बजाज पल्सर र बक्सर इलेक्ट्रिकमा आउँदै, इलेक्ट्रिक दुई पाङ्ग्रे क्षेत्रमा नयाँ अध्याय
बजाज अटोले आफ्ना दुई लोकप्रिय मोडल पल्सर र बक्सरलाई इलेक्ट्रिक भेरिएन्टमा...
बजाजले चाँडै सीएनजी बाइक लन्च गर्ने भएको छ । यसको लागि कम्पनीले बजाज फाइटर र बजाज ब्रुजर नाम ट्रेडमार्क गरिसकेको छ ।
रिपोर्टका अनुसार कम्पनीले सर्वप्रथम बजाज ब्रुजर सीएनजी बाइक लन्च गर्नेछ । बजाज फाइटर कम्पनीको दोस्रो सीएनजी बाइक हुने अपेक्षा गरिएको छ । यद्यपि बजाजले दुवैको नामबारे अहिलेसम्म कुनै जानकारी खुलासा गरेको छैन ।
कम्पनीका प्रबन्ध निर्देशक राजीव बजाजले जुन १८ मा विश्वको पहिलो सीएनजी बाइक लन्च गर्न लागेको बताएका थिए । कम्पनीले सीएनजी मोडलमा १०० सीसी, १२५ सीसी र १५०-१६० सीसी बाइकहरू पनि ल्याउने तयारी गरिरहेको छ ।
मिडिया रिपोर्टका अनुसार बजाजको सीएनजी बाइकमा राउण्ड एलईडी हेडलाइट, गार्डसहितको ट्युबुलर ह्यान्डलबार, ठुलो फ्युल ट्याङ्की क्ल्याडिङ, ठुलो सिट र सिंगल-पीस ग्रयाबरेल र एलईडी टेललाइट हुनेछ।
साथै पेट्रोल र सीएनजी इन्धनमा चल्नका लागि छुट्टाछुट्टै ट्याङ्की र सेमी डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल हुने अपेक्षा गरिएको छ । यसको इन्जिन क्षमता ११०-१२५ सीसीको बिचमा हुने सम्भावना छ र यसको प्रारम्भिक मूल्य लगभग ८० हजार भारु हुनेछ।
बजाज अटोले आफ्ना दुई लोकप्रिय मोडल पल्सर र बक्सरलाई इलेक्ट्रिक भेरिएन्टमा...
काठमाडौं – नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...
इटहरीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने भएकाे छ । असार ८ गतेदेखि १३...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...