यस्तो हुनेछ बजाज पल्सर २५० को ५ मुख्य विशेषता

बजाज अटोले चाँडै नै भारतीय बजारमा पल्सर रेन्ज विस्तार गर्ने भएको छ । कम्पनीले नयाँ बाइकमा विशेष जोड दिएको छ । सो बाइक बजाज पल्सर २५० हुने सम्भावना रहेको छ । हालै भारतमा सो बाइक परीक्षणको समयमा देखा परेको थियो । सो बाइक यही वर्ष लन्च गर्ने अनुमान गरिएको छ ।

यद्यपि कम्पनीले सो बाइकको बारेमा केही जानकारी दिएको छैन । परीक्षणको समयमा देखा परेको सो बाइकको फोटो अनुसार केही विवरण सार्वजनिक भएको छ ।

नयाँ डिजाइन
बजाज पल्सर २५० परीक्षणको समयमा लिक भएको फोटो अनुसार डिजाइनमा केही परिवर्तन गरिएको देख्न सकिन्छ । सो बाइकको हेडल्याम्प, फ्युल ट्यांक र टेल सेक्सन नयाँ देखिएको छ । परीक्षण मोडलमा एक एक्जस्ट सिस्टम र स्टेप अप सिट देख्न सकिन्छ ।

नयाँ इन्जिन
पल्सर २५० को पावरट्रेन डोमिनार २५० जस्तो नभई नयाँ युनिट हुनेछ । रिपोर्ट अनुसार इन्जिनको लागत बढाउनको लागि एयर÷आयल कुल्ड हुनेछ र लिक्विड कुल्ड हुने छैन । यसको साथै बजाज बढी फ्युल इकोनोमीको रुपमा ट्युन गरिनेछ र सम्भवतः ५ स्पिड गियरबक्सको साथमा जोडिनेछ ।

नयाँ प्लेटफर्म
पल्सर २५० नयाँ प्लेटफर्ममा विकसित गरिनेछ । बाइकको फ्रेम पल्सर २२०एफमा आधारित हुने अनुमान गरिएको छ । यसको साथै परीक्षण मोडलमा फ्रन्टमा टे«डिसनल टेलिस्कोपिक फोर्क र रियरमा मोनोसक रहेको छ ।

नयाँ फिचर
पल्सर २५० मा डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर जस्तै प्रिमियम फिचरको साथमा प्रस्तुत गर्ने सम्भावना रहेको छ । बाइकमा प्रोजेक्टर हेडल्याम्प र ड्युअल च्यानल एबीएस पनि हुने अनुमान गरिएको छ ।

सस्तो मूल्य
बजाज पल्सर २५० को मूल्य सस्तो हुने अनुमान गरिएको छ । रिपोर्ट अनुसार सो बाइकको मूल्य पल्सर २२०एफ भन्दा बढी हुनेछ । भारतमा पल्सर २५० को प्रतिस्पर्धा यामाहा एफजेड २५ र सुजुकी जिक्सर २५० सँग हुनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...