डोमिनार २५० को मूल्य एक बर्षमै २९ हजार रुपैयाँले बृद्धि, यस्तो छ यो बाइक
बजाज मोटरसाइकलको आधिकारिक बितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले २०२१ को...
बजाज अटोले नयाँ बाइक लन्च गर्ने तयारी गरेको छ । सो बाइक बजाज डोमिनार १२५ हुन सक्ने अनुमान गरिएको छ । हालै बजाज डोमिनार १२५ जस्तै देखिने बाइक परीक्षणको क्रममा देखिएको थियो ।
मिडिया रिपोर्टका अनुसार परीक्षणको क्रममा देखिएको बाइक बजाज डोमिनार १२५ हो । परीक्षणको क्रममा देखिएको बाइकमा स्प्लिट सिट सेटअप, परम्परागत सिंगल पीस ग्रेब रेल र टायर हगर देख्न सकिन्छ । यसको साथै बाइकमा मस्कुलर फ्युल ट्याङ्की, चारैतिर हलोजन टर्न इन्डिकेटरसहितको नयाँ एलईडी हेडलाइट सेटअप पनि देख्न सकिन्छ ।
बाइकको अगाडिको सस्पेन्सन निकै बलियो देखिन्छ, यसमा फोर्क कभर पनि हुनेछ । यसको अलोय ह्विल पल्सर पी१५० मा जस्तै देखिन्छ। यस बाहेक बाइकमा रियर मोनो-सक सस्पेन्सन सेटअप, अन्डरबेली एक्जस्ट र फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर पनि देखिन्छ ।
बजाजको सो बाइकमा टर्न–बाइ–टर्न नेभिगेसन देख्न सकिन्छ । यसको फ्रन्टमा डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक हुनेछ । यसमा सिंगल च्यानल एबीएस पनि हुनेछ ।
बजाजको सो आगामी बाइकमा १२५ सीसी इन्जिनले सुसज्जित हुनेछ । यसको लन्च पछि यसले भारतीय बजारमा एक्सट्रिम १२५ आर टीभीएस राइडर १२५ जस्ता बाइकसँग प्रतिस्पर्धा गर्नेछ । सो बाइक २०२४ को अन्त्यसम्ममा लन्च गर्न सक्नेछ ।
बजाज मोटरसाइकलको आधिकारिक बितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले २०२१ को...
बजाज र ट्रायम्फले सहकार्य गरी उत्पादन गरेका दुई नयाँ मोटरसाइकल सार्वजनिक...
बजाज नेपाली बजारमा सर्बाधिक बिक्री हुने मोटरसाइकल ब्रान्ड हो । युवा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...