ट्राफिक प्रहरीले बुझायो निषेधाज्ञामा भेटिएका ३३ मोटरसाइकल : चोरको आँखामा पल्सर
काठमाडौं – उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्यूनीकरण एवं नियन्त्रण...
काठमाडौं – नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले नयाँ बजाज पल्सर एन१५० को मूल्य सार्वजनिक गरेको छ । सो बाइकको मूल्य ३ लाख ५९ हजार ९ सय रुपैयाँ तोकेको छ । यससँगै सो बाइकको बुकिङ समेत खुल्ला गरिएको छ ।
सो बाइकमा डिजिटल कन्सोल, एड्भान्स्ड एबीएस तथ बीएस६ मापदण्डको पावरफुल एफआई इन्जिन नयाँ विशेषताको रुपमा रहेको छ ।
सो नयाँ मोटरसाइकलमा बजाजले १४९.६८ सीसी क्षमताको बीएस६ इन्जिन जडान गरेको छ । उक्त ईन्जिनले अधिकतम १४.५ पीएस पावर र १३.५ एनएम टर्क जेनेरेट गर्दछ ।
एयरकुल्ड सिस्टम दिइएको मोटरसाइकललाई सेल्फ र किक दुबै तरिकाले स्टार्ट गर्न सकिन्छ । फाइभ स्पिड गियर वक्स भएको एन१५० लाई ११५ किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिने दावी छ ।
नेकेड स्पोर्ट सेग्मेन्टको सो नयाँ मोटरसाइकलमा सिंगल च्यानल एबीएस, एलईडी डीआरएलएस सहितको प्रोजेक्टर हेडल्याम्प, ट्विन एलईडी टेलल्याम्प, नयाँ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, यूएसवी चार्जर, अन्डर बेली एक्जस्ट, सिंगल पीस ह्यान्डलबार, सिंगल पिस सिट सेटअप र टेलिस्कोपिक एन्ड फर्क सस्पेन्सन लगायत फिचर उपलब्ध छ ।
यो नयाँ मोटरसाइकलले प्रति लिटर पेट्रोलको खपतमा ४५ किलोमिटर माइलेज दिने दावी गरिएको छ । साथै यसको ग्राउन्ड क्लियरेन्स १६५ एमएम र सिट हाइट ७९० एमएम छ ।
पल्सर एन१५० को प्रतिस्पर्धा नेपाली बजारमा टीभीएस अपाचे आरटीआर १६० र यामाहा एफजेडएस भी३ लगायतका बाइकसँग हुनेछ । हाल यी दुई बाइकको मूल्य क्रमशः ३ लाख ७४ हजार ९ सय रुपैयाँ छ ।
भारतमा भने पल्सर एन१५० को मूल्य १ लाख २४ हजार ९ सय भारु छ ।
काठमाडौं – उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्यूनीकरण एवं नियन्त्रण...
काठमाडौं – नेपालमा बजाज मोटरसाइकलको अधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...