यस्ता छन् पेट्रोल नभए पनि चल्ने बजाज फ्रिडम १२५ का ५ विशेषता

बजाजले भारतीय बजारमा आधिकारिक रूपमा फ्रिडम १२५ सीएनजी बाइक लन्च गरेको छ। यो हाइब्रिड दुई पाङ्ग्रे बाइक पेट्रोल र सीएनजी दुवै विकल्पमा चलाउन सकिन्छ ।

फ्रिडम १२५ सीएनजीमा उत्कृष्ट डिजाइन दिइएको छ। यसको साधारण स्टाइलमा राउण्ड हेडलाइट, टप स्पेक र मिड मोडलका लागि एलईडी, बेस मोडेलका लागि हलोजन, लामो सिंगल पीस सिट र सीधा राइडर ट्रयाङगल जस्ता डिजाइन एलिमेन्ट समावेश गरिएको छ ।

बजाजले डिस्क एलईडी र ड्रम एलईडी मोडलका लागि एलईडी लाइटिङसहितको फ्रिडम १२५ प्रस्तुत गरेको छ । जबकि बेस ट्रिममा हलोजन बल्ब प्रयोग गरिएको छ। डिस्क एलईडी ट्रिममा स्मार्टफोन कनेक्टिभिटीको साथमा रिभर्स एलसीडी पनि समावेश गरिएको छ। फ्रिडमम १२५ को सबै भेरिएन्टमा सुरक्षाको लागि सीबीएस प्रदान गरिएको छ । साथै यसमा पेट्रोलबाट सीएनजीमा सिफ्ट गर्नको लागि स्विच पनि दिइएको छ।

बजाज फ्रिडममा १२५ सीसी एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन रहेको छ। यसले ८००० आरपीएममा ९.३७ बीएचपी र ५००० आरपीएममा ९.७ एनएम उत्पादन गर्छ र ५ स्पिड गियरबक्ससँग जोडिएको छ । फ्रीडम १२५ ले २ लिटर पेट्रोल ट्याङ्की र २ किलोको सीएनजी सिलिन्डरबाट एक पटकमा करिब ३३० किलोमिटरको दुरी पार गर्न सक्ने कम्पनीको दाबी छ ।

यसमा पारम्पारिक टेलिस्कोपिक फ्रन्ट फोर्क र मोनोसक दिइएको छ । यसको फ्रन्टमा १७ इन्च र पछाडि १६ इन्चको टायर जडान गरिएको छ, तर बेस मोडेलको फ्रन्टमा ८०/९० र रियरमा ८०/१०० को टायर प्रयोग गरेको छ । बजाज फ्रिडम १२५ को ड्रम मोडलको मूल्य ९५ हजार भारु, ड्रम एलईडीको मूल्य १ लाख ५ हजार भारु र डिस्क एलईडीको मूल्य १ लाख १० हजार भारु तोकिएको छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा ८ लाख ९९ हजार रुपैयाँ सम्म मूल्यका ४ क्रुजर बाइक

नेपाली बजारमा ८ लाख ९९ हजार रुपैयाँ सम्म मूल्यका ४ क्रुजर बाइक

क्रुजर बाइकको लोकप्रियता युवामाझ बढ्दै गएको छ । आरामदायी सिट पोजिसन, कम सिट...

बजाजको पावर हाउस बाइक शोरुममा पुग्न थाल्यो, यस्तो छ नयाँ फिचर

बजाजको पावर हाउस बाइक शोरुममा पुग्न थाल्यो, यस्तो छ नयाँ फिचर

बजाज अटोले भारतीय बजारमा २०२४ पल्सर एन२५० लन्च गर्ने तयारी गरिरहेको छ ।...

बजाजको लिडरसिपको २५ वर्ष क्याम्पेन सफलतापूर्वक सम्पन्न

बजाजको लिडरसिपको २५ वर्ष क्याम्पेन सफलतापूर्वक सम्पन्न

काठमाडौं- नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...