बजाज ग्रान्ड कार्निभलबाट सबैभन्दा ठूलो पल्सरको डेलिभरी प्रारम्भ

काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एनएस ४०० जेडको डेलिभरी भृकुटीमण्डप, काठमाडौंबाट शुरु गरेको छ ।

बजाजले राजधानीको भृकुटीमण्डपमा गरेको ग्रान्ड कार्निभल– द बिगेस्ट एक्सचेन्ज क्याम्पमार्फत पल्सर एनएस ४०० जेडको डेलिभरी गरेको हो ।

केही दिन पहिले सम्पन्न नाडा अटो शो २०२४ बाट एनएस ४०० जेड बुकिङ गर्ने ग्राहकहरूलाई ४० वटा मोटरसाइकल डेलिभरी गर्दै यसको शुरुवात गरिएको छ। कम्पनीका अनुसार अहिलेसम्मकै ठूलो पल्सर, एनएस४०० जेडले शक्ति, प्रविधि र डिजाइनको समिश्रणबाट स्पोर्ट्स मोटरसाइकल सेगमेन्टलाई नयाँ उचाइमा पुर्याउने छ, जसलेनेपाली बाइक प्रेमीहरुलाई रोमाञ्चक यात्राको अनुभूति प्रदान गर्नेछ ।

बजाज पल्सर एनएस ४०० जेडलाई ३७३ सिसिको सिगंल–सिलिन्डर, लिक्विड–कुल्ड इन्जिनले शक्ति दिन्छ, जसले ३९.४ बीएचपी पावर र ३५ एनएम टर्क जेनेरेट गर्दछ। यो ६–स्पिड गियरबक्ससँग जोडिएको छ, जसमा स्लिप र असिस्ट क्लच सुविधा रहेको छ जसले सहज गियर सिफ्ट र थप कन्ट्रोल प्रदान गर्दछ। यस मोटरसाइकलमा सटिक थ्रोटल रेस्पोन्स र इन्धन दक्षताका लागि राइड–बाई–वायर प्रविधि पनि समावेश गरिएको छ।

ग्रान्ड कार्निभल– द बिगेस्ट एक्सचेन्ज क्याम्प, भृकुटीमण्डपमा आयोजित पल्सर एनएस ४०० जेडको डेलिभरी समारोहका क्रममा, गोल्छा ग्रुपका डाइरेक्टर अभिमन्यु गोल्छाले आफ्नो उत्साह व्यक्त गर्दै भने, “हामी नेपाली बजारमा अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एनएस ४०० जेड डेलिभरी गर्न पाउँदा अत्यन्तै खुशी छौँ। नेपालको विभिन्न क्षेत्रबाट प्राप्त अपार बुकिङका कारण हामी दशैं र तिहारको बीचमा माग पूरा गर्नेछौं।”

पल्सर एनएस ४०० जेड अहिलेसम्मकै सबैभन्दा एडभान्सड पल्सर हो। यसमा रोड, रेन, स्पोर्ट, र अफरोड गरी चारवटा राइडिङ मोडहरु छन,् साथै स्विच गर्न मिल्ने ट्रयाक्सन कन्ट्रोल र डुअल– च्यानल एबिएस रहेको छ, जसले सबै प्रकारका सडकमा उच्च सुरक्षा प्रदान गर्दछ। यस मोटरसाइकलमा फुल कलर एलसीडी स्क्रिन रहेको छ, जसमा ब्लुटुथ कनेक्सनको सुविधा उपलब्ध छ, जसले टर्न–बाई–टर्न नेभिगेसन, म्युजिक कन्ट्रोल र अन्य राइड सम्बन्धित आवश्यक जानकारी प्रदान गर्ने कम्पनीको भनाइ छ ।

मस्कुलर र एरोडाइनामिक डिजाइनको साथमा, एनएस४०० जेडमा चिजल्ड फ्युल ट्याङ्क, शार्प ट्याङ्क एक्सटेन्सनस, आरामदायी स्प्लिट सिट सेटअप र स्टाइलिस १७–इन्च अलोय ह्विल्स रहेका छन।् यस मोटरसाइकलको इन्धन ट्याङ्क क्षमता १२ लिटर छ र सिटको उचाइ ८०७ एमएम रहेको छ, जसले नजिक तथा लामो दुरीको यात्रामा पनि सहजता र स्थिरता प्रदान गर्दछ।

अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एनएस ४०० जेडको मूल्य नेपालमा ५ लाख ५९ हजार ९ सय रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचारहरू

नवविवाहित जोडीलाई लक्षित बजाजको नयाँ अफर’ अफर, ७ हजारसम्म नगद छुट

नवविवाहित जोडीलाई लक्षित बजाजको नयाँ अफर’ अफर, ७ हजारसम्म नगद छुट

काठमाडौं–बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर...

शक्तिशाली इन्जिन र स्मार्ट फिचरसहित पल्सर नेक्स्ट जेन १५० सार्वजनिक

शक्तिशाली इन्जिन र स्मार्ट फिचरसहित पल्सर नेक्स्ट जेन १५० सार्वजनिक

काठमाडौँ–बजाज मोटरसाइकलको नेपालाका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द...

केटीएममाथि बजाजको अब पूर्ण नियन्त्रण, ८० करोड युरोमा शतप्रतिशत सेयर खरिद

केटीएममाथि बजाजको अब पूर्ण नियन्त्रण, ८० करोड युरोमा शतप्रतिशत सेयर खरिद

बजाज अटोले केटीएममा पूर्ण नियन्त्रण कायम गरेको छ । कम्पनीले अस्ट्रियाली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...