बजाजले चेतक इलेक्ट्रिक स्कुटरको नयाँ संस्करण लन्च गर्दै

najaj chetak

बजाज अटोले डिसेम्बर २० मा आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटर चेतकको अपडेटेड मोडल लन्च गर्ने भएको छ । चेतक इलेक्ट्रिक स्कुटरमा नयाँ बडी फ्रेम प्रयोग गरिने छ, जसमा स्कुटरको फ्लोरबोर्ड मुनि ब्याट्री प्याक फिक्स गरिनेछ।

नयाँ संस्करणमा स्कुटरको अन्डर सिट स्टोरेज २२ लिटरसम्म बढाउन सकिन्छ । साथै यसको डिजाइनमा पनि केही परिवर्तन देख्न सकिन्छ । यसमा नयाँ ब्याट्री प्याकका साथै थप रेन्ज पनि पाउने अपेक्षा गरिएको छ। यसमा बडी कलरको रियर भ्यू मिरर, साटिन ब्ल्याक ग्र्याब रेल, मिल्दो पिलियन फुटरेस्ट र चारकोल ब्ल्याक फिनिशदेखि हेडल्याम्प केसिङ हुनेछ ।

सो इलेक्ट्रिक स्कुटरमा डिस्क ब्रेक, अलोय ह्विल, एलईडी लाइटिङ, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन र आईपी६७ रेटेड वाटरप्रुफ ब्याट्री उपलब्ध हुनेछ। ब्रेकिङका लागि हाल यसमा दुवैतिर ड्रम ब्रेक छ तर नयाँ मोडलमा डिस्क ब्रेक सेटअप पनि हुनेछ ।

स्कुटरमा टर्न–बाई–टर्न नेभिगेसन, म्युजिक कन्ट्रोल, कल अलर्ट र कलरफुल टीएफटी डिस्प्ले, फलो मी होम लाइट र ब्लुटुथ एप दिइनेछ । साथै स्कुटरले हिल-होल्ड कन्ट्रोल र एक्स्ट्रा स्पोर्ट राइड मोड पनि हुनेछ । भारतमा चेतकले एथर रिज्टा जेड, ओला एस१ प्रो र टीभीएस आईक्युब जस्ता इलेक्ट्रिक स्कुटरसँग प्रतिस्पर्धा गर्नेछ ।

मिडिया रिपोर्टका अनुसार नयाँ बजाज चेतकको मूल्य पनि हालको मोडलको मूल्य बराबर हुनेछ । हाल बजाज चेतक ३ भेरिएन्टमा उपलब्ध छ जसको मूल्य ९६ हजार भारुदेखि १ लाख २९ हजार भारुसम्म रहेको छ । नयाँ मोडलको मूल्य १ लाख भारुमा लन्च हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

नवविवाहित जोडीलाई लक्षित बजाजको नयाँ अफर’ अफर, ७ हजारसम्म नगद छुट

नवविवाहित जोडीलाई लक्षित बजाजको नयाँ अफर’ अफर, ७ हजारसम्म नगद छुट

काठमाडौं–बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर...

जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न

जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न

काठमाडाैं – जनकपुरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ । आफ्नो...

बजाज र ट्रायम्फ साझेदारीले भारतलाई बनायो विश्व निर्यात केन्द्र

बजाज र ट्रायम्फ साझेदारीले भारतलाई बनायो विश्व निर्यात केन्द्र

भारतीय अटो उद्योगमा बजाज अटो र ट्रायम्फबीचको साझेदारी दिनप्रतिदिन मजबुत...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...