फेस्टिभ अफरमा बजाजको पल्सर सिरिज सबैभन्दा धेरै बिक्री

काठमाडौं – बजाजले ल्याएको यो वर्षको फेस्टिभल अफर भर्खरै सकिएको छ । यो वर्षको दसैं तिहार जस्ता चाडपर्वको समयमा अन्य समयमा जस्तै बजाजको पल्सर सिरिजका बाइक धेरै बिक्री भएका छन् ।

बजाजको नेपालका लागि आधाकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीकी असिष्टेन्ट जनरल म्यानेजर पुनम सिंहका अनुसार पल्सर २२० एफ, पल्सर एनएस २००, पल्सर १५० र पल्सर १२५ आदि मोडल नेपाली बजारमा धेरै बिक्री भएका छन् ।

पल्सर नेपाली बजारमै सबैभन्दा बढी लोकप्रिय मोडल मानिन्छ । यो अवस्थामा बजाजले ल्याएको स्किमका कारण झन् चाडपर्वको समयमा धेरैले यी बाइक किन्न रुचाएका हुन सक्छन् । लकडाउन र कोरोना भाइरसको महामारीका कारण बाइक किन्ने धेरै बढेको समयमा स्वतः बजाजका बाइक पनि धेरै बिक्री भएका छन् ।

नेपाली बजारमा बजाजका पल्सर वाहेक एभेन्जर, डिस्कभर, प्लाटिना र डोमिनार आदि बाइक उपलब्ध छन् ।

चाडपर्वको अवसर पारि आकर्षक स्किम सार्वजनिक गर्दै आइरहेको बजाजले यसपाली भने नगद छुटमा बढी जोड दिएको थियो । कम्पनीले कुनैपनि मोडलको खरिदमा नगद १० हजार छुट दिने घोषणा गरेको थियो ।

त्यस्तै ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल किन्ने ग्राहकले शून्य प्रतिशत व्याजदरमा बाँकी रकम सरल किस्ताबन्दीमा बुझाउन पाउने व्यवस्था थियो । त्यसैगरी थोरै रकम भएका ग्राहकलाई लक्षित गर्दै २० प्रतिशत डाउन पेमेन्टमा समेत नयाँ मोटरसाइकल दिने योजना अघि सारेको थियो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...