गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न

काठमाडौं – रौतहटको गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ । सो बजाज माइलेज च्याम्पियनमा नेपालभरिका बजाज प्लाटिना चालकहरू आफ्नो मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न सहभागी भएका थिए ।

माइलेज च्याम्पियनमा लोकेश कुमार चौरसियाले ९९ किलोमिटर प्रतिलिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेका थिए । त्यस्तै, ९४ किलोमिटर प्रतिलिटरको प्रदर्शनका साथ मुकेश कुमार शाह दोस्रो स्थानमा रहेका थिए भने ९० किलोमिटर प्रतिलिटरको प्रदर्शन गर्दै रोशन अली यादव तेस्रो स्थानमा रहे ।

सो इभेन्टले केवल बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई मात्र नगरी बजाजप्रेमीहरूबीच समुदाय र मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना पनि प्रवद्र्धन गरेको कम्पनीको भनाइ छ ।

सो माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्य सहित प्रतिस्पर्धा गरे । सो रोमाञ्चक कार्यक्रमले बजाज प्लाटिनाको इन्धन दक्षता र विश्वासनीयतालाई उजागर गर्दै नेपालका बजाजप्रेमीहरू बीचको एकताको भावना र मित्रवत प्रतिस्पर्धालाई प्रोत्साहित पनि गरेको थियो ।

पछिल्लो समय पेट्रोलिय पदार्थको मूल्यवृद्धि भएसँगै आम ग्राहक वर्गलाई माइलेजको अवस्थाबारे जानकारी दिन उक्त च्याम्पियन आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर विजय सिंहले बताए । १०० सीसीको प्लाटिना मोटरसाइकलको माइलेज च्याम्पियन हुने उनले बताएका थिए ।

नयाँ पुस्ताले बढी पेट्रोल खर्च गर्ने मोटरसाइकल चलाउने ट्रेन्ड बसेका बेला प्लाटिना प्रयोगको फाइदाबारे पनि च्याम्पियनले जानकारी दिने विश्वास दिएका थिए। आइतबार विहान १० बजे उक्त च्याम्पियनको गरुडा चिनी मिल चौरमा उदघाटन भएको थियो ।

उक्त च्याम्पियनमा आम ग्राहक वर्गलाई सहभागिताका लागि पनि अनुरोध गरिएका थियो । च्याम्पियनमा सहभागी उत्कृष्टलाई पुरस्कृत पनि गरिने कम्पनीले जनाएको थियो ।

सम्बन्धित समाचारहरू

एक्सचेन्ज अफर: जुनसुकै ब्रान्डका मोटरसाइकलसँग बजाज मोटरसाइकल साटफेर गर्न सकिने

एक्सचेन्ज अफर: जुनसुकै ब्रान्डका मोटरसाइकलसँग बजाज मोटरसाइकल साटफेर गर्न सकिने

काठमाडौं।नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता...

लालबन्दीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने

लालबन्दीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने

लालबन्दी – सर्लाहीकाे लालबन्दीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने...

उत्कृष्ट फिचर र थप ग्राउन्ड क्लियरेन्ससहित बजाजले लन्च गर्‍यो पल्सर एन१२५

उत्कृष्ट फिचर र थप ग्राउन्ड क्लियरेन्ससहित बजाजले लन्च गर्‍यो पल्सर एन१२५

बजाज अटोले १२५ सीसी सेगमेन्टमा उत्कृष्ट फिचर र शक्तिशाली इन्जिनसहितको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...