बजाजका मोटरसाइकल किन्न नागरिकता भए पुग्ने

काठमाडौं – बजाजका मोटरसाइकल नागरिकताको आधारमा मात्रै सरल फाइनान्स मार्फत खरिद गर्न सकिने भएको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले बजाजका मोटरसाइकल नागरिकताको आधारमा मात्रै सरल फाइनान्स मार्फत खरिद गर्न सकिने स्किम ल्याएपछि खरिदकर्ताले यस्तो सुविधा पाउने भएका हुन् ।

मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो फाइनान्स प्रक्रियालाई अझ सरल होस ् भनी आफ्ना ग्राहकहरुको लागि यो स्किम ल्याएको कम्पनीले जनाएको छ ।

यसअघि मोटरसाइकल खरिद गर्दा घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आयस्रोतको सर्टिफिकेट लगायतका विभिन्न कागजात आवश्यकता पर्दथ्यो । यी झन्झटहरुलाइ हटाएर अब भने बजाजका ग्राहकहरुले यी कागजातको सट्टामा नागरिकता मात्रै लगेर सहजै बजाजका मोटरसाइकल फाइनान्स मार्फत किन्न सकिने कम्पनीले जनाएको छ ।

किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टा भित्रै लोन पास गरेर ९.९९ प्रतिशत सुलभ ब्याजदरमै सरल फाइनान्स मार्फत यो सुविधा पाउन सक्ने बताइएको छ ।

यो स्किम बजाजका देशभरका आधिकारिक शोरुमहरुमा उपलब्ध सबै मोडलहरुमा लागू हुने कम्पनीले जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरू

बजाज पल्सर एनएस ४०० जेड अब ३५० सीसी इन्जिनमा पनी

बजाज पल्सर एनएस ४०० जेड अब ३५० सीसी इन्जिनमा पनी

बजाज अटोको लोकप्रिय मोटरसाइकल बजाज पल्सर एनएस ४०० जेड अब ३५० सीसी इन्जिन...

शुरुवात भयो फेस्टिभल सिजन, यी ४ कम्पनीले सार्वजनिक गरे यस्तो अफर

शुरुवात भयो फेस्टिभल सिजन, यी ४ कम्पनीले सार्वजनिक गरे यस्तो अफर

दशै आउनु डेढ महिना अगाबै अटोमोबाइल बजारमा फेस्टिभल सिजन सुरुवात भएको छ ।...

मूल्य वृद्धिमा यामाहाले उछिन्यो होन्डा, टीभीएस र बजाजलाई, स्कुटरमा सबैभन्दा बढी वृद्धि

मूल्य वृद्धिमा यामाहाले उछिन्यो होन्डा, टीभीएस र बजाजलाई, स्कुटरमा सबैभन्दा बढी वृद्धि

टु ह्विलर सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेका बजाज, टीभीएस, यामाहा र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...