पावर टु पावर स्टेयरिङमा वर्षा बस्नेत विजयी

काठमाडौं – हिमालयन मोटरल्याण्डमा भर्खरै सम्पन्न एपावर टु पावर स्टेयरिङ अन्तर्गत अटो जिमखाना प्रतियोगितामा वर्षा बस्नेत प्रथम भएकी छिन् । त्यसैगरी सोही प्रतियोगितामा राज्य लक्ष्मी शाक्यले दोश्रो स्थान हासिल गर्न सफल भइन् भने ट्विङ्कल न्याछोँले तृतीय स्थान प्राप्त गरिन् ।

मोटरल्याण्डस्थित शर्ट सर्किटमा डिजाइन गरिएको ट्रयाकमा टाइमिङ, स्किल तथा स्पिड बेसको आधारमा विजयी घोषणा गरिएको हो । नेपाली मोटर स्पोर्ट्सको क्षेत्रमा मात्र नभै विश्वको अटोमोबाइल क्षेत्रकै इतिहासमा लोकप्रिय मोटर स्पोर्ट्स कार्यक्रम पावर टु पावर स्टेयरिङकोे तयारी पुरा भएको बताइएको छ ।

‘वुमन इम्पावरमेन्ट थ्रु मोटरिङ’ थिममा सम्पन्न सो कार्यक्रम विश्वमा लोकप्रिय हुदै गएको अटो जिमखानाको रुपमा सम्पन्न भएको हो ।

नासा नेपालका तालीम प्राप्त मार्सलहरुको ब्यवस्थापनमा सम्पन्न सो कार्यक्रममा सहभागीले मुलत एड्भेन्चर, थ्रिल र टुरिजमको कम्बिनेसन पाएका थिए । त्यसैगरी सडक सुरक्षाको सन्देश प्रवाह भएको थियो । रोमान्चकता र महिला सशक्तिकरण तथा सोसियल नेटवर्किङ्ग समेत यसमा जोडिएको हुन्छ ।

पावर स्टेयरिङमा महिला हुँदा गाडीको सुरक्षा र नेतृत्वको सफलता मूल थिम रहेको इभेन्टमा १८ वटा टिम सहभागी भएका छन् । सो कार्यक्रमले नेपाली पर्यटन उद्यमको लागि समेत नयाँ आयाम थप्ने छ । नासा वुमन कमिसनले नासा फोर ह्विलर टिमसँगको सहकार्यमा आयोजना भएका इभेन्टमा विजयहरुलाई शिल्ड र सर्टिफिकेट नासाका अध्यक्ष दशरथ रिसाल र नासा फोर ह्विलर टिमका संयोजक अनिल वरालले प्रदान गरे ।

सो कार्यक्रमको संयोजन नासा वुमन कमिसनकी संयोजक सञ्जु बज्राचार्यले गरिन् । साथै विजयी खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा सहभागिताको अवसर पनि दिइने बताइएको छ ।

सम्बन्धित समाचारहरू

चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा राजन पिया, यस्तो बन्यो कार्यसमिति

चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा राजन पिया, यस्तो बन्यो कार्यसमिति

चितवन – चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा राजन पिया चयन भएका...

पोखरा रंगशालामा रोड रेसिङ च्याम्पियनसिप हुने, यामाहा आर१५ सिरिज मुख्य प्रायोजक

पोखरा रंगशालामा रोड रेसिङ च्याम्पियनसिप हुने, यामाहा आर१५ सिरिज मुख्य प्रायोजक

काठमाडौं – आगामी शुक्रबार र शनिबार पोखरा रंगशालामा नेपाल रोड रेसिङ...

टाउकोमा चोट लाग्दा १८ लाख सम्म खर्च हुने गरेको अध्ययन प्रतिवेदन सार्वजनिक

टाउकोमा चोट लाग्दा १८ लाख सम्म खर्च हुने गरेको अध्ययन प्रतिवेदन सार्वजनिक

सातौ युएन ग्लोबल रोड सेफ्टी विकको सन्दर्भमा अति नै संवेदनशील बनिरहेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...