सफारीमय बन्यो बजाजको अफर : नयाँ मोटरसाइकल किन्दा आकर्षक सफारी अफर पाइने

काठमाडौं – बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलास चन्द एन्ड कम्पनीले ‘क्यास सफारी’ नामक नयाँ अफर ल्याएको छ । नेपालीहरुको महान चाडपर्वलाई लक्ष्यित गरी कम्पनीले ‘हात हातमा हात्ती, लकमा लखपति’ नामक अफर ल्याएको हो ।

सो अफर अन्तर्गत बजाजका मोटरसाइकल किन्ने ग्राहकले स्योरसट १०० वटासम्म हात्ती जित्न सक्ने छन् । एक हात्ती बराबर एक हजार रुपैयाँ हुने कम्पनीले जनाएको छ ।

त्यसैगरी हरेक साता एक जोडीलाई चितवनमा जंगल सफारी उपलब्ध गराइने छ भने बम्पर उपहारमा १ जोडीलाई केन्यामा जंगल सफारी उपलब्ध गराइने छ ।

सो अफर अन्तर्गत बजाजका मोटरसाइकल खरिद गर्ने उपभोक्ताले सहज फाइनान्स सुविधा पाउने छन् भने पाँच वर्षसम्मको वारेन्टी सुविधा पाउने छन् ।

नेपाली बजारमा बजाजका पल्सर सिरिजमा १२५ देखि २५० सीसीसम्म, एनएस सिरिजमा १२५ देखि ४०० सीसी सम्मका मोटरसाइकल उपलब्ध छन् भने डोमिनार सिरिज र एभेन्जर सिरिजका मोटरसाइकल समेत उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

बजाजले ३५० सीसी सेगमेन्टमा नयाँ बाइक ल्याउने, रोयल इन्फिल्डसँग प्रतिस्पर्धा हुने

बजाजले ३५० सीसी सेगमेन्टमा नयाँ बाइक ल्याउने, रोयल इन्फिल्डसँग प्रतिस्पर्धा हुने

बजाजले ३५० सीसी सेगमेन्टमा रोयल इन्फिल्डसँग प्रतिस्पर्धा गर्न बेलायतको...

अघिल्लो वर्ष ३ पटक मूल्य बढेको बजाज डोमिनार ४०० फेरी भयो १० हजार रुपैयाँले महंगो

अघिल्लो वर्ष ३ पटक मूल्य बढेको बजाज डोमिनार ४०० फेरी भयो १० हजार रुपैयाँले महंगो

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड...

लन्च हुनु अघि लिक भयो बजाज पल्सर एनएस४००

लन्च हुनु अघि लिक भयो बजाज पल्सर एनएस४००

बजाजले केही दिनदेखि आफ्नो आगामी फ्ल्यागशिप पल्सर मोटरसाइकल एनएस४०० को...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...