दुई दिन भित्र बुकिङ गर्दा ५ लाख ५० हजारमा आउने बजाजको हाई सीसी सिरिज बाइक

काठमाडौं – नेपाली बजारमा बजाज एनएस सिरिजका बाइक पहिले देखि नै उपलब्ध भइरहेकोमा हालै नाडा अटो शो २०२४ मा पहिलो पटक हाई सीसी सिरिजको बजाज एनएस ४०० जेड मोटरसाइकल लन्च भएको छ ।

४० एचपी पावर र ३५ एनएम टर्क भएको बजाज एनएस ४०० जेड निकै नै पहुँचयोग्य मूल्यमा उपलब्ध भएको कम्पनीको दावी छ । ग्रे, ब्ल्याक, ह्वाइट र रेड गरी चार कलर भेरिएन्टमा उपलब्ध यो बाइकको मूल्य ५ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ । बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले धेरै क्षमता र फिचर सहितको यो मोटरसाइकल उपलब्ध गराएको र त्यस अनुसार यो मूल्य निकै नै उपयुक्त भएको दावी गरेको छ ।

बजारमा १५० सीसी हाराहारी बाइकको मूल्य धेरै भएको सन्दर्भमा ४०० सीसीको बाइक यो मूल्यमा उपलब्ध हुनु आफैमा सकारात्मक भएको बताइएको छ । बजाजले हाल नाडा अटो शोको सन्दर्भमा यो मूल्य कायम गरेको र पछि यसको मूल्य बढ्ने समेत बताएको छ ।

राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो भोलि आइतबार समापन हुँदैछ । यसकारण भोलि सम्म बुकिङ गर्ने ग्राहकले यो मूल्यमा बाइक प्राप्त गर्न सक्ने छन् ।

कम मूल्यमा बढी क्षमताको मोटरसाइकल भएकाले यसको फिचरमा कमी गरिएको अनुमान धेरैले गर्न सक्छन् । तर यो फिचर लोडेड बाइक हो । यसमा फुल्ली एलईडी लाइट, ठूलो एलसीडी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, युएसबी चार्जिङ पोर्ट, ट्रयाक्सन कन्ट्रोल, ड्युअल च्यानल एबीएस, राइड बाई वायर टेक्नोलोजी, एड्जस्टेबल क्लच एन्ड ब्रेक लिभर, मल्टिपल राइड मोड र एबीएस मोड जस्ता फिचर उपलब्ध भएको यो मोटरसाइकल धेरैले रुचाउने अनुमान गरिएको छ ।

लुक्सका आधारमा यो एनएस २०० भन्दा ठूलो जस्तो देखिन्छ । मस्कुलर र एरोडाइनामिक प्रोफाइलको साथ डिजाइन गरिएको पल्सर एनएस ४०० जेडमा उत्कृष्ट डिजाइनको फ्युल ट्यांक, आरामदायी स्प्लिट सिट र स्टाइलिस १७ इन्च एलोय ह्विल दिइएको छ । १२ लिटर क्षमताको फ्युल ट्यांक र ८०७ एमएम सिटको उचाइ रहेकोले पल्सर एनएस ४०० जेड सिटी राइड र लामो दूरीको यात्रा दुवैका लागि उपयुक्त छ ।

सम्बन्धित समाचारहरू

२ हजार रुपैयाँ सम्मले महंगो भयो बजाज मोटरसाइकल, यस्तो छ नयाँ मूल्य

२ हजार रुपैयाँ सम्मले महंगो भयो बजाज मोटरसाइकल, यस्तो छ नयाँ मूल्य

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड...

मौद्रिक नीतिले ईभी प्रयोगमा कमी ल्याउने बताउँदै पुरानै व्यवस्था कायम गर्न नाडाको माग

मौद्रिक नीतिले ईभी प्रयोगमा कमी ल्याउने बताउँदै पुरानै व्यवस्था कायम गर्न नाडाको माग

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मौद्रिक नीतिका कारण...

बजाज पल्सर थप दुई मोडलमा आउन सक्ने

बजाज पल्सर थप दुई मोडलमा आउन सक्ने

बजाज अटोले पल्सर एलान र पल्सर एलेगान्जा २ नयाँ बाइकको नाम दर्ताका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...