यस्ता छन् पेट्रोल नभए पनि चल्ने बजाज फ्रिडम १२५ का ५ विशेषता

बजाजले भारतीय बजारमा आधिकारिक रूपमा फ्रिडम १२५ सीएनजी बाइक लन्च गरेको छ। यो हाइब्रिड दुई पाङ्ग्रे बाइक पेट्रोल र सीएनजी दुवै विकल्पमा चलाउन सकिन्छ ।

फ्रिडम १२५ सीएनजीमा उत्कृष्ट डिजाइन दिइएको छ। यसको साधारण स्टाइलमा राउण्ड हेडलाइट, टप स्पेक र मिड मोडलका लागि एलईडी, बेस मोडेलका लागि हलोजन, लामो सिंगल पीस सिट र सीधा राइडर ट्रयाङगल जस्ता डिजाइन एलिमेन्ट समावेश गरिएको छ ।

बजाजले डिस्क एलईडी र ड्रम एलईडी मोडलका लागि एलईडी लाइटिङसहितको फ्रिडम १२५ प्रस्तुत गरेको छ । जबकि बेस ट्रिममा हलोजन बल्ब प्रयोग गरिएको छ। डिस्क एलईडी ट्रिममा स्मार्टफोन कनेक्टिभिटीको साथमा रिभर्स एलसीडी पनि समावेश गरिएको छ। फ्रिडमम १२५ को सबै भेरिएन्टमा सुरक्षाको लागि सीबीएस प्रदान गरिएको छ । साथै यसमा पेट्रोलबाट सीएनजीमा सिफ्ट गर्नको लागि स्विच पनि दिइएको छ।

बजाज फ्रिडममा १२५ सीसी एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन रहेको छ। यसले ८००० आरपीएममा ९.३७ बीएचपी र ५००० आरपीएममा ९.७ एनएम उत्पादन गर्छ र ५ स्पिड गियरबक्ससँग जोडिएको छ । फ्रीडम १२५ ले २ लिटर पेट्रोल ट्याङ्की र २ किलोको सीएनजी सिलिन्डरबाट एक पटकमा करिब ३३० किलोमिटरको दुरी पार गर्न सक्ने कम्पनीको दाबी छ ।

यसमा पारम्पारिक टेलिस्कोपिक फ्रन्ट फोर्क र मोनोसक दिइएको छ । यसको फ्रन्टमा १७ इन्च र पछाडि १६ इन्चको टायर जडान गरिएको छ, तर बेस मोडेलको फ्रन्टमा ८०/९० र रियरमा ८०/१०० को टायर प्रयोग गरेको छ । बजाज फ्रिडम १२५ को ड्रम मोडलको मूल्य ९५ हजार भारु, ड्रम एलईडीको मूल्य १ लाख ५ हजार भारु र डिस्क एलईडीको मूल्य १ लाख १० हजार भारु तोकिएको छ ।

सम्बन्धित समाचारहरू

कावासाकी ब्रान्डका बाइक अब नेपालमा पनि उपलब्ध हुने, विशाल ग्रुप बन्यो आधिकारिक वितरक

कावासाकी ब्रान्डका बाइक अब नेपालमा पनि उपलब्ध हुने, विशाल ग्रुप बन्यो आधिकारिक वितरक

काठमाडौं – कुनै समय नेपाली बजारमा उपलब्ध भएर बन्द भएको कावासाकी ब्रान्ड...

नयाँ बजाज पल्सर एन१६० : यस्ता छन् ५ महत्वपूर्ण फिचर

नयाँ बजाज पल्सर एन१६० : यस्ता छन् ५ महत्वपूर्ण फिचर

बजाजले एन२५० मा आधारित १६० सीसीको पल्सर एन१६० नेकेड स्पोटर््स बाइक लन्च...

१२५ सीसी सम्मका बजाज मोटरसाइकल किन्दा सामसुङको रेफ्रिजेरेटर पाइने

१२५ सीसी सम्मका बजाज मोटरसाइकल किन्दा सामसुङको रेफ्रिजेरेटर पाइने

काठमाडौं – नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...