यस्ता छन् बजाज, टीभीएस र हिरोको नेपाल आउने तयारीमा रहेका इलेक्ट्रिक स्कुटर

इलेक्ट्रिक स्कुटरको माग बजारमा खासै वृद्धि हुन नसकेपनि पछिल्ला दिनहरुमा नयाँनयाँ ब्रान्डहरु आउने क्रम भने रोकिएको छैन । नेपाली बजारमा अहिले चीनबाट सवैभन्दा बढी ब्रान्डमा यस्ता स्कुटर आयात भएका छन् भने भारतबाट पनि उल्लेख्य ब्रान्ड भित्रिइरहेका छन् । बजारमा अहिले तीन दर्जन वढी ब्रान्डका इलेक्ट्रिक स्कुटर बिक्रीका लागि उपलव्ध छन् ।

सन् २०२१ को तुलनामा २०२२ मा इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आयात ३ गुणाले वृद्धि भएको छ । सन् २०२१ मा करिव २ हजार २ सय युनिट इलेक्ट्रिक दुई पांग्रे सवारी साधन आयात भएकोमा २०२२ मा करिव ६ हजार ८ सय युनिट यस्ता सवारी साधन आयात भएका छन् ।

हाल नेपाली बजारमा धेरै दुई पांग्रे सवारी साधन बिक्री गर्दै आएका बजाज, होन्डा, टीभीएस, यामाहा र हिरो आदि ब्रान्डले भने दुई पांग्रे इलेक्ट्रिक सवारी साधन बिक्री गर्दैनन् । यो वर्ष भने बजाज, टीभीएस र हिरोले इलेक्ट्रिक स्कुटर बिक्री गर्ने तयारी गरिरहेका छन् ।

नेपालमा उपलब्ध सवैजसो भारतीय ब्रान्डका इलेक्ट्रिक स्कुटर स्टार्ट अप कम्पनीका उत्पादन भएका कारण हालसम्म पनि यी परीक्षणकै क्रममा रहेका मान्न सकिन्छ । यस्तोमा स्थापित ब्रान्डको छवि वनाएका बजाज, टीभीएस र हिरोजस्ता ब्रान्डले समेत इलेक्ट्रिक स्कुटर निर्माण गरी विक्री गर्न शुरु गरिसके पनि यी ब्रान्डले आफ्नो उत्पादनलाई हतारमा नेपाल पठाउने अवस्था देखिएको छैन । उनीहरुले नेपालमा परीक्षण गरेरमात्र विक्री थाल्ने रणनीति लिएका छन् ।

भारतमा अहिले बजाजले चेतक ब्रान्डमा इलेक्ट्रिक स्कुटर उत्पादन गरिरहेको छ । भारतीय बजारमा राम्रो प्रतिक्रिया पाइरहेको यो स्कुटरलाई नेपालमा समेत उपलब्ध गराउन कम्पनी सकारात्मक देखिएको छ । यो स्कुटर सम्भवतः यसै वर्षदेखि नेपालमा बिक्री हुनेछ ।

चेतक ३.८ किलोवाटको इलेक्ट्रिक मोटर र ३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री जडान भएको स्कुटर हो । यो स्कुटरको पावर ५.१ पीएस र टर्क १६ एनएम रहेको छ । ५ घण्टामा सामान्य प्लगबाट फुल चार्ज गर्न सकिने यो स्कुटरले ८५ देखि ९० किलोमिटर रेन्ज प्रदान गर्ने दावी गरिएको छ ।

गोलाकार हेडल्याम्पमा निकै नै आकर्षक देखिने यसमा एलईडी डीआरएल दिइएको छ । यसैगरी डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर समेत गोलाकार नै रहेको छ । स्कुटरमा ब्लुटुथ कनेक्टिभिटी र टर्न वाइ टर्न नेभिगेसन जस्ता फिचर उपलब्ध छ ।

नेपाली बजारमा परीक्षण भैरहेको टीभीएस आइक्युबको बिक्री अवको केही समयपछि शुरु हुने अनुमान गरिएको छ । यो स्कुटरमा ४.४ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । स्कुटरलाई एकपटक फुल चार्ज गरेपछि १४० किलोमिटरसम्म रेन्ज पाउन सकने दावी गरिएको छ ।

तीन भेरिएन्टमा उपलब्ध यसको वेस भेरिएन्टमा ५ इन्चको कलर टीएफटी डिस्प्ले र स्मार्ट कनेन्ट फिचर उपलब्ध गराइएको छ । त्यस्तै मिड भेरिएन्टमा ७ इन्चको डिस्प्ले र टप भेरिएन्टमा टचस्क्रिन डिस्प्ले रहेको छ । यसलाई ८० किलोमिटर प्रतिघन्टा सम्मको उच्च गतिमा हाँक्न सकिन्छ ।

भारतको सवैभन्दा ठूलो टु ह्विलर उत्पादक हिरोले भीडा ब्रान्डमा इलेक्ट्रिक स्कुटर उत्पादन गर्दै आइरहेको छ । भारतमा केही दिनअघिबाट ग्राहकलाई हस्तान्तरण गर्न थालिएको यो स्कुटर पनि अवको केही समयपछि नेपाल आउन सक्ने देखिएको छ । यो स्कुटर भी १ प्लस र भी १ प्रो भेरिएन्ट गरी दुई भेरिएन्टमा उपलब्ध रहँदै आएको छ ।

दुवै भेरिएन्टमा हिरोले फरक फरक साइजको व्याट्री प्याक दिएको छ । यसको भी१ भेरिएन्टमा ३.९४ किलोवाट आवर र भी१ प्लसमा ३.४४ किलोवाट आवरको व्याट्री प्याक जडान गरिएको छ । यो स्कुटरले एक पटकको फुल चार्जमा १६५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीले दावी गरेको छ ।

यो स्कुटरमा ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम क्रुज कन्ट्रोल, एसओएस अलर्ट, टु–वे थ्रोटल र किलेस कन्ट्रोललगायत अन्य धेरै सुविधाहरू उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

केरुङ आइपुग्यो ‘फरथिङ फ्राइडे’ ईभी, मूल्य कति ?

केरुङ आइपुग्यो ‘फरथिङ फ्राइडे’ ईभी, मूल्य कति ?

काठमाडौं–नेपाली बजारमा अबको केही दिन पछि अर्को नयाँ विद्यूतीय एसयूभी लन्च...

भारतिय बजारका लागि होन्डाको पहिलो ईभी एलीभेटमा आधारित हुने

भारतिय बजारका लागि होन्डाको पहिलो ईभी एलीभेटमा आधारित हुने

होन्डाले छिट्टै भारतीय बजारमा आफ्नो पहिलो ईभी ल्याउने तयारी थालेको छ ।...

जगदम्बा मोटर्सले पनि ९९ किलोवाटको ईभी नेपाल भित्र्याउने, मूल्य सार्वजनिक

जगदम्बा मोटर्सले पनि ९९ किलोवाटको ईभी नेपाल भित्र्याउने, मूल्य सार्वजनिक

काठमाडौं – नेपाली बजारमा टीभीएस र प्रोटोन लगायतका सवारी साधन बिक्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...