बजाज चेतक इलेक्ट्रिक स्कुटरको मूल्यमा भारी कटौती, नेपालमा पनि असर पर्ने
बजाज अटोले आफ्नो इलेक्ट्रिक स्कुटर चेतक इलेक्ट्रिकको मूल्यमा भारी...
बजाज अटोले विश्वको पहिलो सीएनजी मोटरसाइकल फ्रिडम १२५ को भारतमा डेलिभरी सुरु गरेको घोषणा गरेको छ । कम्पनीले आफ्नो पहिलो युनिट पुणेमा ग्राहकलाई पुर्याएको छ । सो बाइक जुलाई ५, २०२४ मा लन्च गरिएको थियो ।
कम्पनीले आफ्नो पछिल्लो अफरको लागि ३० हजार भन्दा बढी सोधपुछ प्राप्त गरिसकेको बताएको छ । बजाज फ्रिडम १२५ सीएनजी बाइक ३ भेरिएन्टमा ग्राहकका लागि उपलब्ध छ । बाइकको पहिलो भेरिएन्ट ड्रम हो, जसको मूल्य ९५ हजार भारु छ, दोस्रो भेरिएन्ट ड्रम एलईडी हो, जसको मूल्य १ लाख ५ हजार भारु छ र तेस्रो भेरिएन्ट डिस्क एलईडी हो, जसको मूल्य १ लाख १० हजार भारु छ ।
बजाज फ्रिडम १२५ मा १२५ सीसी, एकल सिलिन्डर एयर कुल्ड इन्जिन जडान गरिएको छ, जसले ९.३ बीएचपी पावर र ९.७ एनएम टर्क जेनेरेट गर्छ । यसको इन्जिन ५ स्पिड गियरबक्समा जोडिएको छ ।
सो बाइकमा एलईडी हेडलाइट, डिस्क वा ड्रम ब्रेक विकल्प, फोन कनेक्टिभिटीसहितको डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, टेलिस्कोपिक फोर्क्स र पछाडि मोनोशक जस्ता फिचर रहेको छ । सो बाइक कुल ७ रङमा उपलब्ध छ ।
सो बाइकले परम्परागत १२५ सीसीको तुलनामा २५ प्रतिशत बढी यात्रुलाई सुविधा दिने कम्पनीले जनाएको छ । बजाज फ्रिडम १२५ सीएनजी बाइकले हिरो स्प्लेडर १२५, होन्डा शाइन १२५ र अन्य १२५ सीसी बाइकसँग प्रतिस्पर्धा गर्छ ।
बजाज अटोले आफ्नो इलेक्ट्रिक स्कुटर चेतक इलेक्ट्रिकको मूल्यमा भारी...
काठमाडौं – बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द...
बजाज नेपाली बजारमा सर्बाधिक बिक्री हुने मोटरसाइकल ब्रान्ड हो । युवा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...