हिरो एक्सपल्ससँग प्रतिस्पर्धा गर्न आउँदै बजाजको नयाँ एड्भेन्चर बाइक, परीक्षण सुरु

बजाज अटोले नयाँ डुअल स्पोर्ट मोटरसाइकलमा काम गरिरहेको तथ्य सार्वजनिक भएको छ । हालसालै परीक्षणमा देखिएको नयाँ मोडलले उक्त तथ्यलाई उजगार गरेको हो ।

बजाजको सो नयाँ मोडलले हिरो एक्सपल्ससँग प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ । हाल विकासको चरणमा रहेको नयाँ मोटरसाइकल यसै वर्षको अन्त्यतिर लन्च हुने अनुमान गरिएको छ ।

अफरोड–केन्द्रित डिजाइनमा तयार हुने सो मोटरसाइकलकमा लामो सस्पेन्सन जडान हुनेछ । बाइकको अगाडि टेलिस्कोपिक फोर्क र पछाडि मोनोशक सस्पेन्सन तथा वायर स्पोक ह्विल उपलब्ध हुने जनाइएको छ ।

परीक्षण बाइकमा उठेको फेन्डर र चौडा ह्यान्डलबार राखिएको छ । साथै, पछाडि टप बक्स, अपस्वेप्ट एक्जस्ट र सिंगल पिस सिट दिइएको छ ।

नयाँ मोटरसाइकलमा प्रयोग हुने पावरट्रेनबारे भने कुनै जानकारी बाहिर ल्याइएको छैन । यद्यपि यसमा केटीएमले प्रयो्ग गर्दै आएको ३५० सीसी लिक्विड कुल्ड युनिट प्रयोग हुनसक्ने अनुमान गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...