बाइकर्स क्याफेमा बजाज फाइनान्स मेला हुने

काठमाडौँ - बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पुस १० गतेदेखि १६ गतेसम्म नक्सालस्थित बाइकर्स क्याफेमा विशेष फाइनान्स मेला २०२४ आयोजना गर्न लागेको छ ।

यो मेलाले ग्राहकहरूलाई बजाज मोटरसाइकल खरिद गर्न झन् सहज बनाउने उद्देश्य राखेको छ । यस फाइनान्स मेलामा सेवा शुल्क शून्य रहने र अन्य कुनै अतिरिक्त शुल्क नहुने कम्पनीले बताएको छ ।

त्यसैगरी ९.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा, ३६ महिनासम्मको लचिलो किस्ताबन्दी योजना र १ घण्टाभित्रै ऋण स्वीकृत हुनेजस्ता विशेष सुविधा पनि उपलब्ध हुनेछन् । प्रत्येक खरिदमा ग्राहकहरूले निःशुल्क एक्सेसरी समेत प्राप्त गर्नेछन् ।

बजाज मोटरसाइकलका कार्यकारी निर्देशक अभिमन्यु गोल्छाले ग्राहकहरूको सहजता र खुशीलाई प्राथमिकतामा राख्दै कम्पनीले फाइनान्स मेला २०२४ ल्याएको बताएका छन् ।

बजाज मोटरसाइकलका ग्राहकहरूका लागि यो फाइनान्स मेला एक सुनौलो अवसर हुनेछ । कार्यक्रममा सहभागी भई यी विशेष अफरहरूको लाभ उठाउन ग्राहकहरूलाई कम्पनीले आग्रह गरेको छ ।

सम्बन्धित समाचारहरू

ईपीएलको टाइटल स्पोन्सर बन्ने भयो बजाज पल्सर

ईपीएलको टाइटल स्पोन्सर बन्ने भयो बजाज पल्सर

काठमाडौं – आगामी सेप्टेम्बर २५ अर्थात असोज ९ गते देखि त्रिभुवन...

अब मोटरसाइकल एसेम्बलिङ उद्योगका लागि नयाँ मापदण्ड लागू

अब मोटरसाइकल एसेम्बलिङ उद्योगका लागि नयाँ मापदण्ड लागू

काठमाडौं – सरकारले मोटरसाइकल एसेम्बलिङ उद्योग स्थापनाका लागि चार नयाँ...

१ लाख ८५ हजारमा लन्च भयो सबैभन्दा शक्तिशाली पल्सर, के–के छन् विशेषता ?

१ लाख ८५ हजारमा लन्च भयो सबैभन्दा शक्तिशाली पल्सर, के–के छन् विशेषता ?

काठमाडौं– बजाज अटोले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली पल्सर एनएस ४०० जेड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...