काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले फिदिममा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ‘समृद्धि एन्ड ब्रदर्स प्रालि’ को उद्घाटन गरेको छ ।
नेपालमा सबैभन्दा अधिक बिक्री हुने र विश्वासिलो अटोमोबाइल ब्रान्ड दावी गर्ने बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले फिदिममा पनि शोरुम संचालनमा ल्याएको बताएको छ । सो उद्देश्यलाई सार्थक बनाउन समृद्धि एन्ड ब्रदर्स प्रालि फिदिमका प्रोपराइटर संजिव जोशीलाई डिलरसीप प्रदान गरिएको कम्पनीले बताएको छ ।
बजाज ग्राहकहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको बताएको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्ट्स तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको बताएको छ ।