एउटै इन्जिन भएका दुई फरक बाइक, यस्तो छ बजाज डोमिनार ४०० र पल्सर ४०० मा भिन्नता

बजाजले हालै पल्सर सिरिजमा सबैभन्दा शक्तिशाली मोटरसाइकल एनएस ४०० जेड लन्च गरेको छ । सो नयाँ मोटरसाइकलमा बजाजले डोमिनार ४०० को इन्जिन राखेर ल्याएको हो । एउटै इन्जिन भएका कारण दुबै बाइकको पावर र पर्फमेन्स समान भएपनि लुक्स तथा डिजाइन र फिचरमा भने भिन्नता छ । यसैगरी, मूल्यका हिसावले डोमिनार ४०० पल्सर एनएस ४०० जेड भन्दा ४५ हजार भारु सस्तो छ ।

डोमिनार ४०० नेपाली बजारमा बिक्री हुँदै आएपनि पल्सर एनएस ४०० जेड आउन केही समय लाग्ने आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले जनाएको छ । डोमिनारको मूल्य नेपाली बजारमा ६ लाख रुपैयाँ निर्धारण गरिएको छ । उक्त मूल्यलाई आधार मान्दा पल्सर एनएस ४०० जेड ४ लाख ८० हजार हाराहारीमै नेपाल आउने अनुमान गर्न सकिन्छ ।

इन्जिन र पर्फमेन्स
यी दुबै बाइकमा बजाजले ३७३.३ सिसी क्षमताको सिंगल सिलिन्डर, फोर स्ट्रोक, ४–भल्भ, लिक्विड कुल्ड, ट्रिपल स्पार्क, डिओएचसी र एफआई इन्जिन दिएको छ । उक्त इन्जिनले ३९.४२ बिएचपीको अधिकतम पावर र ३५ एनएम टर्क जेनेरेट गर्दछ । डोमानर भन्दा पल्सर एनस १९ किलोग्रम हलुका भएको कारण यसलाई ह्यान्डिल गर्न सहज हुने देखिन्छ भने माइलेज समेत केही बढी हुनेछ । एआरएआइका अनुसार डोमिनार ४०० ले प्रतिलिटर पेट्रोलको खपतमा ३० किलमोमिटर माइलेज दिन्छ ।

डोमिनार ४०० लाई प्रतिघण्टा १५५ किलोमिटरको टप स्पिडमा गुडाउन सकिन्छ भने पल्सर एनएस ४०० जेडको उच्च गती १४४ किलोमिटर प्रतिघण्टा छ । साथै, डोमिनार ४०० को फ्यूल ट्यांक क्षमता १२ लिटर हुँदा पल्सर एनएस ४०० को १३ लिटर छ । ग्राउन्ड क्लिरियन्स भने पल्सर एनएस ४०० को ११ एमएम बढी छ ।

फिचर
दुबै बाइकमा डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल दिइएको छ । जसमार्फत पल्सर एनएस ४०० मा कल र एसएमएस अलर्टबारे जानकारी लिन सकिन्छ भने यो सुविधा डोमिनार ४०० मा उपलब्ध छैन । यसैगरी डोमिनार ४०० मा उपलब्ध नभएको मोबाइल एप कनेक्टिभिटी, जिपिएस एबं नेभिगेसन र यूएसवी चार्जिङ पोर्ट लगायत सुविधा पल्सर एनएस ४०० पाउन सकिन्छ । दुबै बाइकमा पूर्णत एलइडी लाइटिङ सिस्टम दिइएको छ । क्लचको कुरा गर्नुपर्दा डोमिनारमा एसिस्ट एण्ड स्लिपर सहितको वेट मल्टिपल पाउन सकिन्छ भने पल्सर एनएस ४०० मा एसिस्ट एण्ड स्लिपर मात्रै दिइएको छ ।

मूल्य र प्रतिस्पर्धा
एउटै इन्जिन भएपनि सेग्मेन्टका हिसावले यी दुई फरक प्रकारका हुन् । बजाजले डोमिनारलाई स्ट्रिट बाइक र पल्सर एनएस ४०० जेडलाई स्पोर्ट बाइक भनेको छ । यी दुई बाइकको मुल्य भारतीय बजारमा क्रमश २ लाख ३१ हजार र १ लाख ८५ हजार भारु निर्धारण गरिएको छ । यी दुई बाइक एकआपसका प्रतिस्पर्धी समेत हुन् । अन्य ब्राण्डमा जाँदा दुबै बाइकले केटिएम ३९० ड्यूक, ट्रायम्फ स्पिड ४०० र हिरो माभ्रिक ४४० लगायतसंग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचारहरू

हस्कभर्नाका दुई मोटरसाइकलको मूल्य अब ६,५४,९०० रुपैयाँ, एकै पटक बढ्यो ६५ हजार मूल्य

हस्कभर्नाका दुई मोटरसाइकलको मूल्य अब ६,५४,९०० रुपैयाँ, एकै पटक बढ्यो ६५ हजार मूल्य

काठमाडौं – नेपाली बजारमा उपलब्ध हस्कभर्नाका दुई बाइक भिटपिलेन २५० र...

‘पल्सर आरपीएम टेकओभर’ कार्यक्रम सम्पन्न

‘पल्सर आरपीएम टेकओभर’ कार्यक्रम सम्पन्न

काठमाडौं–टोखास्थित स्केटर्स नेपालमा आयोजना भएको ‘पल्सर आरपीएम टेकओभर’...

एनएस–२०० को चेसिसमा डोमिनार–४०० को इन्जिन लागेर आउँदै पल्सर एनएस–४००

एनएस–२०० को चेसिसमा डोमिनार–४०० को इन्जिन लागेर आउँदै पल्सर एनएस–४००

बजाजको सर्बाधिक लोकप्रिय मोडल पल्सर ठूलो इन्जिनमा आउने भएको छ । पल्सर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...