बजाजले ओलालाई दियो ठुलो झट्का, बन्यो भारतको नम्बर १ कम्पनी

कुनै समय भारतको नम्बर वान बन्न सफल ओला इलेक्ट्रिकलाई ठुला झट्का लागेको छ । रिपोर्टका अनुसार कुनै समय नम्बर १ रहेको ओला इलेक्ट्रिक यो वर्ष बिक्रीको मामलामा चौथो स्थानमा झरेको छ ।

बजाज अटोले ओला इलेक्ट्रिकलाई उछिनेर टु ह्विलर इलेक्ट्रिक सेगमेन्टमा शीर्ष स्थान हासिल गरेको छ । ओला इलेक्ट्रिकको बजार हिस्सा जनवरीमा ६.४ प्रतिशतबाट घटेर फेब्रुअरीमा ५.६ प्रतिशतमा झरेको छ । सो सूचीमा टीभीएस दोस्रो स्थान र एथर इनर्जी तेस्रो स्थानमा रह्यो ।

बजाज पछिल्ला केही महिनादेखि निरन्तर माथि बढिरहेको छ। डिसेम्बरमा पहिलो पटक नम्बर एक स्थान हासिल गरेपछि बजाजले टु व्हिलर ईभी बजारको २५ प्रतिशत हिस्सा कब्जा गरेको छ । बजाज ईभीले वार्षिक रूपमा ८१.८२ प्रतिशतको ठुलो वृद्धि गरेको छ ।

टीभीएसले १८ हजार ७६२ युनिट बिक्री गरी मासिक २१.२० प्रतिशतले घटेको छ र गत वर्षको सोही अवधिको तुलनामा २८.१६ प्रतिशतले वृद्धि भएको छ। टीभीएसले जनवरी २०२५ मा २३ हजार ८०९ युनिट र फेब्रुअरीमा २०२४ मा १४ हजार ६३९ युनिट बिक्री गरेको थियो।

रिपोर्टका अनुसार एथर इनर्जीले मासिक ८.५२ प्रतिशतले गिरावट देखेको छ तर वार्षिक २९.८० प्रतिशतको प्रभावशाली वृद्धि दर्ता गरेको छ। फेब्रुुअरीमा बजाज अटो र टीभीएस मोटर पछि बिक्रीमा तेस्रो कम्पनी बनेको छ ।

सम्बन्धित समाचारहरू

बजाज एक्सचेन्ज महामेलामा जनकपुरधामका साहले जिते थाइल्यान्ड भ्रमणको टिकट

बजाज एक्सचेन्ज महामेलामा जनकपुरधामका साहले जिते थाइल्यान्ड भ्रमणको टिकट

जनकपुरधाम – जनकपुरधाममा जारी बजाज एक्सचेन्ज महामेलामा एक जनाले...

लन्च हुन केही घण्टा बाँकी रहदा बजाज सीएनजी बाइकको नाम सार्वजनिक

लन्च हुन केही घण्टा बाँकी रहदा बजाज सीएनजी बाइकको नाम सार्वजनिक

बजाजले भोलि लन्च गर्ने तयारी गरिरहेको विश्वकै पहिलो सीएनजी बाइकको नाम...

तौलिहवामा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने

तौलिहवामा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने

काठमाडौँ–तौलिहवामा फागुन ७ गते ‘बजाज माइलेज च्याम्पियन’ हुने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...