सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै गर्ने तयारी, अनलाइनमै कर सेवा
काठमाडौं – बागमती प्रदेश सरकारले यातायात सेवालाई प्रभावकारी बनाउने...
काठमाडौं। झापा–५ बाट निर्वाचित बालेन साहले आफ्नो चुनावी खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छन्। उनका अनुसार चुनावी अभियानमा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको छ।
खर्च विवरणअनुसार सवारीसाधन भाडामा २ लाख ९३ हजार ५००, हवाई भाडामा ३५ हजार, मतदाता प्रशिक्षण कार्यक्रमको खानामा २९ हजार ३९० र वडा स्तरीय प्रचार कार्यक्रममा खाजामा २८ हजार ९७० रुपैयाँ खर्च भएको छ। दुई वटा सवारी साधनमा १५ दिनका लागि यति खर्च लागेको उल्लेख गरिएको छ । यसमा इन्धन खर्च समेत सामेल गरिएको छ ।
त्यस्तै प्रचार कार्यक्रमका लागि ५ लाख ८० हजार रुपैयाँ खर्च गरिएको उल्लेख छ। सबैभन्दा कम खर्च भने उम्मेदवारी मनोनयनका लागि १० हजार रुपैयाँ रहेको विवरणमा देखिएको छ।
फागुन २१ गते भएको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हराउँदै बालेन प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए।
उनले ६८,३४८ ल्याउँदा प्रतिस्पर्धी रहेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले १८,७३४ मत ल्याएका छन्। यसअघिको स्थानीय तहको चुनावमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवारका रूपमा मेयर निर्वाचित भएका उनी गत पुसमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका थिए।
देशैभरि देखिएको रास्वपाको यो जितको लहरमा बलियो कारण 'बालेन फ्याक्टर' रहेको धेरै विज्ञहरू बताउँछन्।

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...