यस्ता छन् हालै लन्च भएको बजाज पल्सर एन १२५ मा भएका आकर्षक फिचर

बजाजले आफ्नो नयाँ १२५ सीसी बाइक पल्सर एन १२५ बजारमा ल्याएको छ । कम्पनीले सो बाइक ९४ हजार ७०७ भारु मूल्यमा लन्च  गरेको हो । भारतीय बजारमा यसले टीभीएस रेडर र हिरो एक्सट्रिम १२५आर सँग प्रतिस्पर्धा गर्छ ।

बजाज पल्सर एन १२५ नयाँ बाइक हो र यसलाई एन सिरिजका अन्य बाइकहरु जस्तै डिजाइन गरिएको छैन । यस बाइकको स्टाइल र लुक पल्सर एन सिरिजका अन्य बाइकभन्दा बिल्कुलै फरक र नयाँ छ । बाइकको डिजाइन निकै शार्प र ठुलो बनाइएको छ, जसका कारण सो बाइक निकै आकर्षक देखिन्छ ।

कम्पनीले बाइकमा एलईडी हेडलाइट, एलईडी टेललाइट र फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध गराएको छ । बाइकमा शार्प फ्युल ट्याङ्की कभर र रियर एन्ड पनि छ । बाइकको फ्युल ट्याङ्कीको दुबै छेउमा पल्सर ब्याजिङ र पछाडिको छेउमा १२५ सीसीको लोगो रहेको छ ।

बाइक ३ रङमा उपलब्ध छ ।  बाइकमा १२५ सीसी सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले करिब १२ बीएचपी पावर र टर्क जेनेरेट गर्छ । यस बाइकको इन्जिन ५ स्पिड गियरबक्ससँग जोडिएको छ ।

बजाज पल्सर एन १२५ मा पूर्ण रूपमा नयाँ डिस्प्ले दिइएको छ । यसको स्क्रिनमा स्पिड र आरपीएमसँगै गियर पोजिसन इन्डिकेटर, फ्युल लेभल, टाइम जस्ता जानकारी उपलब्ध हुनेछ । सो इन्स्ट्रयुमेन्ट क्लस्टर ब्लुटुथ कनेक्टिभिटीसँग सुसज्जित छ।

बाइकको अगाडि कभरसहित टेलिस्कोपिक फोर्क सस्पेन्सन र पछाडि मोनोसक सस्पेन्सन सेटअप छ । बाइकको अगाडि ९० एमएम चौडा र पछाडि ११० एमएम चौडा टायर जडान गरिएको छ । पल्सर एन१२५ को माइलेज लगभग ६० किलोमिटर प्रति लिटर छ।

नेपाली बजारमा पनि सो अपडेट भर्सनको बाइक केही समय पछि आउने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

नेपालमा बजाज मोटरसाइकल : यी हुन् नेपाली बजारमा रुचाइएका ५ मोडल (फिचर र मूल्यसहित)

नेपालमा बजाज मोटरसाइकल : यी हुन् नेपाली बजारमा रुचाइएका ५ मोडल (फिचर र मूल्यसहित)

नेपाली बजारमा बजाजको पल्सर मोटरसाइकल निकै नै रुचाइएको मोटरसाइकलमा पर्छ ।...

नेपाल नआईकनै बन्द भए बजाजका यी ३ मोटरसाइकल

नेपाल नआईकनै बन्द भए बजाजका यी ३ मोटरसाइकल

काठमाडौं– बजाजले आफ्नो ३ वटा मोडलका मोटरसाइकललाई सधैंका लागि बन्द गर्ने...

एनएस–२०० को चेसिसमा डोमिनार–४०० को इन्जिन लागेर आउँदै पल्सर एनएस–४००

एनएस–२०० को चेसिसमा डोमिनार–४०० को इन्जिन लागेर आउँदै पल्सर एनएस–४००

बजाजको सर्बाधिक लोकप्रिय मोडल पल्सर ठूलो इन्जिनमा आउने भएको छ । पल्सर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...