बजाज पल्सर एनएस ४०० जेड अब ३५० सीसी इन्जिनमा पनी

बजाज अटोको लोकप्रिय मोटरसाइकल बजाज पल्सर एनएस ४०० जेड अब ३५० सीसी इन्जिन उपलब्ध हुने भएको छ । यसअघि ४०० सीसी सेग्मेन्टमा पर्ने सो बाइकमा उच्च कर लाग्ने गरेको थियो, तर अब ३५० सीसी इन्जिनका कारण ग्राहकले कम मूल्यमा किन्न सक्ने भएका छन्।

नयाँ संस्करणको मूल्य १ लाख ९३ हजार भारु तोकिएको छ। यसमा ३४९.१३ सीसी क्षमताको लिक्विड कुल्ड सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ४०.६ पीएस पावर र ३३.२ एनएमको टर्क उत्पादन गर्छ।

नयाँ मोडलमा कुनै उल्लेखनीय परिवर्तन गरिएको छैन । अघिल्लो जस्तै पेरिमिटर फ्रेममा आधारित सो  मोटरसाइकलमा अपसाइड डाउन फोर्क सस्पेन्सन र पछाडि मोनोशक सस्पेन्सन दिइएको छ। साथै, फ्रन्टमा ३२० एमएम र पछाडि २३० एमएम डिस्क ब्रेक, ड्युअल च्यानल एबीएस, १७ इन्चका अलोय ह्विल, एलईडी प्रोजेक्टर हेडल्याम्प, डे-टाइम रनिङ लाइट, १२ लिटर फ्युल ट्याङ्क, राइड-बाइ-वायर थ्रोटल, ट्र्याक्सन कन्ट्रोल, विभिन्न राइडिङ मोड, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र ब्लुटुथ कनेक्टिभिटी जस्ता फिचर समावेश गरिएको छ । सो मोटरसाइकल कुल ४ रङमा उपलब्ध हुनेछ।

सो बाइकले भारतीय बजारमा रोयल इन्फिल्ड, होन्डा, जावा र येज्दी जस्ता मोटरसाइकलसँग प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारहरू

बजाज पल्सर एफ२५० बाइकको अपडेट भर्सन लन्च

बजाज पल्सर एफ२५० बाइकको अपडेट भर्सन लन्च

बजाज अटो इन्डियाले भारतमा २०२४ बजाज पल्सर एफ२५० को अपडेट भर्सन लन्च गरेको छ...

७ दिनपछि लन्च हुँदै चेतकको नयाँ इलेक्ट्रिक स्कुटर

७ दिनपछि लन्च हुँदै चेतकको नयाँ इलेक्ट्रिक स्कुटर

बजाज अटोले चेतक स्कुटरको नयाँ मोडेल छिट्टै लन्च गर्ने तयारी गरेको छ ।...

चाडपर्वमा बाइक वा स्कुटर किन्दै हुनुहुन्छ ? हेर्नुस् यस्ता छन् अफर

चाडपर्वमा बाइक वा स्कुटर किन्दै हुनुहुन्छ ? हेर्नुस् यस्ता छन् अफर

नेपालीहरुले दशैं, तिहार, छठ लगायतका चाडपर्वको अवसरमा विभिन्न नयाँ बाइक वा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...