पोखरामा बजाजको एक्सचेन्ज मेला सुरु, नागरिकताकै आधारमा मोटरसाइकल किन्न पाइने
पोखरा–पोखरामा बजाजको चाडपर्वलक्षित ‘झ्याम्मै एक्सचेन्ज मेला’ सुरु भएको...
काठमाडौँ–बजाजले आफ्नो चर्चित मोडल पल्सरको नयाँ पुस्ता आगामी अगस्ट १२ मा सार्वजनिक गर्ने भएको छ । कम्पनीले आधिकारिक नाम सार्वजनिक नगरे पनि यो नयाँ बाइक १२५ सीसी वा परिमार्जित १५० सीसी सेग्मेन्टमध्ये कुनै एक हुने अनुमान गरिएको छ ।
सार्वजनिक गर्नुअघि कम्पनीले एउटा आधिकारिक टिजर तस्बिर पनि बाहिर ल्याएको छ, जसमा नयाँ बाइकलाई पारदर्शी आवरणभित्र देखाइएको छ । पल्सरको परिचित आकर्षक शैलीलाई निरन्तरता दिँदै यसमा अझ मस्कुलर लुक्स, नयाँ सिग्नेचर हेडल्याम्प र इन्जिनको तल्लो भागमा चिन फेयरिङ दिइएको छ । राइडरको सुरक्षालाई ध्यानमा राख्दै अगाडि र पछाडि दुवैतर्फ डिस्क ब्रेकका साथै एलोय ह्विल राखिएको छ ।
नयाँ पल्सर परिमार्जित सस्पेन्सन सेटअप र नयाँ चेसिसमा आधारित हुने भएकाले यसको ह्यान्डलिङ र राइडिङ अनुभव अझ सहज हुने अपेक्षा गरिएको छ । यसका साथै आधुनिक प्रविधिलाई जोड्दै बाइकमा पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, ब्लुटुथ कनेक्टिभिटी र टर्न–बाइ–टर्न नेभिगेसन जस्ता नयाँ सुविधाहरू समेत समावेश गरिएका छन् ।
बजाज अटोको यो नयाँ पल्सर उसको व्यापक उत्पादन विस्तार योजनाको एक हिस्सा रहेको बताइएको छ । कम्पनीले आगामी छ हप्ताभित्रै १० वटा नयाँ तथा अपग्रेडेड बाइक बजारमा ल्याउने तयारी गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...