नेपाल रोड रेसिङ च्याम्पियनसिप–२०२३ सम्पन्न, राजकुमार कार्की वने नेश्नलतर्फको बिजेता
काठमाडौं– नेपाल रोड रेसिङ च्याम्पियनसिप–२०२३ सम्पन्न भएको छ । असोज २७ गते...
काठमाडौं – हिमालयन मोटरल्याण्डमा भर्खरै सम्पन्न एपावर टु पावर स्टेयरिङ अन्तर्गत अटो जिमखाना प्रतियोगितामा वर्षा बस्नेत प्रथम भएकी छिन् । त्यसैगरी सोही प्रतियोगितामा राज्य लक्ष्मी शाक्यले दोश्रो स्थान हासिल गर्न सफल भइन् भने ट्विङ्कल न्याछोँले तृतीय स्थान प्राप्त गरिन् ।
मोटरल्याण्डस्थित शर्ट सर्किटमा डिजाइन गरिएको ट्रयाकमा टाइमिङ, स्किल तथा स्पिड बेसको आधारमा विजयी घोषणा गरिएको हो । नेपाली मोटर स्पोर्ट्सको क्षेत्रमा मात्र नभै विश्वको अटोमोबाइल क्षेत्रकै इतिहासमा लोकप्रिय मोटर स्पोर्ट्स कार्यक्रम पावर टु पावर स्टेयरिङकोे तयारी पुरा भएको बताइएको छ ।
‘वुमन इम्पावरमेन्ट थ्रु मोटरिङ’ थिममा सम्पन्न सो कार्यक्रम विश्वमा लोकप्रिय हुदै गएको अटो जिमखानाको रुपमा सम्पन्न भएको हो ।
नासा नेपालका तालीम प्राप्त मार्सलहरुको ब्यवस्थापनमा सम्पन्न सो कार्यक्रममा सहभागीले मुलत एड्भेन्चर, थ्रिल र टुरिजमको कम्बिनेसन पाएका थिए । त्यसैगरी सडक सुरक्षाको सन्देश प्रवाह भएको थियो । रोमान्चकता र महिला सशक्तिकरण तथा सोसियल नेटवर्किङ्ग समेत यसमा जोडिएको हुन्छ ।
पावर स्टेयरिङमा महिला हुँदा गाडीको सुरक्षा र नेतृत्वको सफलता मूल थिम रहेको इभेन्टमा १८ वटा टिम सहभागी भएका छन् । सो कार्यक्रमले नेपाली पर्यटन उद्यमको लागि समेत नयाँ आयाम थप्ने छ । नासा वुमन कमिसनले नासा फोर ह्विलर टिमसँगको सहकार्यमा आयोजना भएका इभेन्टमा विजयहरुलाई शिल्ड र सर्टिफिकेट नासाका अध्यक्ष दशरथ रिसाल र नासा फोर ह्विलर टिमका संयोजक अनिल वरालले प्रदान गरे ।
सो कार्यक्रमको संयोजन नासा वुमन कमिसनकी संयोजक सञ्जु बज्राचार्यले गरिन् । साथै विजयी खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा सहभागिताको अवसर पनि दिइने बताइएको छ ।
काठमाडौं– नेपाल रोड रेसिङ च्याम्पियनसिप–२०२३ सम्पन्न भएको छ । असोज २७ गते...
पोखरा – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले एसोसिएसनको सातौँ प्रदेश...
काठमाडौं – १६ बुँदे घोषणा पत्र जारी गर्दै सडक सुरक्षामा कार्यरत युवा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...