बजाज एक्सचेन्ज महामेलामा जनकपुरधामका साहले जिते थाइल्यान्ड भ्रमणको टिकट

जनकपुरधाम – जनकपुरधाममा जारी बजाज एक्सचेन्ज महामेलामा एक जनाले थाइल्यान्ड भ्रमणको टिकट जित्न सफल भएका छन् । जनकपुरधामको रंगभूमि मैदानमा मंसिर १६ गतेदेखि चलिरहेको सो एक्सचेन्ज महामेलामा १५० सीसीको पल्सर खरिद गरेका द्वारिका प्रसाद साहले लक्की ड्र मार्फत थाइल्यान्ड भ्रमणको टिकट जित्न सफल भएका हुन् ।

आगामी मंसिर २२ सम्म चल्ने सो महामेलामा ३ जना भाग्यशाली विजेताका लागि थाइल्यान्ड भ्रमणको टिकट पुरस्कारस्वरुप राखिएको बजाजको डिलर ओम अटो जनकपुरधामका संचालक सन्तोष साहले बताए । यसमध्ये एकजना भाग्यशाली विजेताले महामेलाको तेस्रो दिन बिहीबार थाइल्यान्ड भ्रमणको टिकट जितेका छन् ।

बाँकी २ जना भाग्यशाली विजेताको नाम महामेलाको अन्मित दिन घोषणा गरिने ओम अटोका संचालक साहले बताए । महामेलामा जुनसुकै कम्पनीका पुराना मोटरसाइकल एक्सचेन्ज गर्न सकिने व्यवस्था गरिएको छ ।

मेलामा ग्राहकहरूले नागरिकताको आधारमा मात्र बजाजको बाइक फाइनान्स गर्न सक्नेछन् । शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप १० हजार रुपैया अतिरिक्त भ्यालुएसन, निःशुल्क एसेसरिज र आर्कषक छुट सहितको यो योजना ल्याएको कम्पनीले जनाएको छ ।

यो मेलामा कुनैपनि कम्पनीको पुरानो बाइक वा स्कुटरको मिनिमम भ्यालुएसन ३० हजार कम्पनीले दिनेछ भने मेलाको मुख्य आकर्षण ३ जना लक्की कस्टमरले थाइल्यान्ड भ्रमणको मौका पाउने छन् ।

जनकपुरमा भएको यस्तो मेला पहिलो पटक हो । यस खालको एक्सचेन्ज मेलामा ग्राहकहरूको पुरानो बाइकको उचित र उच्चतम मूल्यांकन गर्न विशेष भ्यालुएटरहरू समेत आउँने छन् । यी अनुभवी भ्यालुएटरहरूले ग्राहकहरूको बाइकको न्यायोचित मूल्यांकन गरी कम्पनीको तर्फबाट थप १० हजार रुपैयाँ सम्मको बोनस भ्यालुएसन ग्राहकहरुले पाउँनेछन ।

यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया, जस्तैः घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आय स्रोतको सर्टिफिकेट लगायतका कागजातको आवश्यकतालाई यो योजनाले पूर्ण रूपमा हटाएको छ । किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै लोन पास गरेर सरल फाइनान्स मार्फत यो सुविधा पाउनेछन् ।

बाह्रबिगाह मैदामा भइरहेको बजाज ग्रान्ड एक्सचेन्ज मेला हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिको नेपालकै बृहत मोटरसाइकल एक्सचेन्ज योजना हो । यस योजनामा कम्पनीका प्रतिनिधिकै उपस्थितिमा ग्राहकहरूले आफ्ना जुनसुकै कम्पनीका पुराना स्कुटर तथा बाइकहरूको अनुभवी र दक्ष भ्यालुएटरबाट उच्चतम भ्यालुएसन प्राप्त गरी बजाजका नयाँ मोडलहरू सजिलै किन्न सक्ने बजाज जनकपुरका सञ्चालक साहले जानकारी दिए ।

सम्बन्धित समाचारहरू

नेपालको कोरला नाका पुग्ने पहिलो इलेक्ट्रिक स्कुटर बन्यो बजाज चेतक

नेपालको कोरला नाका पुग्ने पहिलो इलेक्ट्रिक स्कुटर बन्यो बजाज चेतक

काठमाडौं – नेपालको विद्युतीय सवारी साधनको इतिहासमा एक नयाँ अध्याय सुरु...

३ ठूला ब्रान्डको एक्सचेन्ज मेलाले दियो बजार हिस्सा फेरबदल हुनसक्ने संकेत

३ ठूला ब्रान्डको एक्सचेन्ज मेलाले दियो बजार हिस्सा फेरबदल हुनसक्ने संकेत

फेस्टिभल सिजनको सुरुवातसँगै नेपालका तीन ठूला टु ह्विलर ब्रान्ड टीभीएस,...

नेपाली बजारमा बजाज मोटरसाइकल अब थप महंगो

नेपाली बजारमा बजाज मोटरसाइकल अब थप महंगो

काठमाडौं – नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...