाट छुटकारा दिँदै, सस्तो मूल्यमा गाडी उपलब्ध गराइरहेका छन्। यो मोडल एक प्रकारको सदस्यता प्रणाली हो, जसमा ग्राहकले गाडी भने किन्छन् तर ब्याट्री भाडामा लिन्छन्। प्रयोगको आधारमा, मासिक शुल्क तिरेर ब्याट्रीको सेवा लिइन्छ।

कम्पनीका अनुसार बास अन्तर्गत यसको सञ्चालन लागत प्रति किलोमिटर ०.९६ पैसा मात्र पर्छ। त्यस्तै एमजी विन्डसर ईभीको सन्दर्भमा यसको सञ्चालन खर्च प्रति किलोमिटर ३.५० भारु मात्र छ, जुन पेट्रोल कारको ६ देखि १० रुपैयाँ खर्चभन्दा धेरै सस्तो हो ।

बास योजनाले ब्याट्रीमा समस्या आएमा निःशुल्क मर्मत तथा प्रतिस्थापनजस्ता सेवा पनि प्रदान गर्छ। तर यस्तो योजनामा सहभागी हुनुअघि ग्राहकले नियम, सर्त र लुकेका शुल्कहरूको बारेमा डिलरबाट विस्तृत जानकारी लिनु आवश्यक हुन्छ।

भारतजस्तो मूल्य-संवेदनशील बजारमा बास मोडलले विद्युतीय सवारीलाई अझ सुलभ र किफायती बनाइरहेको छ। यस योजनाको लोकप्रियता भविष्यमा अझ बढ्ने अनुमान गरिएको छ।

सम्बन्धित समाचारहरू

२ लाख घटेर आयो नयाँ कोना जीएल, यस्तो छ मूल्य र फिचर

२ लाख घटेर आयो नयाँ कोना जीएल, यस्तो छ मूल्य र फिचर

काठमाडौ– हुन्डाइको लोकप्रिय इलेक्ट्रिक कार कोना जीएल २ लाख रुपैयाँ सस्तो...

गंगा नदी डल्फिन बचाउन बीवाईडीले सहयोग गर्ने, प्रोजेक्ट डल्फिनको घोषणा

गंगा नदी डल्फिन बचाउन बीवाईडीले सहयोग गर्ने, प्रोजेक्ट डल्फिनको घोषणा

काठमाडौं – नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकको पहलमा...

एमजी मोटर इन्डियाले गर्दैछ २ इलेक्ट्रिक एसयूभी लन्च गर्ने तयारी

एमजी मोटर इन्डियाले गर्दैछ २ इलेक्ट्रिक एसयूभी लन्च गर्ने तयारी

एमजी मोटर इन्डियाले गत वर्ष फेस्टिभ सिजनमा आफ्नो मिड साइज एसयूभी एस्टर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...