बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
बजाज अटोले पल्सर १२५ स्प्लिट सिट मोडललाई ड्रम ब्रेक भेरिएन्टमा भारतमा लन्च गरेको छ । सो नयाँ भेरिएन्टको मूल्य ७३ हजार २७४ भारु तोकिएको छ । सो बाइकको डिस्क ब्रेक भेरिएन्टको मूल्य ८० हजार २१८ भारु छ । यसको अर्थ डिस्क भन्दा ड्रम ब्रेक भेरिएन्टको मूल्य ७ हजार भारु कम छ । सो बाइक ब्ल्याक रेड र ब्ल्याक सिल्भर कलर अप्सनमा उपलब्ध छ ।
बजाजले गत जुन महिनामा स्प्लिट सिट भेरिएन्ट लन्च गरेको थियो । स्ट्यान्डर्ड पल्सर १२५ को तुलनामा स्प्लिट सिट भेरिएन्टमा धेरै फिचर थप भएका छन् । यसमा स्प्लिट सिट, स्प्लिट ग्रयाब रेल र स्पोर्टी बेली प्यान सामेल छ । यसले गर्दा यो स्ट्यान्डर्ड पल्सर भन्दा फरक देखिन्छ । सो बाइक तीन कलर अप्सनमा उपलब्ध छ ।
नयाँ पल्सर स्प्लिट सिट भेरिएन्टमा स्ट्यान्डर्ड पल्सर १२५ मा भएकै इन्जिन छ । बीएस ६ कम्प्लायन्ट सो इन्जिनले ११.६ बीएचपी पावर र १०.८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पिड गियरबक्स छ ।
सो बाइकको फ्रन्टमा २४० एमएम डिस्क ब्रेक र रियरमा १३० एमएम ड्रम ब्रेक छ । यसमा १७ इन्चको ह्विल छ । फ्रन्टमा ३१ एमएमको टेलिस्कोपिक फोर्क्स र रियरमा ट्विन ग्यास चार्ज्ड सक एब्जर्बर सस्पेन्सन छ ।
नेपाली बजारमा भने यो बाइक आउन अझै केही समय लाग्न सक्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...