पल्सर एनएस २०० अव पाँच भेरिएन्टमा उपलब्ध, यस्तो छ सवै भेरिएन्टको मुल्य र फिचर
पल्सर सिरीज बजाजको सवैभन्दा सफल मोडल हो । नेपालमा यसको १२५ देखी २५० सिसी...
बजाज अटोले विश्वको पहिलो सीएनजी मोटरसाइकल फ्रिडम १२५ को भारतमा डेलिभरी सुरु गरेको घोषणा गरेको छ । कम्पनीले आफ्नो पहिलो युनिट पुणेमा ग्राहकलाई पुर्याएको छ । सो बाइक जुलाई ५, २०२४ मा लन्च गरिएको थियो ।
कम्पनीले आफ्नो पछिल्लो अफरको लागि ३० हजार भन्दा बढी सोधपुछ प्राप्त गरिसकेको बताएको छ । बजाज फ्रिडम १२५ सीएनजी बाइक ३ भेरिएन्टमा ग्राहकका लागि उपलब्ध छ । बाइकको पहिलो भेरिएन्ट ड्रम हो, जसको मूल्य ९५ हजार भारु छ, दोस्रो भेरिएन्ट ड्रम एलईडी हो, जसको मूल्य १ लाख ५ हजार भारु छ र तेस्रो भेरिएन्ट डिस्क एलईडी हो, जसको मूल्य १ लाख १० हजार भारु छ ।
बजाज फ्रिडम १२५ मा १२५ सीसी, एकल सिलिन्डर एयर कुल्ड इन्जिन जडान गरिएको छ, जसले ९.३ बीएचपी पावर र ९.७ एनएम टर्क जेनेरेट गर्छ । यसको इन्जिन ५ स्पिड गियरबक्समा जोडिएको छ ।
सो बाइकमा एलईडी हेडलाइट, डिस्क वा ड्रम ब्रेक विकल्प, फोन कनेक्टिभिटीसहितको डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, टेलिस्कोपिक फोर्क्स र पछाडि मोनोशक जस्ता फिचर रहेको छ । सो बाइक कुल ७ रङमा उपलब्ध छ ।
सो बाइकले परम्परागत १२५ सीसीको तुलनामा २५ प्रतिशत बढी यात्रुलाई सुविधा दिने कम्पनीले जनाएको छ । बजाज फ्रिडम १२५ सीएनजी बाइकले हिरो स्प्लेडर १२५, होन्डा शाइन १२५ र अन्य १२५ सीसी बाइकसँग प्रतिस्पर्धा गर्छ ।
पल्सर सिरीज बजाजको सवैभन्दा सफल मोडल हो । नेपालमा यसको १२५ देखी २५० सिसी...
काठमाडौं – नेपालको विद्युतीय सवारी साधनको इतिहासमा एक नयाँ अध्याय सुरु...
नेपाली बजारमा सर्बाधिक बिक्री हुने मोटरसाइकलमा गनिन्छ पल्सर सिरिज । पल्सर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...