यस्तो छ बजाजको भविष्यको योजना, पहिलो इलेक्ट्रिक मोटरसाइकल सन् २०२८ सम्ममा लन्च हुने

बजाज अटोले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल सन् २०२८ सम्ममा लन्च गर्ने घोषणा गरेको छ। हाल सो मोटरसाइकलको विकास कार्य तीव्र गतिमा अघि बढिरहेको छ । यसको सुरुवाती बिक्री पहिले अन्तर्राष्ट्रिय बजारमा गरिनेछ।

बजाजले आफ्नो इलेक्ट्रिक सवारीसाधनको दायरा क्रमशः विस्तार गर्दै लगिरहेको छ । भविष्यमा कम्पनीले इलेक्ट्रिक स्कुटर, इलेक्ट्रिक तीनपाङ्ग्रे सवारी, ई–रिक्सा र इलेक्ट्रिक मोटरसाइकललाई एउटै पोर्टफोलियोअन्तर्गत विकास गर्ने रणनीति बनाएको छ।

बजाजका अनुसार दिल्लीको इलेक्ट्रिक सवारी नीति–२०२६ अन्तर्गत सन् २०२८ अप्रिल १ देखि पेट्रोल तथा सीएनजीबाट चल्ने नयाँ दुईपाङ्ग्रे सवारीको दर्तामा प्रतिबन्ध लगाउने योजना रहेकाले इलेक्ट्रिक मोटरसाइकल बजारमा प्रवेश गर्नु कम्पनीका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण बनेको छ ।

कम्पनीले नयाँ इलेक्ट्रिक स्कुटर र आगामी इलेक्ट्रिक मोटरसाइकलको माग पूरा गर्न उत्पादन क्षमता करिब २० प्रतिशतले वृद्धि गर्ने योजना बनाइएको छ। यसमध्ये पहिलो चरणको १० प्रतिशत विस्तार आगामी तीनदेखि चार महिनाभित्र सम्पन्न हुनेछ भने बाँकी विस्तार सन् २०२८ को पहिलो त्रैमासिकसम्म पूरा गरिने कम्पनीले जनाएको छ।

कम्पनीले परम्परागत पेट्रोल मोटरसाइकल सेगमेन्टलाई पनि थप सुदृढ बनाउने योजना अघि सारेको छ। बजाजले आगामी महिनामा १२५ देखि १६० सीसी क्षमताका पल्सर मोटरसाइकलका मोडल सार्वजनिक गर्ने तयारी गरिरहेको छ। कम्पनीका अनुसार १२५ सीसीभन्दा माथिका मोटरसाइकलको माग बजारको औसत वृद्धिदरभन्दा झन्डै दोब्बर गतिमा बढिरहेको छ ।

बजाजले आगामी दिनमा परम्परागत इन्धनबाट चल्ने मोटरसाइकलसँगै इलेक्ट्रिक दुईपाङ्ग्रे सवारी बजारमा पनि आफ्नो उपस्थिति थप बलियो बनाउने लक्ष्य लिएको छ । यसले आगामी केही वर्षभित्र इलेक्ट्रिक मोटरसाइकल बजारमा प्रतिस्पर्धा अझ तीव्र हुने अपेक्षा गरिएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...