हेटौडामा चल्दै बजाज ग्रान्ड एक्सचेन्ज मेला, नागरिकताकै भरमा बाइक पाइने

हेटौडा - हेटौडामा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ भइरहेको छ । फागुन १० गतेदेखि शुरु भएकाे बाइपास रोड कफिबार सँगैको जग्गामा आयोजना भइरहेको मेलामा ग्राहकहरूले नागरिकताको आधारमा मात्र बजाजको बाइक फाइनान्स गर्न सक्नेछन् । मेला आगामी फागुन १५ सम्म चल्ने छ ।

शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप ८ हजार रुपैया अतिरिक्त भ्यालुएसन र आर्कषक छुट सहितको यो योजना ल्याएको कम्पनीले जनाएको छ ।

यो मेलामा कुनैपनि कम्पनीको पुरानो बाइक वा स्कुटरको अधिकतम भ्यालुएसन हुनेछ । कम्पनीले यस खालको एक्सचेन्ज मेलामा ग्राहकहरूको पुरानो बाइकको उचित र उच्चतम मूल्यांकन गर्न विशेष भ्यालुएटरहरू समेत आउँने छन् । यी अनुभवी भ्यालुएटरहरूले ग्राहकहरूको बाइकको न्यायोचित मूल्यांकन गरी कम्पनीको तर्फबाट थप ८ हजार रुपैयाँ सम्मको बोनस भ्यालुएसन ग्राहकहरुले पाउँनेछन ।

यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया, जस्तैः घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आय स्रोतको सर्टिफिकेट लगायतका कागजातको आवश्यकतालाई यो योजनाले पूर्ण रूपमा हटाएको छ । किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै लोन पास गरेर सरल फाइनान्स मार्फत यो सुविधा पाउनेछन् ।

हेटौडामा भइरहेको बजाज ग्रान्ड एक्सचेन्ज मेला हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिको नेपालकै बृहत मोटरसाइकल एक्सचेन्ज योजना हो । यस योजनामा कम्पनीका प्रतिनिधिकै उपस्थितिमा ग्राहकहरूले आफ्ना जुनसुकै कम्पनीका पुराना स्कुटर तथा बाइकहरूको अनुभवी र दक्ष भ्यालुएटरबाट उच्चतम भ्यालुएसन प्राप्त गरी बजाजका नयाँ मोडलहरू सजिलै किन्न सक्ने बजाज हेटौडाका सञ्चालक राजुरत्न बज्राचार्यले जानकारी दिए ।

सम्बन्धित समाचारहरू

एउटै मोटरसाइकलको मूल्यमा एकै पटक ४५ हजार मूल्य कमी

एउटै मोटरसाइकलको मूल्यमा एकै पटक ४५ हजार मूल्य कमी

काठमाडौं – बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द...

औपचारिक लन्च पहिले बजाजको नयाँ बाइक एन१२५ को झलक सार्वजनिक

औपचारिक लन्च पहिले बजाजको नयाँ बाइक एन१२५ को झलक सार्वजनिक

बजाज अटोले चाँडै नै आफ्नो नयाँ बाइक पल्सर एन१२५ लन्च गर्न लागेको छ ।...

पल्सर १५० किन्दा रोशनले जिते १० लाख पुरस्कार

पल्सर १५० किन्दा रोशनले जिते १० लाख पुरस्कार

काठमाडौ – माछित्जीत्कैया–६, लग्मा निवासी रोशन साफिले ओम अटोमोबाइल,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...