बजाजको ‘झ्याम्मै एक्सचेन्ज मेला’ अव पोखरामा पनि, नागरिकताकै आधारमा बाइक किन्न पाइने

पोखरा–पोखरामा ‘बजाजको झ्याम्मै एक्सचेन्ज मेला’ शुरु भएको छ । साउन ३ गतेदेखि ८ गतेसम्म पोखराको अमरसिंह स्कुलको खेलमैदानमा आयोजना भईरहेको यस मेलामा ग्राहकले बजाज बाइक नागरिकताको आधारमै ५ वर्ष सम्मको फाइनान्स सुबिधा लिएर खरिद गर्न सक्नेछन् ।

शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप ७ हजार रुपैया अतिरिक्त भ्यालुएसन र आर्कषक नगद छुट सहितको यो योजना ल्याएको कम्पनीले जनाएको छ ।

मेलामा कुनैपनि कम्पनीको पुरानो बाईक वा स्कुटरको अधिकतम भ्यालुएसन हुनेछ । कम्पनीले यस खालको एक्सचेन्ज मेलामा ग्राहकहरूको पुरानो बाइकको उचित र उच्चतम मूल्यांकन गर्न विशेष भ्यालुएटरहरू समेत आउँने बताएको छ । यी अनुभवी भ्यालुएटरहरूले ग्राहकहरूको बाइकको न्यायोचित मूल्यांकन गरी कम्पनीको तर्फबाट थप ७ हजार रुपैयाँ सम्मको बोनस भ्यालुएसन ग्राहकहरुले पाउँनेछन ।

कम्पनीका अनुसार, यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया, जस्तैः घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आय स्रोतको सर्टिफिकेट लगायतका कागजातको आवश्यकतालाई यो योजनाले पूर्ण रूपमा हटाएको छ । किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै लोन पास गरेर सरल फाइनान्स मार्फत यो सुविधा पाउनेछन् ।

पोखरामा भईरहेको बजाज झ्याम्मै एक्सचेन्ज मेला हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिको नेपालकै बृहत मोटरसाइकल एक्सचेन्ज योजना हो । यस योजनामा कम्पनीका प्रतिनिधिकै उपस्थितिमा ग्राहकहरूले आफ्ना जुनसुकै कम्पनीका पुराना स्कुटर तथा बाइकहरूको अनुभवी र दक्ष भ्यालुएटर बाट उच्चतम भ्यालुएसन प्राप्त गरी बजाजका नयाँ मोडलहरू सजिलै किन्न सक्ने बजाज पोखराका सञ्चालक आघोषमान बुध्दाचार्यले जानकारी दिए । साथै मेलामा चेतक ब्रान्डको इलेक्ट्रिक स्कुटर समेत खरिद गर्न पाइनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...