बजाजको ‘ग्राण्ड एक्सचेन्ज मेला’ सुरु, ९.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा

काठमाडौं - नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले अहिलेसम्मकै ठूलो अफर बजाज ग्राण्ड एक्सचेन्ज मेला आयोजना गर्दैछ । यही फागुन २० देखि २६ गतेसम्म बालाजु स्थित मनकामना ट्रेड लिङ्कमा यस एक्सचेन्ज मेला सञ्चालन भइरहेको छ । यस ग्राण्ड एक्सचेन्ज मेलामा ग्राहकहरुले आफ्नो साधन अपग्रेड गर्न सक्नेछन् । बालाजु पेट्रोल पम्पको उत्तरपट्टी कैलाश सिनेमा हल अगाडी रहेको मनकामना ट्रेड लिङ्कमा यस एक्सचेन्ज मेला सञ्चालन भइरहेको छ ।

यस एक्सचेन्ज मेलामा ग्राहकहरूले मात्र नागरिकताको आधारमा सजिलै बजाज मोटरसाइकल खरिद गर्न सक्नेछन् । कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज बाइक लैजान सकिने यस एक्सचेन्ज मेलामा अतिरिक्त १० हजार रुपैयाँ भ्यालुएसन प्रदान गरिने कम्पनीले जनाएको छ ।

साथै अन द स्पट फाइनान्स सुविधाअन्तर्गत ९.९९ प्रतिशत ब्याजदर र ३६ महिनासम्मको किस्ता अवधिका साथ बाइक खरिद गर्न सकिनेछ । यसैगरी, ग्राहकहरुले ७ हजार रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् ।

बजाज ग्राण्ड एक्सचेन्ज मेलामा निःशुल्क एसेसरिज (हेल्मेट, बाइक कभर, लेग गार्ड, ल्यापटप ब्याग आदि) पनि प्रदान गरिनेछ । साथै, शून्य प्रतिश सर्भिस चार्जको विशेष सुविधा पनि रहनेछ ।

हंसराज हुलासचन्द एण्ड कम्पनी लिमिटेडले आफ्ना ग्राहकवर्गलाई सदैव नयाँ र फरक सेवा, सुविधा प्रदान गर्दै आएको बताएको छ ।

सम्बन्धित समाचारहरू

रोजाइमा सबैभन्दा कम मूल्यको पल्सर १२५ : शुरुमा १ लाख ३६ हजार बुझाए आफ्नो बनाउन पाइने

रोजाइमा सबैभन्दा कम मूल्यको पल्सर १२५ : शुरुमा १ लाख ३६ हजार बुझाए आफ्नो बनाउन पाइने

नेपाली बजारमा सर्बाधिक बिक्री हुने मोटरसाइकलमा गनिन्छ पल्सर सिरिज । पल्सर...

अपडेट भएर आयो पल्सर एनएस–१६० र एनएस–२००

अपडेट भएर आयो पल्सर एनएस–१६० र एनएस–२००

बजाजले आज भारतमा २०२४ पल्सर एनएस–१६० र एनएस–२०० लन्च गरेको छ । सो अपडेटेड...

बजाजको नयाँ मूल्य सूची सार्वजनिक : पल्सर २२० एफ सहित तीन मोडलको बढ्यो मूल्य

बजाजको नयाँ मूल्य सूची सार्वजनिक : पल्सर २२० एफ सहित तीन मोडलको बढ्यो मूल्य

काठमाडौं – नेपाली बजारमा बजाज मोटरसाइकलका तीन मोडलको मूल्य वृद्धि भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...