अपडेट भएर आयो पल्सर १५०, थप ३ नयाँ मोडल लन्च हुँदै

बजाजले हालै पल्सर १५० लाई अपडेट गरेको छ । यसमा नयाँ डेकल्सको साथमा एलईडी हेडल्याम्प र एलईडी टर्न सिग्नल पनि थप गरिएको छ । यसको इन्स्ट्रयुमेन्ट कन्सोलमा केही परिवर्तन हुने सम्भावना रहेको र इन्जिन र गियरबक्स भने पहिला जस्तै हुनेछ । हाल पल्सर १५० सिंगल-डिस्क र ड्युअल-डिस्क भेरिएन्टमा उपलब्ध छ ।

सो बाइकमा १४९.५ सीसी क्षमताको सिंगल-सिलिन्डर, एयर-कूल्ड इन्जिन प्रयोग गरिएको छ, जसले १३.८ बीएचपी पावर र १३.२५ एनएम टर्क उत्पादन गर्छ । यसलाई ५ स्पिड म्यानुअल गियरबक्ससँग जोडिएको छ। ब्रेकिङका लागि सिंगल च्यानल एबीएस, अगाडि २६० एमएम डिस्क ब्रेक र पछाडि १३० एमएम ड्रम ब्रेक उपलब्ध छ ।

सस्पेन्सन सेटअपमा अगाडि ३१ एमएम टेलिस्कोपिक कन्भेन्सनल फोर्क र पछाडि क्यानिस्टर तथा प्रिलोड एडजस्टरसहितको ट्विन ग्यास–फिल्ड रियर शक अब्जर्भर दिइएको छ । सो बाइकको तौल १४८ किलोग्राम छ।

यसको सिट उचाइ ७८५ एमएम, ग्राउन्ड क्लियरेन्स १६५ एमएम र ह्विलबेस १३२० एमएम रहेको छ । बाइकको लम्बाइ २,०५५ एमएम, चौडाइ ७६५ एमएम र उचाइ १०६० एमएम छ भने इन्धन ट्याङ्की क्षमता १५ लिटरको छ ।

बजाजले अर्को वर्ष पल्सर ब्रान्डको रजत जयन्ती मनाउने तयारी गरिरहेको छ । सोही अवसरमा कम्पनीले तीनवटा नयाँ पल्सर बाइकहरू लन्च गर्ने योजना बनाएको छ । साथै हाल बिक्रीमा रहेका मोडल पनि नयाँ मेकओभर दिइने अपेक्षा गरिएको छ ।

२०२६ मा कम्पनीले १२५ सीसीदेखि ४०० सीसीसम्मका विभिन्न सेग्मेन्टमा नयाँ मोडलहरू प्रस्तुत गर्न सक्ने अनुमान गरिएको छ । साथै कम्पनीले हालै भारतीय बजारमा पल्सर एन१६० को नयाँ भेरिएन्ट पनि लन्च गरिसकेको छ ।

सम्बन्धित समाचारहरू

नेपालमा बजाज मोटरसाइकल : यी हुन् नेपाली बजारमा रुचाइएका ५ मोडल (फिचर र मूल्यसहित)

नेपालमा बजाज मोटरसाइकल : यी हुन् नेपाली बजारमा रुचाइएका ५ मोडल (फिचर र मूल्यसहित)

नेपाली बजारमा बजाजको पल्सर मोटरसाइकल निकै नै रुचाइएको मोटरसाइकलमा पर्छ ।...

आजदेखि बजाज चेतक ईभीको “ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प”

आजदेखि बजाज चेतक ईभीको “ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प”

काठमाडौं – बजाज चेतक नेपालले आफ्नो “ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प”...

यस्ता छन् नेपालमा उपलब्ध ३ लाख भन्दा कम मूल्यका बजाज मोटरसाइकल

यस्ता छन् नेपालमा उपलब्ध ३ लाख भन्दा कम मूल्यका बजाज मोटरसाइकल

काठमाडौं – नेपालमा पछिल्लो समय आम नागरिकको पहुँच बाट टाढा हुनेगरी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...