बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
एबीएस अर्थात एन्टी–लक ब्रेकिङ सिस्टम १२५ सीसी भन्दा सानो बाइकमा अनिवार्य छैन । यसमा सीबीएस अर्थात कम्बाइन्ड ब्रेकिङ सिस्टमको प्रयोग गरिएको हुन्छ । तर बजाजले ग्राहकको सुरक्षाका लागि ११० सीसीको प्लाटिनामा एबीएस राखेको छ र भारतीय बजारमा यसको आधिकारिक लन्च समेत गरेको छ ।
बजाजले यो सेगमेन्टमा प्लाटिना ११० एबीएस अब सबैभन्दा सुरक्षित बाइक भएको दावी समेत गरेको छ । एबीएसले इमर्जेन्सीको अवस्थामा बाइक रोक्दा अघिल्लो पांग्रालाई लक हुनबाट रोक्छ र बाइक पल्टिने डर हुँदैन । बजाज प्लाटिनामा राखिएको सिंगल च्यानल एबीएस सिस्टमले २४० एमएमको फ्रन्ट डिस्कका लागि कार्य गर्छ, जसमा ट्युबलेस टायर प्रयोग गरिएको छ ।
नयाँ बाइक प्लाटिना ११० एबीएसमा प्लाटिनाको उही ११५ सीसी, फ्युल इन्जेक्टेड एयरकुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले ८.६ पीएसको पिक पावर र ९.८१ एनएमको पिक टर्क जेनेरेट गर्छ । यसमा ५–स्पिड ‘अल–डाउन’ गियरबक्सको प्रयोग गरिएको छ ।
बाइकमा क्विल्टेड सिट, लामो सस्पेन्सन ट्राभल, इन्टिग्रेटेड डीआरएल सहितको एलईडी हेडल्याम्प र एबीएस इन्डिकेटर सहितको एनालग स्पिडोमिटर छ ।
बजाजले बाइकमा तीन सेड सहित अघिल्लो भागमा सामान्य कस्मेटिक अपडेट समेत गरेको छ । त्यसैगरी यसमा ह्यान्ड गार्ड र नयाँ मिरर छ, जसले अझै राम्रो भिजिबिलिटी प्रदान गर्छ । त्यसैगरी यसमा सेतो कलरको अलोय ह्विल छ ।
भारतमा यो बाइकको मूल्य करिव ६६ हजार भारु तोकिएको छ । बजाजको सबैभन्दा सस्तो बाइक प्लाटिना ११०–एचगियर भन्दा यो १ हजार ७ सय रुपैयाँ महंगो छ ।
नेपाली बजारमा बजाजको सबैभन्दा सस्तो बाइक बजाज प्लाटिना ११० ईएस हो । यसको मूल्य १ लाख ८१ हजार ९ सय रुपैयाँ छ ।
बजाजको यो बाइक भने नेपाली बजारमा तुरुन्तै उपलब्ध नहुन सक्छ । बजाजका बाइक नेपालमै एसेम्बल हुने गरेका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...