रेयर अर्थ खनिजको संकट चर्किदै, दुई पांग्रे ईभी उत्पादनमा समस्याको संकेत
रेयर अर्थ समेत भनिने दुर्लभ खनिजको संकट चर्किदै गएपछि भारतका तीन ठूला...
बजाज अटोले चाँडै नै आफ्नो नयाँ बाइक पल्सर एन१२५ लन्च गर्न लागेको छ । सामाजिक सञ्जालमा यस बाइकको झलक देखाउँदै कम्पनीले यसको फिचर र स्पेसिफिकेशनहरू सार्वजनिक गरेको छ । बजाज पल्सर एन१२५ एलईडी डिस्क र एलईडी डिस्क बीटी गरी दुई भेरिएन्टमा उपलब्ध हुनेछ ।
बजाज पल्सर एन१२५ मा १२४.५९ सीसी एयर कुल्ड, सिंगल सिलिन्डर इन्जिन हुनेछ, जसले ८५०० आरपीएममा १२ बीएचपीको पावर जेनेरेट गर्छ । यसमा ५ स्पिड गियरबक्स रहेको छ ।
बाइकको अगाडि २४० एमएम डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक छ । यसको सस्पेन्सनको कुरा गर्दा अगाडि टेलिस्कोपिक फोर्क र रियरमा मोनोसक सस्पेन्सन हुनेछ ।
पल्सर एन१२५ मा एलईडी हेडलाइट र टेललाइट जडान गरिएको छ । साथै, यसमा एलसीडी इन्स्ट्रयुमेन्ट कन्सोल पनि छ जसले स्पिडोमिटर, ओडोमिटर, ट्रिप मिटर, फ्युल गेज र घडी जस्ता जानकारी देखाउँछ । यसको एलईडी डिस्क बीटी भेरिएन्टमा ब्लुटुथ कनेक्टिभीटीको सुविधा पनि छ, जसले कल र एसएमएस अलर्ट प्रदान गर्छ ।
बजाज पल्सर एन१२५ को मूल्य लगभग १ लाख भारु हुन सक्छ । सो बाइकले टीभीएस राइडर १२५, हिरो एक्ट्रिम १२५आर र होन्डा एसपी १२५ सँग प्रतिस्पर्धा गर्नेछ ।
रेयर अर्थ समेत भनिने दुर्लभ खनिजको संकट चर्किदै गएपछि भारतका तीन ठूला...
भारतको इलेक्ट्रिक टु ह्विलर बजारमा टीभीएस, बजाज र हिरो मोटोकर्प जस्ता...
पल्सर सिरिजमा बजाजले हालसालै नयाँ मोडलको मोटरसाइकल लन्च गरेको छ । नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...