बजाजले ल्यायो विश्वकै पहिलो सीएनजी बाइक, सर्बाधिक माइलेज दिने दावी

बजाजले विश्वकै पहिलो सीएनजी बाइक लन्च गरेको छ । सो बाइकको नाम फ्रिडम १२५ राखिएको छ । यसमा १२५ सीसी इन्जिन छ । यसमा सीएनजीबाट पेट्रोल र पेट्रोलबाट सीएनजीमा सिफ्ट हुनका लागि स्विच दिइएको छ । अब यो भारतकै सबैभन्दा बढी माइलेज दिने बाइक हुने कम्पनीको दावी छ ।

बाइकको डिजाइन साधारण कम्युटर बाइक जस्तै छ । यसमा एलईडी हेडलाइट तथा टर्न इन्डिकेटर दिइएको छ । यसमा लामो सिंगल पिस सिट र यसको तल सीएनजी ट्यांक छ । यसमा १७ इन्चको अलोय ह्विल र ट्युबलेस टायर छ । फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक छ ।

बजाज सीएनजी १२५ मा पेट्रोल ट्यांकको साथै सीएनजी बाइक पनि दिइएको छ । यसमा मजबुत ट्यांक, राउन्ड हेडलाइट, ह्यान्डलबार, नकल गार्ड आदि छ ।

सो बाइकलाई एड्भेन्चर स्टाइल दिइएको छ । यसमा ठुलो साइड प्यान, स्टाइलिस बेली प्यान, फाइभ स्पोक अलोय ह्विल, पिलियनका लागि मजबुत ग्र्याब रेल, रिब्ड सिट, टेलिस्कोपिक फ्रन्ट फोर्क्स, रियर मोनोशक सेटअप र टायर हगर आदि छ ।

यसमा २ किलोको सीएनजी ट्यांक र २ लिटरको पेट्रोल ट्यांक छ । सो बाइकले ३३० किलोमिटरको रेन्ज दिने कम्पनीको दावी छ । सीएनजी मात्र प्रयोग गर्दा १०२ किलोमिटर प्रतिकेजी र पेट्रोल प्रयोग गर्दा ६५ किलोमिटर प्रतिलिटर माइलेज दिने बजाजको दावी छ ।

बजाज फ्रिडम १२५ बाइक तीन भेरिएन्टमा उपलब्ध हुनेछ । यसको मूल्य क्रमशः ९५ हजार, १ लाख ५ हजार र १ लाख १० हजार भारु तोकिएको छ ।

बजाजको सीएनजी बाइकको नाम के हुने भनेर पहिले विभिन्न चर्चा भएका थिए । अन्य नाम पनि अनुमान गरिएको थियो । तर अब भने यसको नाम फ्रिडम १२५ पक्का भएको छ ।

सम्बन्धित समाचारहरू

डुअल–च्यानल एबिएससहित अपडेट भएर आयो पल्सर २२० एफ, मूल्य कति ?

डुअल–च्यानल एबिएससहित अपडेट भएर आयो पल्सर २२० एफ, मूल्य कति ?

बजाज अटोले पल्सर २२० एफको २०२५ संस्करण लन्च गरेको छ । अपडेट गरिएको...

नेपालगञ्जमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै पल्सर एन१२५

नेपालगञ्जमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै पल्सर एन१२५

काठमाडौं–बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द...

बजाजको ‘नयाँ वर्ष अफर’ सकिन अब तीन दिनमात्र बाँकी

बजाजको ‘नयाँ वर्ष अफर’ सकिन अब तीन दिनमात्र बाँकी

काठमाडौँ । नेपालमा बजाज मोटरसाइकलको लागि आधिकारिक वितरक हंसराज हुलासचन्द...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...