एफआई इन्जिन लगायतका विशेषता भएको पल्सर एन१५० को मूल्य तोकियो ३ लाख ६० हजार

काठमाडौं – नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले नयाँ बजाज पल्सर एन१५० को मूल्य सार्वजनिक गरेको छ । सो बाइकको मूल्य ३ लाख ५९ हजार ९ सय रुपैयाँ तोकेको छ । यससँगै सो बाइकको बुकिङ समेत खुल्ला गरिएको छ ।

सो बाइकमा डिजिटल कन्सोल, एड्भान्स्ड एबीएस तथ बीएस६ मापदण्डको पावरफुल एफआई इन्जिन नयाँ विशेषताको रुपमा रहेको छ ।

सो नयाँ मोटरसाइकलमा बजाजले १४९.६८ सीसी क्षमताको बीएस६ इन्जिन जडान गरेको छ । उक्त ईन्जिनले अधिकतम १४.५ पीएस पावर र १३.५ एनएम टर्क जेनेरेट गर्दछ ।

एयरकुल्ड सिस्टम दिइएको मोटरसाइकललाई सेल्फ र किक दुबै तरिकाले स्टार्ट गर्न सकिन्छ । फाइभ स्पिड गियर वक्स भएको एन१५० लाई ११५ किलोमिटर प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिने दावी छ ।

नेकेड स्पोर्ट सेग्मेन्टको सो नयाँ मोटरसाइकलमा सिंगल च्यानल एबीएस, एलईडी डीआरएलएस सहितको प्रोजेक्टर हेडल्याम्प, ट्विन एलईडी टेलल्याम्प, नयाँ डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, यूएसवी चार्जर, अन्डर बेली एक्जस्ट, सिंगल पीस ह्यान्डलबार, सिंगल पिस सिट सेटअप र टेलिस्कोपिक एन्ड फर्क सस्पेन्सन लगायत फिचर उपलब्ध छ ।

यो नयाँ मोटरसाइकलले प्रति लिटर पेट्रोलको खपतमा ४५ किलोमिटर माइलेज दिने दावी गरिएको छ । साथै यसको ग्राउन्ड क्लियरेन्स १६५ एमएम र सिट हाइट ७९० एमएम छ ।

पल्सर एन१५० को प्रतिस्पर्धा नेपाली बजारमा टीभीएस अपाचे आरटीआर १६० र यामाहा एफजेडएस भी३ लगायतका बाइकसँग हुनेछ । हाल यी दुई बाइकको मूल्य क्रमशः ३ लाख ७४ हजार ९ सय रुपैयाँ छ ।

भारतमा भने पल्सर एन१५० को मूल्य १ लाख २४ हजार ९ सय भारु छ ।

सम्बन्धित समाचारहरू

शुरु भयो नगद छुट र स्किममा गाडी/मोटरसाइकल किन्न पाइने सिजन : बजाज र हुन्डाईले गरे शुरुवात

शुरु भयो नगद छुट र स्किममा गाडी/मोटरसाइकल किन्न पाइने सिजन : बजाज र हुन्डाईले गरे शुरुवात

नयाँ वर्ष २०८० शुरु हुन अव जम्मा १५ दिन वाँकी छ । नयाँ वर्षमा नयाँ सामान घर...

पहिलो पटक कोरला पुग्यो बजाज चेतक इलेक्ट्रिक स्कुटर

पहिलो पटक कोरला पुग्यो बजाज चेतक इलेक्ट्रिक स्कुटर

काठमाडौँ – विद्युतीय सवारी साधनका पारखी धिरेन मान श्रेष्ठले हालै बजाज...

सुजुकी भी–स्ट्रोम कि बजाज डोमिनार ४०० ? तपाईको रोजाइमा कुन ?

सुजुकी भी–स्ट्रोम कि बजाज डोमिनार ४०० ? तपाईको रोजाइमा कुन ?

नेपाली बजारमा धेरै मोडलका बाइक बिक्रीका लागि उपलब्ध छन् । मूल्य र फिचरका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...