फरक स्टेयरिङको सेल्फ ड्राइभिङ कार आउने, २०२३ सम्ममा लन्च हुने सम्भावना
स्टेयरिङ ह्विल भविष्यका कारमा वैकल्पिक सहायक हुन सक्छ । जसले गर्दा कारलाई...
इलेक्ट्रिक स्कुटरको माग बजारमा खासै वृद्धि हुन नसकेपनि पछिल्ला दिनहरुमा नयाँनयाँ ब्रान्डहरु आउने क्रम भने रोकिएको छैन । नेपाली बजारमा अहिले चीनबाट सवैभन्दा बढी ब्रान्डमा यस्ता स्कुटर आयात भएका छन् भने भारतबाट पनि उल्लेख्य ब्रान्ड भित्रिइरहेका छन् । बजारमा अहिले तीन दर्जन वढी ब्रान्डका इलेक्ट्रिक स्कुटर बिक्रीका लागि उपलव्ध छन् ।
सन् २०२१ को तुलनामा २०२२ मा इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलको आयात ३ गुणाले वृद्धि भएको छ । सन् २०२१ मा करिव २ हजार २ सय युनिट इलेक्ट्रिक दुई पांग्रे सवारी साधन आयात भएकोमा २०२२ मा करिव ६ हजार ८ सय युनिट यस्ता सवारी साधन आयात भएका छन् ।
हाल नेपाली बजारमा धेरै दुई पांग्रे सवारी साधन बिक्री गर्दै आएका बजाज, होन्डा, टीभीएस, यामाहा र हिरो आदि ब्रान्डले भने दुई पांग्रे इलेक्ट्रिक सवारी साधन बिक्री गर्दैनन् । यो वर्ष भने बजाज, टीभीएस र हिरोले इलेक्ट्रिक स्कुटर बिक्री गर्ने तयारी गरिरहेका छन् ।
नेपालमा उपलब्ध सवैजसो भारतीय ब्रान्डका इलेक्ट्रिक स्कुटर स्टार्ट अप कम्पनीका उत्पादन भएका कारण हालसम्म पनि यी परीक्षणकै क्रममा रहेका मान्न सकिन्छ । यस्तोमा स्थापित ब्रान्डको छवि वनाएका बजाज, टीभीएस र हिरोजस्ता ब्रान्डले समेत इलेक्ट्रिक स्कुटर निर्माण गरी विक्री गर्न शुरु गरिसके पनि यी ब्रान्डले आफ्नो उत्पादनलाई हतारमा नेपाल पठाउने अवस्था देखिएको छैन । उनीहरुले नेपालमा परीक्षण गरेरमात्र विक्री थाल्ने रणनीति लिएका छन् ।
भारतमा अहिले बजाजले चेतक ब्रान्डमा इलेक्ट्रिक स्कुटर उत्पादन गरिरहेको छ । भारतीय बजारमा राम्रो प्रतिक्रिया पाइरहेको यो स्कुटरलाई नेपालमा समेत उपलब्ध गराउन कम्पनी सकारात्मक देखिएको छ । यो स्कुटर सम्भवतः यसै वर्षदेखि नेपालमा बिक्री हुनेछ ।
चेतक ३.८ किलोवाटको इलेक्ट्रिक मोटर र ३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री जडान भएको स्कुटर हो । यो स्कुटरको पावर ५.१ पीएस र टर्क १६ एनएम रहेको छ । ५ घण्टामा सामान्य प्लगबाट फुल चार्ज गर्न सकिने यो स्कुटरले ८५ देखि ९० किलोमिटर रेन्ज प्रदान गर्ने दावी गरिएको छ ।
गोलाकार हेडल्याम्पमा निकै नै आकर्षक देखिने यसमा एलईडी डीआरएल दिइएको छ । यसैगरी डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर समेत गोलाकार नै रहेको छ । स्कुटरमा ब्लुटुथ कनेक्टिभिटी र टर्न वाइ टर्न नेभिगेसन जस्ता फिचर उपलब्ध छ ।
नेपाली बजारमा परीक्षण भैरहेको टीभीएस आइक्युबको बिक्री अवको केही समयपछि शुरु हुने अनुमान गरिएको छ । यो स्कुटरमा ४.४ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । स्कुटरलाई एकपटक फुल चार्ज गरेपछि १४० किलोमिटरसम्म रेन्ज पाउन सकने दावी गरिएको छ ।
तीन भेरिएन्टमा उपलब्ध यसको वेस भेरिएन्टमा ५ इन्चको कलर टीएफटी डिस्प्ले र स्मार्ट कनेन्ट फिचर उपलब्ध गराइएको छ । त्यस्तै मिड भेरिएन्टमा ७ इन्चको डिस्प्ले र टप भेरिएन्टमा टचस्क्रिन डिस्प्ले रहेको छ । यसलाई ८० किलोमिटर प्रतिघन्टा सम्मको उच्च गतिमा हाँक्न सकिन्छ ।
भारतको सवैभन्दा ठूलो टु ह्विलर उत्पादक हिरोले भीडा ब्रान्डमा इलेक्ट्रिक स्कुटर उत्पादन गर्दै आइरहेको छ । भारतमा केही दिनअघिबाट ग्राहकलाई हस्तान्तरण गर्न थालिएको यो स्कुटर पनि अवको केही समयपछि नेपाल आउन सक्ने देखिएको छ । यो स्कुटर भी १ प्लस र भी १ प्रो भेरिएन्ट गरी दुई भेरिएन्टमा उपलब्ध रहँदै आएको छ ।
दुवै भेरिएन्टमा हिरोले फरक फरक साइजको व्याट्री प्याक दिएको छ । यसको भी१ भेरिएन्टमा ३.९४ किलोवाट आवर र भी१ प्लसमा ३.४४ किलोवाट आवरको व्याट्री प्याक जडान गरिएको छ । यो स्कुटरले एक पटकको फुल चार्जमा १६५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीले दावी गरेको छ ।
यो स्कुटरमा ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम क्रुज कन्ट्रोल, एसओएस अलर्ट, टु–वे थ्रोटल र किलेस कन्ट्रोललगायत अन्य धेरै सुविधाहरू उपलब्ध छन् ।
स्टेयरिङ ह्विल भविष्यका कारमा वैकल्पिक सहायक हुन सक्छ । जसले गर्दा कारलाई...
काठमाडौं – देशभित्र उल्लेख्य रुपमा बिजुली उपलब्ध हुन थालेपछि विद्युतीय...
महिन्द्राको पहिलो इलेक्ट्रिक एसयूभी एक्सयूभी ४०० ले अहिले भारतीय बजारमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...