एक लाखसम्म नगद छुटसहित ‘बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल’ सुरु, नयाँ खोज्नेलाई झ्याम्मै !

काठमाडौं - नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ग्राहकमैत्री विशेष योजना सहित ‘नयाँ खोज्नेलाई झ्याम्मै, बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल’ औपचारिक रूपमा सुरु गरेको छ ।

यो ग्रान्ड एक्सचेन्ज कार्निभल काठमाडौंको भृकुटीमण्डपमा यही २०८३ वैशाख २८ गतेदेखि सुरु भएकाे छ र जेठ ३ गतेसम्म (२०२६ मे ११ देखि मे १७ सम्म) सञ्चालन हुनेछ ।

कार्यक्रममा सहभागी ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ बजाज मोटरसाइकल खरिद गर्दा रु. १ लाखसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् । पुरानो सवारीसाधनको मूल्याङ्कन २२ जना अनुभवी मूल्याङ्कनकर्ताहरू मार्फत पारदर्शी र व्यावसायिक रूपमा गरिनेछ।

थप सुविधाकाे रुपमा सहज वित्तीय सुविधा (अन साइट फाइनान्स), निःशुल्क एसेसरिज, निःशुल्क सेवा शुल्क र अन्य आकर्षक उपहार तथा छुटहरू उपलब्ध हुनेछन् ।

कम्पनीले यो कार्निभललाई ग्राहकहरूका लागि पुरानो सवारीसाधनको उचित मूल्य प्राप्त गर्दै नयाँ बजाज मोटरसाइकलमा अपग्रेड गर्ने उत्कृष्ट अवसरको रूपमा डिजाइन गरेको छ । बजाज नेपालले ग्राहकको आवश्यकता र रुचिलाई केन्द्रमा राखेर निरन्तर यस्ता आकर्षक योजनाहरू ल्याउँदै आएको बताएकाे छ ।

सम्बन्धित समाचारहरू

पल्सर सिरिजको सबैभन्दा सानो मोटरसाइकल ‘पल्सर एनएस १२५’ नेपालभर उपलब्ध

पल्सर सिरिजको सबैभन्दा सानो मोटरसाइकल ‘पल्सर एनएस १२५’ नेपालभर उपलब्ध

काठमाडौँ – नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द...

रेयर अर्थ खनिजको संकट चर्किदै, दुई पांग्रे ईभी उत्पादनमा समस्याको संकेत

रेयर अर्थ खनिजको संकट चर्किदै, दुई पांग्रे ईभी उत्पादनमा समस्याको संकेत

रेयर अर्थ समेत भनिने दुर्लभ खनिजको संकट चर्किदै गएपछि भारतका तीन ठूला...

भारतबाट निर्यात हुने टु–ह्विलरमा बजाज र टीभीएसको हिस्सा ७२ प्रतिशत, कुन मोडल बढी लोकप्रिय

भारतबाट निर्यात हुने टु–ह्विलरमा बजाज र टीभीएसको हिस्सा ७२ प्रतिशत, कुन मोडल बढी लोकप्रिय

भारतले वर्ष २०२५ मा हालसम्मकै सर्बाधिक मोटरसाइकल तथा स्कुटर निर्यात गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...