नयाँ इन्जिन र ग्राफिक्सका साथ बजाजको नयाँ बाइक नेपालमा, ‘पेट्रोल सुँघाए पुग्छ’

काठमाडौं – बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाजको सबैभन्दा कम मूल्यको बाइक प्लाटिनाको नयाँ भर्सन उपलब्ध गराएको छ । राजधानीको भृकुटीमण्डपमा जारी बजाज ग्रान्ड एक्सचेन्ज कार्निभलमा सार्वजनिक गरिएको सो बाइकले अहिले धेरैको ध्यान तानेको देखिन्छ ।

कम्पनीले ‘पेट्रोल सुँघाए पुग्छ’ थिमका साथ सो बाइक प्रदर्शन गरिरहेको छ । यसमा भएको ११.५ लिटरको इन्धन ट▒ङकीमा रहेको पेट्रोल प्रयोग गर्दा ८ सय किलोमिटर भन्दा बढी दुरी पार गर्न सकिने भएकाले कम्पनीले सो थिम राखेको बताइएको छ । यस अनुसार एक लिटर पेट्रोलले करिव ७० लिटर भन्दा बढी माइलेज दिन्छ । हाल पेट्रोलियम पदार्थको मूल्य धेरै भएको समयमा यो उपयुक्त बाइक हुन सक्छ ।

नेपाली बजारमा बजाज प्लाटिना १०० ईएस पहिले देखि नै उपलब्ध थियो । अहिले भने यसको इन्जिन र ग्राफिक्स लगायत अन्य केही परिवर्तन भएर आएको छ ।
यसमा पहिले कार्बुरेटर रहेकोमा अब एफआई इन्जिन रहेको छ । त्यसैगरी नयाँ आकर्षक दुई कलर ग्राफिक्समा यो बाइक उपलब्ध छ । चार्जिङ पोर्ट, ओ२ सेन्सर र चेक इन्जिन लाइट लगायतका फिचर थप भएर आएको छ ।

यसमा डीटीएसआई प्रविधिको सिंगल सलिन्डर टु भल्व इन्जिन छ । बजाजले प्याटेन्ट प्राप्त गरेको यो प्रविधिको इन्जिनका कारण माइनस ५ देखि ५० डिग्री सम्म जुनसुकै मौसममा पनि यो बाइकलाई चलाउन सकिन्छ । यी सबै अवस्थामा सो इन्जिनले उही पावर र माइलेज दिन्छ ।

बजाज प्लाटिना ईएस इन्ट्री लेवलको बाइक भएर पनि यसमा इलेक्ट्रिक स्टार्ट सिस्टम उपलब्ध छ । ग्राफिक टिन्टेड फेडप्रुफ बडी, स्लिक रियर प्यानल र क्रोम हिट शिल्ड सहितको ब्ल्याक साइलेन्सरले यसको डिजाइन र स्टाइललाई थप आकर्षक बनाएको छ ।

यो बाइकमा भएको ब्लु–टिङ्ग्ड हेडल्याम्पका कारण रातको समयमा क्लियर भिजिबिलिटी प्रदान गर्छ र यात्रा सुरक्षित हुन्छ ।

बजाजको सबैभन्दा कम मूल्यको बाइकको रुपमा परिचित छ । यसको मूल्य २ लाख १८ हजार ९ सय रुपैयाँ थियो । अब नयाँ इन्जिन र ग्राफिक्स सहितको बाइकको मूल्य भने २ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

बजाज पल्सर थप दुई मोडलमा आउन सक्ने

बजाज पल्सर थप दुई मोडलमा आउन सक्ने

बजाज अटोले पल्सर एलान र पल्सर एलेगान्जा २ नयाँ बाइकको नाम दर्ताका लागि...

बजाज–ट्रायम्फ सहकार्यमा उत्पादन भएका दुई नयाँ मोटरसाइकल सार्वजनिक

बजाज–ट्रायम्फ सहकार्यमा उत्पादन भएका दुई नयाँ मोटरसाइकल सार्वजनिक

बजाज र ट्रायम्फले सहकार्य गरी उत्पादन गरेका दुई नयाँ मोटरसाइकल सार्वजनिक...

३५० सीसी इन्जिनमा आयो डोमिनार ४००, मूल्य पनि घट्यो

३५० सीसी इन्जिनमा आयो डोमिनार ४००, मूल्य पनि घट्यो

बजाज अटोले आफ्नो लोकप्रिय टुरिङ मोटरसाइकल डोमिनार ४०० को नयाँ संस्करण...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...