पल्सर सिरिजका नयाँ बाइक एनएस२५० र आरएस२५० ल्याउदै बजाज

बजाजले पल्सर सिरिजमा नयाँ जेनेरेशन बाइक सार्वजनिक गर्ने योजना बनाइरहेको छ । कम्पनीले भारतीय बजारमा बजाज पल्सर एनएस२५० र आरएस२५० लन्च गर्ने योजना बनाइरहेको छ ।

हाल बजाज पल्सर सिरिजको एनएस२०० र आरएस२०० बिक्रीको लागि उपलब्ध छ । बजाज २५० ट्वीनको प्रोटोटाइप चाँडै नै परीक्षण सुरु गरिने छ ।

बजाज पल्सर एनएस२५० र आरएस२५० फेस्टिभ सिजनमा लन्च हुने सम्भावना रहेको छ । सो दुबै बाइकले बजाज डोमिनार २५०को प्लेटफर्म साझा गर्नेछन् । यद्यपि कम्पनीले यसको जानकारी आधिकारिक रुपमा दिएको छैन । यसको लागि डोमिनार २५० मा जस्तै मेकानिकलको प्रयोग गरिनेछ । पल्सर एनएस२५० र आरएस२५०मा प्रि–लोड एडजस्टिबिलिटीको साथ रियर मोनोसक पनि समावेश गर्ने सम्भावना रहेको छ ।

सो बाइकमा एलईडी हेडल्याम्प, एलईडी टेलल्याम्प र एलईडी इन्डिकेटर, ब्लुटुथ कनेक्टिभिटीको साथै डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, ३०० एमएम फ्रन्ट डिस्क (आरएस २५० मा २३० एमएम) र २३० एमएम रियर डिस्क, डुअल–च्यानल एबीएस सिस्टम, स्लिपर क्लच जस्ता फिचर हुने अनुमान गरिएको छ ।

पावर दिनको लागि डोमिनार २५० को २४९.८ सीसीको सिंगल सिलिन्डर फ्युल इन्जेक्टेड लिक्विड कुल्ड मोटर समावेश हुनेछ जसले २३.५ बीएचपीको पावर र २७ एनएमको टर्क जेनेरेट गर्छ । सो बाइकमा ६ स्पिड ट्रान्समिसन समावेश गरिएको छ ।

नेपाली बजारमा समेत पल्सर एनएस२०० र आरएस२०० उपलब्ध छन् । २५० सीसीको पल्सर एनएस आयो भने मूल्य २०० सीसी भन्दा केही महंगो हुनेछ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...